७ भदौ, काठमाडौं । सरकारले गरिरहेको बजार
अनुगमनका क्रममा सात वटा मार्टहरु बन्द गरिएका छन् । म्याद नाघेका अखाद्य
वस्तु भेटिएपछि विभिन्न नाम चलेका मार्टहरुमा सिल गरिएको हो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले एक हप्ताकाे बीचमा
बिग मार्ट, भाटभटेनी सुपरमार्केट, सेलवेज लगायतका लोकप्रिय भइसकेका
स्टोरहरुमा नै उपभोग्य मति नाघेका वस्तुहरु भेटाएको हो ।
कालोपुलको सहित बिगमार्टका २, महाराजगञ्जकोसहित सेलवेजका २ र
भाटभटेनिको प्रोडक्ट डिपार्टमा सिल गरिएको छ । अत्याधिक हेलचक्र्याँइ गर्ने
७ वटा मार्टहरुमा सिल गरिएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा फोहोर मासु विक्री भइरहेको अवस्थामा ८ सय ३४ केजी मासु
नष्ट गरेको छ । डिडिसीमा रिलेभलिङ गरिएको १ लाख केही पाउडर दूध भेटिएपछि
बालाजु प्रशोधन कन्द्रमा सिल गरिएको छ ।
यसैगरी टोलीले २ सय ८ वटा लेभलिङ नगरिएका पानीका जार बरामद पनि गरेको छ ।
फोहोर पानी उत्पादन गर्ने २ वटा पानी उद्योगमा पनि सिल गरिएको विभागका
निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।
अनुगमन टोलीले मापदण्ड पुर्याउन नसकेका नवीकरण नभएका ११ वटा
पोलिक्लीनिक पनि बन्द गराएको छ । ७० वटा सवारीलाई छड्के जाँच गर्दा सबैले
बढी भाडा असुलेको पनि टोलीले फेला पारेको छ । ति सबैलाई ५ हजार रुपैयाँसम्म
जरिवाना गराएर यात्रुको भाडा फिर्ता गराइएको श्रेष्ठले बताए । मापनको
परिणामभन्दा कम तेल दिने गरेको भेटिएपछि ४ वटा पम्पमा पनि सिलबन्दी गरिएको छ
।
यसैगरी थुप्रै म्याद नाघेका र गुणस्तरहिन खाद्यवस्तु पनि विभागले
अनुगमनका क्रममा नष्ट गरेको छ । सरकारले साउन ३२ गतेदेखि विशेष बजार अनुगमन
सुरु गरेको थियो । दैनिक १२ वटासम्म टोली बनाएर खटाइएको छ ।
source:http://www.onlinekhabar.com
Post a Comment