५ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशीको उक्साहटमा संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
चितवनमा आयोजित राप्रपा नेपालको प्रदेश नम्बर ३ को प्रशिक्षण
कार्यक्रममा थापाले आन्दोलन, नाकाबन्दी वा विदेशीको उक्साहटमा राष्ट्रहित
विपरित संविधान संशोधन हुन नसक्ने बताए । उनले हिन्दुराष्ट्रको लागि
संविधान संशोधन नभए जनमत संग्रहमा जान तयार हुनुपर्ने समेत बताएका छन् ।
थापाले प्रधानमन्त्री हुन नेपाली जनताको भोटले मात्र पुग्दैन, विदेशी
शक्तिको सहयोग र आशीर्वाद चाहिन्छ भन्ने आत्मसमर्पणवादी मानसिकता हावी भएकै
कारण देशले दुःख पाएको बताए ।
उनले संविधान जारी भएपछि पनि राजनीतिक अस्थिरता कायम हुनुले संविधान कार्यान्वन र आर्थिक विकासमा समेत जटिलता आउने खतरा औंल्याए ।
source:http://www.onlinekhabar.com
Post a Comment