८ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टीलाई निर्वाचन आयोगले विधिवत दर्ता गरी दलको मान्यता दिएको छ ।
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम
भट्टराईले गत असार २६ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
आयोगले भट्टराईको निवेदन सदर गर्दै मंगलबार दल दर्ता भएको प्रमाणपत्र
उपलब्ध गराएको हो ।
नयाँ शक्ति पार्टीको दल दर्ता नम्बर रा. ५६ छ । यसअघि नयाँ शक्ति अभियानको रुपमा मात्र रहेकोमा अब आधिकारिक दल बनेको हो ।
निर्वाचन आयोगले भनेको छ, ‘राजनीतिक दल
सम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम उक्त नयाँ शक्ति पार्टी, नेपाललाई
राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरीदिने तथा सो दलको कार्यकारी समिति,
विधान र झण्डालाई प्रमाणित गरीदिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’
आयोगको पत्र अनुसार नयाँ शक्तिको
चुनावचिन्ह भने अझै स्वीकृत भएको छैन । आयोगले चुनाव चिहृन सम्वन्धि निर्णय
पछि गर्ने जानकारी गराएको छ ।
नयाँ शक्ति नेपालको झण्डा वाइसिएलको झण्डा जस्तै भएको भन्दै आयोगमा उजुरी परेको थियो ।
source:http://www.onlinekhabar.com
Post a Comment