६ भदौ, काठमाडौं । ओलम्पिकमा पदक जित्ने खेलाडी खुसी हुनु र हार्न दुःखी हुनु स्वभाविक हो । तर, प्रशिक्षण असन्तुष्ट भए ?
रियो ओलम्पिकमा यस्तै भएको छ । कास्य पदकका लागि भएको खेलको निर्णयलाई
लिएर मंगोलियाका दुई कुस्ती प्रशिक्षकले नाङ्गो भएर प्रदर्शन गरेका छन् ।
उज्बेकिस्तानका ६५ किलो तौल समूहमा मंगोलियाका इख्तियोर नजरुजोव
मंगोलियाका मान्डाखरन गोन्जमरिङसँग ७-६ ले पराजित भएको मानिएको थियो । र,
झण्डै १० सेकेन्ड खेल बाँकी छँदा नै गोन्जामरिङले खुसी मनाउन थालिसकेका
थिए । तर, उज्बेकिस्तानले चुनौती दियो र मंगोलियाका खेलाडी खेल्नुका सट्टा
भागिरहेका छन् ।
तीन निर्णायक छलफलमा जुटे र उज्बेकिस्तानका खेलाडीको दाबीलाई स्वीकार
गरे । यो निर्णयबाट खुसी मनाउन थालिसकेका मंगोलियाको खेलाडी निराश भए र
घुँडा टेकेर बसे ।
तर, उनका प्रशिक्षक निकै आक्रोसित भए । उनका दुई प्रशिक्षकले आफ्ना सबै
कपडा र जुत्ता समेत फुकाले र म्याटमा फाले । अवस्था यस्तो आयो कि रेफ्रीले
उनीहरुलाई रातो कार्ड दिए ।
यो ओलम्पिकको विवादास्पद निर्णय मानिएको छ । र, मंगोलिया पदकविहीन भएको छ ।
source:http://www.onlinekhabar.com
Post a Comment