0
५ भदौ, भैरहवा । भैरहवामा रोयल इनफिल्ड ‘बुलेट’ मोटरसाइकल चलाउने युवाहरुको समूहले मुगुका स्थानीयलाई औषधि उपलब्ध गराउने लक्ष्यसहित ‘फर्ष्ट इन्फिल्डर्स नाइट’ कार्यक्रम गर्ने भएका छन् ।मुगु जिल्लाको मनमाका सर्वसाधरणहरुलाई औषधि वितरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको लुम्बिनी इनफिल्डर्स क्लव भैरहवाका अध्यक्ष आनन्द थापाले जानकारी दिए ।
Royal-Enfieldरोयल इनफिल्डर्स कम्पनीको मोटरसाइकल चलाउने युवाहरुको देशभरीमा रुपन्देही, पोखरा, कैलाली, धनगढी, चितवन, हेटौडा लगायत दश जिल्लामा संगठित क्लव छ । दश जिल्लामा रहेको क्लवमा आवद्ध पदाधिकारी र सदस्यबाट रकम संकलित गरी कार्यक्रम आयोजना गरिने र सोबाट संकलित रकमले मुगु जिल्लामा औषधि वितरण गर्ने अध्यक्ष थापाले बताए ।
‘मनमाका स्थानीयहरु समान्य औषधि उपभोग गर्नबाट समेत बञ्चित छन्, समान्य औषधिविना उनीहरुले अकालमै ज्यान गुमाउनु परिरहेको छ’, अध्यक्ष थापाले भने, ‘स्वास्थ्य चौकी छ तर औषधि छैन त्यहाँको अवस्था निकै दयनीय छ । यस विषयमा हाम्रो समूहलाई जानकारी आएपछि हामीले त्यहाँ औषधि वितरण गर्ने योजना बनाएका हौँ ।’
भैरहवामा असोज ८ गते आयोजना हुने कार्यक्रममा कन्सर्ट हुनेछ । कार्यक्रममा सहभागी विभिन्न कल्बका युवाहरुसँग अन्तरक्रिया, ३५० सिसी र ५३५ सिसी अन्र्तगतको बुलेट मोटरसाइकलको प्रस्तुति गर्ने लगायतको कार्यक्रम क्लवले जनाएको छ ।
source:http://www.onlinekhabar.com

Post a Comment

 
Top