८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई ठूलो
सपना देखाउनु भन्दा जनसेवामा लाग्नुपर्ने बताएका छन् । उनले जनताको ध्यान
तत्काल राहत पाउने कुरामा केन्द्रित भएको पनि बताए ।
बुधबार माओवादी केन्द्र निकट अखिल नेपाल
किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले पेश गरेको ज्ञापनपत्र बुझ्दै
प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
‘जनताको ध्यान तत्कालको राहतमा छ, हामीले
ठूला सपना देखाउनु भन्दा पनि जनताको जीवनस्तर बदल्न राहत र प्रभावकारी
जनसेवामा लाग्न जरुरी छ,’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने ।
उनले सिंहदरवारलाई व्यवस्थित गरेर राज्यका सबै अंगलाई जनहितमा बदल्नुपर्ने बताए ।
प्रधानमन्त्रीले सरकार जनताको जीवन बदल्न
प्रयासरत रहेको भन्दै भने, ‘सिंहदरबारमै बसेर जनताको पक्षमा काम गर्ने सोंच
छ । सिंहदरबारलाई व्यवस्थित गर्न सकियो भने प्रशासन संयन्त्र र राज्यका
अंगहरुलाई जनताको हितमा बदल्न सकिन्छ ।’
आफूले चुनौतिपूर्ण अवस्थामा सरकारको
नेतृत्व गर्ने अवसर पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसलाई जनता र
राष्ट्रको पक्षमा उपयोग गर्ने बताए ।
source:http://www.onlinekhabar.com
Post a Comment