१२ भदौ, चितवन । चितवनको मेघौलीमा गैंडा
मारेको आरोपमा पक्राउ परेका नौ जनामध्ये चार जनालाई थुनामा राखेर थप
अनुसन्धान गर्न कारागार चलान गरिएको छ ।
आइतबार जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलाशले २ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई कारागार चलान गर्न आदेश दिएको हो ।
गत
साउन २४ गते मेघौली सराई नामक होटलको छेउँमा करेन्ट लागेर एक गैंडाको
मृत्यु भएको थियो । सो घटनापछि प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो ।
होटलमा
प्राकृतिक विज्ञको रुपमा कार्यरत भारतीय नागरिक दिपु शशी, होटल म्यानेजर
भारतकै रितेष भट्ट, नवलपरासीको देवचुली-२ का सिभिल ओभरसियर जीबन महतो र
नारायणी नगरपालिका १ घर भएका इलेक्टि्रसियन सुनिल महतोलाई कारागार चलान
गरिएको जिल्ला अदालत चितवनका सूचना अधिकृत कृष्णप्रसाद बरालले जानकारी दिए ।
पक्राउ
परेकामध्ये सोही होटलमा कार्यरत नवलपरासीको मध्यविन्दु नगरपालिका-९ का
सुवास गदाल (विक)लाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको
छ ।
यसैगरी नारायणी नगरपालिका-१ घर
भएका प्लम्बिङ काम गर्ने विकास दराई, सोही ठाउँका सेक्युरिटी इञ्चार्ज
विराज महतो, रत्ननगर नगरपालिका-१९ का बुद्धराम महतो र रौतहट कनपुर ५ का
माहुते गिरिजालाल कछडिया सामान्य तारेखमा रिहा भएको अदालतले जनाएको छ ।
source:http://www.onlinekhabar.com
Post a Comment