कुष्ठरोगबाट बच्नका लागि भारतले ठूलो सफलता हासिल गरेको दावी गरेको छ ।
विश्वमै पहिलो पटक भारतले कुष्ठरोगबिरुद्धको खोपको आविस्कार गरेको ‘टाइम्स
अफ इण्डिया’ले उल्लेख गरेको छ ।
यो खोपलाई आगामी केहि साताभित्रै बिहार र गुजरातका पाँच जिल्लामा उपलब्ध
गराइनेछ । अखवारका अनुसार भारतमा बर्षेनी सवा सयलाख मानिसमा कुष्ठरोग
देखिन्छ । तर खोपको सहायताले धेरै हदसम्म रोग नियन्त्रण गर्न सकिने दावी
गरिएको छ ।
यो खोप, भारतको नेशनल इन्ष्िटच्युड अफ इम्यूनोलोजीका संस्थापक तथा
निर्देशक जिपी तलवारले बिकास गरेका हुन् । कन्ट्रोलर जनरल अफ इण्डिया र
अमेरिकाको एफडिएले पनि यलाई मान्यता दिइसकेका छन् ।
कुष्ठरोग सर्ने भएकाले संक्रमित बिरामीको समिपमा रहनेलाई पनि सर्ने
संभावना ज्यादा हुन्छ । यो खोप त्यस्ता ब्यक्तिहरुका लागि पनि प्रभावकारी
बन्ने बताइएको छ ।
परिक्षणका क्रममा कुष्ठरोगीको सम्पर्कमा रहनेलाई पनि खोप लगाइएको थियो ।
त्यसो गर्दा ३ बर्षको अन्तरालमा संक्रमितको सङख्या ६० प्रतिशतले कमी आएको
थियो ।
सुरुवाती परिक्षणमा यस खोपको नतिजा सन्तोषजनक आएमा भारतभरका कुष्ठरोग प्रभावित क्षेत्रमा खोप पठाइने बताइएको छ ।
नेपालमा कुष्ठरोग उन्मुलन भएको भनिएपनि फाट्ट फुट्ट संक्रमित देखिने
गरेका छन् । भारतमा सफल परिक्षण भएका नेपालका लागि पनि यो खोप प्रभावकारी
हुनेछ ।
source:http://www.onlinekhabar.com
Post a Comment