८ भदौ, तम्घास । गुल्मीको रुद्रवेणी–वामिटक्सार सडकखण्ड आजदेखि सुचारु भएको
छ । तम्घास–सिमलटारी–प्यूठान सडक आयोजनाले उक्त सडकखण्डदेखि केही माथिबाट
एक किलोमिटरको वैकल्पिक सडक निर्माण गरिदिएपछि अवरुद्ध सडक सुचारु भएको
आयोजनाका इन्जिनियर चन्द्रेश्वर शाहले जानकारी दिए ।रुद्रवेणी–वामिटक्सार सडकखण्ड अन्तर्गत
उर्लिखोलामा गत महिना आएको बाढीले उर्लिखोला बजारसँगै जोडिएको मुख्य सडक
बगाएर लगिदिएपछि उक्त क्षेत्रमा विगत एक महिनादेखि सवारी आवागमन ठप्प भएको
थियो ।
सडक सुचारु भएसँगै उक्त सडकखण्ड अन्तर्गत बीचबीचमा रोकिएका बस, ट्रक तथा जिपलाई आवागमनमा सहजता पुगेको छ ।
बाढीले बगाएको मुख्य सडकलाई सुचारु गर्न
ठूलो रकम लाग्ने भएका कारण यात्रुको समस्यालाई ध्यान दिँदै अहिलेलाई
वैकल्पिक सडक निर्माण गरी यातायात सुचारु गरिएको इन्जिनियर शाहले बताए ।
जिल्लामा सबै भन्दा बढी सवारी साधन
सञ्चालन हुने उक्त सडक लामो समयसम्म अवरुद्ध बनेपछि त्यस क्षेत्रका हजारौँ
यात्रु समस्यामा पर्दै आएका थिए ।
source:http://www.onlinekhabar.com
Post a Comment