८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबिधान कार्यान्वयन एमालेको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको
कार्यालयमा नेपालका लागि अमेरिकी राजदूत अलाइना डि टेप्लिजसँगको
भेटवार्तामा ओलीले संविधान कार्यान्वयनमा एमालेको भूमिका प्रष्ट रहेको जनाए
।
संविधानले परिकल्पना गरेको तीन तहको
निर्वाचन गर्नका लागि डेढ वर्ष मात्रै रहेको अवस्थामा एमालेको भूमिका कस्तो
हुन्छ ? भन्ने अमेरिकी राजदूतको जिज्ञासामा ओलीले आफूले सरकारको नेतृत्वमा
रहका बेला नै संविधान कार्यान्वयनको कार्ययोजना सार्वजनिक गरेको स्मरण
गराउँदै अहिलेको अवस्थामा संविधान कार्यान्वयन एमालेको पहिलो प्राथमिकता
भएको बताएको एमालेले जनाएको छ ।
करिब आधा घण्टा लामो भेटवार्ता सरकार परिवर्तन र संविधान कार्यान्वयनका विषयमा केन्द्रित थियो ।
source:http://www.onlinekhabar.com
source:http://www.onlinekhabar.com
Post a Comment