८ भदौ, काठमाडौं । काठमाडौंको शंखमुलस्थित सोफा कारखानामा बुधबार बिहान
आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगोमा जलेर एक जना
घाइते भएका छन् ।आगोमा जलेर सोफा कारखानाका मालिक मोहमद
सवाज आलम घाइते भएका हुन् । आगो निभाउने क्रममा उनको पाखुरा, अनुहार र
शरीरका अन्य भाग जलेको छ ।
सोफा कारखानाको छेउँमा रहेको गि्रल उद्योगबाट उठेको झिल्काले आगो सल्किएको प्रहरीले जनाएको छ ।
source:http://www.onlinekhabar.com

Post a Comment