५ भदौ, काठमाडौं । सभामुख ओनसरी घर्तीले
मधेसवादी र आदिवासी जनजाति सम्बद्ध दलहरुका असन्तुष्टि संविधान
संशोधनमार्फत् सम्बोधन गरेपछिमात्रै आर्थिक विकास सम्भव हुने बताएकी छन् ।
उनले संविधान संशोधनका लागि दलहरु लचिलो हुने विश्वास व्यक्त गरिन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा
सभामुख घर्तीले अहिले सतहमा देखिएका संविधानसँग सम्बन्धित विवाद समाधानका
लागि संशोधन आवश्यक रहेको बताइन् ।
‘संविधान संशोधन गरेर असन्तुष्टि सम्बोधन
गरेपछिमात्र संविधानले परिकल्पना गरेका आर्थिक, सामाजिक र सांस्कृतिक विकास
सम्भव हुन्छ,’ उनले भनिन् ।
उनले संविधान संशोधनका लागि मुख्य राजनीतिक दलहरुले सहमति जुटाउनेमा आफू विश्वस्त रहेको समेत बताइन् ।
सभामुख घर्तीले विकास आयोजनाहरुको
कार्यान्वयनमा समस्या रहेका कारण जनताले लाभ पाउन नसकेको भन्दै आयोजनाहरुको
काम प्रभावकारी बनाउनेतर्फ सरकार गम्भिर हुनुपर्ने बताइन् ।
उनले योजनाको तर्जुमा भन्दा पनि
कार्यान्वयन मुख्य समस्या भएकाले संसद पनि विकास आयोजनाहरुलाई प्रभावकारी
बनाउनेतर्फ केन्द्रीत रहेको बताइन् ।
source:http://www.onlinekhabar.com
Post a Comment