५ भदौ, मुगु । मुगु जिल्लाको खत्याड भेकको गम्थामा पर्ने प्रशिद्द
धार्मिक तिर्थस्थल खेस्मालीका देवीको हरेक बर्ष जनै पूर्णिमाको अवसरमा मेला
लाग्ने गर्दछ । करिव ३ हजार ७ सय मिटरको उचार्इमा अवस्थित सो तिर्थस्थलमा
जुम्ला, कालीकोट, बाजुरा र मुगु जिल्लाका तिर्थालु भक्तजनहरु निकै कष्ट
सहेर मेलामा सहभागी हुने गर्छन् ।
मुल थान गम्थाको डुङ्ग्री गाँउ बाट धामी डाँग्री र पुजारी सहितको टोली
जनै पुर्णिमा अर्थात साउन पुनिको अघिल्लो दिन त्यस तर्फ जाने परम्परागत
प्रचलन रहेको छ । मागेको वर मिल्ले धार्मिक जनविश्वासका कारण हरेक बर्ष
तिर्थालुहरु कठिन र ठाडो उकालो बाटो हिडेर त्यहाँ पुग्ने गर्छन ।
हेर्दा धान रोपेको खेत जस्तै देखिने सुन्दर दृश्य र यात्रीले शंख घण्ट
लगायतका बाजा बजाए पछि निष्किने धरम पानीले नै देविको अलौकिक शक्तिका रुपमा
लिने गरिन्छ । खेस्मालीका देवीलार्इ बाजुरा स्थित बढीमालीका देवीकी बहिनी
भएको धार्मिक किम्वदन्ति पनि छ ।
तिर्थ जाँदा पुजारी लगाएत धामी डाँग्रीहरु खाली खुट्टा हिडनु पर्ने र
कतिपय टाँउहरुमा दगुर्नु पर्ने परम्परागत छ । तिर्थालुहरु इच्छित वर
प्राप्त हुने जन विश्वासका कारण लेकलाग्ने समस्या र असहज यात्रा लार्इ पनि
सहज ठान्दै आएका छन् ।
खेस्मालीका भगवतीको जति धेरै महत्व छ त्यतिनै प्रचार प्रसार हुन नसकेको कुरा स्थानिय अगुवा जयऋषि उपाध्यायले बताएका छन् ।
खेस्मालीका भगवतिको दर्शन र मेला भर्न आएका तिर्थालुहरु रातभर स्थानिय
देउडा खेल पुजा पाठ लगाएत धार्मीक क्रियाहरु गरि सके पछि टाढा टाढा बाट
आएका यात्रुहरु पुर्णिमाको दिन बिहानै घर तिर फर्किन्छन् ।
बर्षेनी तिर्थालुहरु बढदै जान थाले पछि धर्मशाला अपुग भएको र पशु
चौपायाहरुले मन्दिर वरिपरीको सुन्दरतालार्इ बिगारेकाले यस तर्फ सम्बन्धित
पक्षले समयमै ध्यान पुर्याउनु पर्ने तिर्थयात्रीहरुको गुनासो रहेको छ ।
source:http://www.onlinekhabar.com
Post a Comment