५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका ३
नम्बर वडा कार्यालयका सब-इन्जिनियर दिनेश श्रेष्ठ घुस लिँदा लिँदै रंगेशात
पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
टोलीले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि
सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन् ।
उनले घुस रकम माग गरिरहेको उजुरीको आधारमा
आयोगबाट खटिएको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई
महाराजगंजस्थित नियालो रेष्टुरेन्टबाट घुस रकमसहित नियन्त्रणमा लिएर
अनुसन्धान भइरहेको छ ।
source:http://www.onlinekhabar.com
Post a Comment