0
६ भदौ, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड सरकारले शुरुमै गल्ती गरेको बताएका छन् । सरकारले तत्कालै एकै समयमा दुई छिमेकी मुलुकमा आफ्नो दूत पठाएर गल्ती गरेको उनको भनाइ छ ।
upendra yadav‘कुटनीतिक च्यानलबाट हुने कामलाई सरकारले दूत पठाएर गल्ती गरेको छ’ पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले भने, łदुबै छिमेकी मुलुकमा दूतावास छ, त्यसमार्फत सरकारका सन्देशहरु पठाउनुपथ्र्यो ।’
सरकारले हालै भारतमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र चीनमा अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई प्रधानमन्त्रीका विशेष दूतका रुपमा पठाएको थियो ।
संघीय प्रेस मञ्च सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा फोरम नेपालका अध्यक्ष यादवले संविधानबारे आन्तरिक समाधान गर्नुपर्ने बताए । ‘जे गर्नुछ, हाम्रै घरमा गर्नुछ’ उनले भने,łयदि हामीले गर्न सकेनौं भने कसैले गर्दिन सक्दैन ।’
यादवले यो सरकारबाट आफूहरु आशावादी रहेको समेत बताए । यो सरकार मुलुकलाई निकास दिनकै लागि बनाइएको बताउँदै निकास दिने विश्वास व्यक्त गरे । संविधानलाई संशोधन गरेर पूर्ण बनाउने सहमति यो सरकारले गरेको बताउँदै यादवले भने, łसम्झौता कार्यान्वयन हुनेमा हामी पूर्ण आशावादी छौं ।’
यद्यपि अप्ठ्यारो परेको बेला सम्झौता गर्ने र सहज वातावरणमा उल्टाइदिने परिपाटी रहेको भन्दै यो सरकारले बेइमानी गरे जनसंघर्षबाट संविधान नै खारेज गराउने चेतावनी दिए । ‘संविधान संशोधनमा एमाले पनि जिम्मेवार बन्नुपर्छ’ उनले भने, संविधान संशोधन गरेर मुलुकलाई निकास नदिए सबैभन्दा ठूलो दोषी एमाले नै बन्छ ।’
 source:http://www.onlinekhabar.com

Post a Comment

 
Top