५ भदौ, काठमाडौं । उपत्यकामा लगातार तीन दिन विदा भयो । सार्वजनिक
विदाको दिन तेल बजारमा नपठाउने नेपाल आयल निगमको नीतिअनुसार बिहीबार तेल
रोक्नासाथ बेलुकीदेखि नै पेट्रोल पम्पहरुमा लाइन देखियो । शुक्रबार
मागभन्दा निकै कम ५ लाख लिटर तेल पठाएको निगमले शनिबार पनि तेल रोक्यो,
जसले गर्दा राजधानीमा तेलको लाइन निकै लामो भयो ।
एकदिन तेल बजारमा नआउँदा पेट्रोल पम्पमा लाइन सुरु हुने अवस्थामा तीन
दिनको मागअनुरुप निगमले आइतबार बिहानै पम्पहरुमा तेल पुर्याउनुपर्ने हो ।
तर, आइतबार बिहान पेट्रोल पम्पहरुमा तेल भर्नेको लामो लाइन लागिसक्दा पनि
थानकोट डिपोबाट तेलको एक थोपा बजारमा आइपुगेन । आइतबार पनि दिनभरि चर्को
घाम सहँदै उपभोक्ता धैर्यतापूर्वक लाइनमा बसे ।
तर, निगमका अधिकारी भने तेल वितरणमा गैरजिम्मेवार रुपमा प्रस्तुत
गरिरहेका छन् र उस्तै जवाफ पनि दिइरहेका छन् । तीन दिनको विदापछि पनि किन
बिहानै पम्पहरुमा तेल पुर्याउनु भएन ? भन्ने अनलाइनखबरको प्रश्नमा आयल
निगमका थानकोट डिपो प्रमुख रविन शर्माले भने- ‘थानकोट-कलंकी सडक खण्डमा
सवारी जाम भएकाले बजारमा तेल पुग्न सकेको छैन ।’
आज कति तेल बजारमा पठाउने भन्ने बेलुकी मात्रै थाहा हुने बताउँदै शर्माले ७ लाख लिटर पेट्रोल बजार पठाउन सकिने दावी गरे ।
तर, उनले दाबी गरेजस्तो सवारी जामकै कारण तेल अभाव भने भएको हैन ।
काठमाडौंमा आइतबार शुक्रबारदेखि पम्पहरुमा लागेको सवारीको लामो लाइन अझै
बढ्दो दरमा देखिएको छ ।
बिहीबार सार्वजनिक विदा भएका कारण निगमले तेल नदिँदा सुरु भएको तेल
भर्नेको लाइन घटाउन निगमले पनि आपूर्ति बढाएको छैन । निगमले शनिबार मात्रै
तेल वितरण गरेको भए पनि लाइन घट्न सक्थ्यो ।
शुक्रबार ५ लाख ९० हजार लिटर पेट्रोल बजारमा पठाएको नियमले शनिबार एक
लिटर पनि तेल पठाएन । त्यसैका कारण बजार तेलको हाहाकार चर्किएको छ ।
काठमाडौंमा सामान्य दैनिक ४ देखि ५ लाख लिटर पेट्रोलको माग हुन्छ । एकदिन मात्रै पेट्रोल आपूर्ति रोकिँदा बजारमा हाहाकार सुरु भइहाल्छ ।
आयल निगमले अरु समयमा पनि बेलुकी मात्रै बजारमा तेल पठाउने गर्दा राति
मात्रै पम्पहरु खुल्ने गरेका छन् । त्यसैकारण विहान पम्पहरुमा तेल भर्नेको
लाइन लागेको देखिन्छ भने कतिपय लाइनमा घण्टौं बसे पनि तेल नपाएर रित्तै
फर्किन बाध्य हुन्छन् ।
अहिलेको अभावबारे निगमका प्रवक्ता भानुभक्त खनाल उपभोक्तामा रहेको
अभावको त्रासका कारण मात्रै लाइन देखिएको दावी गर्छन । ‘हामीले बजारमा माग
भएजति पेट्रोल पठाएका छौं । उपभोक्ता अत्तिएर मात्रै लाइनमा आएका हुन्,’
खनालले भने, ‘हामी सकेसम्म छिटो धेरै आपूर्ति गरेर लाइन हटाउँछौं ।
नाकाबन्दीपछि सार्वजनिक विदाको दिन एक दिन तेल नदिनासाथ बजारको आपूर्ति
चक्रमा प्रभाव पर्ने गरेको छ । तर, निगमले पछिल्लो समयमा आपूर्ति र भण्डारण
बढाउन कुनै प्रयत्न नगर्दा पनि समस्या भएको छ ।
काठमाडौंमा सामान्य दैनिक ४ देखि ५ लाख लिटर पेट्रोलको माग हुन्छ ।
एकदिन मात्रै पेट्रोल आपूर्ति रोकिँदा बजारमा हाहाकार सुरु भइहाल्छ ।
आयल निगमले थानकोट डिपोको भण्डारण क्षमता कमजोर भएकाले यस्तो अवस्था
आएको बताएको छ । तर, डिपोमा भण्डारण गरिएको पेट्रोल बजार पठाउन निगमले
आनाकानी गर्ने गरेको
source:http://www.onlinekhabar.com
Post a Comment