५ भदौ, विराटनगर । बिनाशकारी खोलाको रुपमा परिचित मोरङको वक्राहा खोलाको
कटान नियन्त्रणका लागि जनताको तटवन्ध कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
तीन करोडको आर्थिक लागतमा पहिलोपल्ट वक्राहा खोलालाई जनताको तटवन्ध
कार्यक्रम सञ्चालन गरिएको हो । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका
विराटनगरका डिभिजन प्रमुुख डाक्टर देवनारायण साहका अनुसार तटवन्धका लागि
डिपिआर तयार गर्ने काम पूरा भइसकेको छ ।
चुुरेदेखि भारतको सीमासम्म वक्राहा खोलामा दुुवैतर्फ तटवन्ध गर्दा ३
अर्व ६५ करोड रुपैया खर्च लाग्ने बताइएको छ । २०५२ सालमा ओपेकको सहयोगमा
नेपाल सरकारले वक्राहा खोलामा दुुवैतर्फ गरेको तटवन्ध खोलाले भत्काइसकेको छ
।
तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री खुमबहादुर खड्काले यस खोलाको तटबन्ध निर्माणमा भ्रष्टाचार गरेको प्रमाणित भएको थियो ।
जनताको तटवन्ध कार्यक्रमको अन्तर्गत हसन्दह, राजघाट, मधुमल्ला,
गोविन्दपुुर तथा वर्डगा लगायतका संवेदनशील स्थानमा तारजाली तथा वोल्डर
लगाएर तटवन्ध निमार्ण गरिने कार्यालयले जनाएको छ ।
source:http://www.onlinekhabar.com
Post a Comment