0
eye६ भदौ , दाङ । दाङमा सञ्चालन भएको सामुदायिक आँखा सेवा कार्यक्रमअन्र्तगत दुई लाख ९६ हजार २२० जनाको निःशुल्क आँखा जाँच गरिएको बताएको छ ।राप्ती आँखा अस्पताल रक्षाचौर दाङले दाङ, रोल्पा, सल्यान, रुकुम, प्युठानलगायतका क्षेत्रमा पुगी एक वर्षमा सो कार्यक्रम गरेको राप्ती आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक नेत्र सहायक शालिकराम गौतमले जानकारी दिएका छन्।
जसअन्तर्गत ३१ हजार ४८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । अस्पतालले ९५ हजार ९९६ जना विद्यार्थीलाई आँखा स्वास्थ्य शिक्षा दिएको छ ।
त्यस्तै १७६ जना स्वास्थ्य चौकी प्रमुख, ३५७ जना महिला स्वास्थ्य स्वयम्सेविका, १३९ जना औषधि बिक्रेता, ७३ जना धामीझाँक्री, ४९ जना शिक्षक र २२ जना स्वयम्सेविका गरी एक हजार ९४ जनालाई प्राथमिक आँखा उपचारसम्बन्धी तालिम दिएको गौतमले जानकारी दिए।
अस्पतालले सन् २०२० सम्ममा उपचारबाट हट्न सक्ने अन्धोपन निवारणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
source:www.onlinekhabar.com

Post a Comment

 
Top