५ भदौ, काठमाडौं । नेपाल आयल निगमको थानकोटस्थित डिपोको एउटा पेट्रोल
ट्यांकी चुहिएपछि भण्डारण गर्न बन्द गरिएको छ । १८ लाख ७० हजार लिटर
पेट्रोल भण्डारण क्षमता रहेको डिपोमा रहेको ७ लाख ३० हजार लिटर पेट्रोल
अट्ने ट्यांकीमै समस्या आएपछि तेल भर्न छाडिएको हो ।
ट्यांकीबाट पेट्रोल उडेर परिमाण घट्ने समस्या भएपछि भर्न छाडिएको आयल निगमका इञ्जिनियरिङ विभाग प्रमुख विरेन्द्र गोइतले बताए ।
अहिले आयल निगमको थानकोट डिपोमा ११ लाख लिटर मात्रै पेटोल भण्डारण हुन्छ । यसले दुई दिनसम्म माग थेग्न सक्छ ।
आयल निगमका प्रवक्ता भानुभक्त खनालले ट्यांकीमा समस्या आएको बताए । उनले
ट्यांकीमा इन्टरनल फ्लोटिङ रुफ -आइएफआर) समस्या भएको भन्दै त्यसलाई चाँडै
नै मर्मत गरेर सञ्चालनमा ल्याइने बताए ।
आयल निगमका इञ्जिनियर गोइतले ट्यांकी मर्मतको जिम्मा भारतीय कम्पनी ट्यांकटेक एसियालाई दिने बताए ।
यही कम्पनीले थानकोट डिपोमा ४२ सय किलोलिटर क्षमता विस्तारका लागि
ठेक्का पाएको छ । यसैहप्ता कम्पनीसँग ठेक्का गरेर दु्रत गतिमा समस्या आएको
ट्यांकीको मर्मत गर्ने उनले बताए ।
source:http://www.onlinekhabar.com

Post a Comment