नायक अनमोल केसी अहिलेका स्टार हुन् ।
अनमोल उपस्थित हुने कार्यक्रममा फ्यानको भीड लाग्छ । तर, उनको यही क्रेजलाई
केही मानिसहरु दुरुपयोग गर्न लागिपरेका छन् ।
असोज २४ बाट पूर्वका
विभिन्न जिल्लामा सुरु हुन लागेको ‘मेगा फेस्टिबल २०७३’मा अनमोल भीआइपी
गेष्टको रुपमा उपस्थित हुन लागेको चर्चा चलाइएको छ । सुनसरी, झापा र इलाममा
आयोजना हुन लागेको यो कार्यक्रममा केही व्याण्डका साथमा अनमोल केसी
उपस्थित हुने भन्दै टिकट विक्री गरिएको छ ।
तर, यो कार्यक्रममा
अनमोललाई ल्याउने भनेर कुनै संझौता गरिएको छैन । अनमोल स्वयंमले पनि
फेसबुकमा आफ्नो नाममा गरिएको प्रचार झुटो भएको बताएका छन् । अनमोलले
अनलाइनखबरसँग भने-‘म आफ्ना फ्यानहरुलाई भेट्न सधै नै आतुर छु । तर, जसरी
पूर्वमा आयोजना हुन लागेको कार्यक्रममा म आउने भनेर प्रचार गरिएको छ, यो
झुटो हो ।’
अनमोलले आफू सो कार्यक्रममा उपस्थित हुने भनेर गरिएको
चर्चा पूर्ण रुपमा झुटो भएको भन्दै यो भ्रममा नपर्न आफ्ना फ्यानलाई आग्रह
गरेका छन् । आफ्ना फ्यानहरुले नै फेसबुकबाट जानकारी गराएपछि आफूलाई यो कुरा
थाहा भएको बताए । अनमोल अहिले चलचित्र ‘कृ’को तयारीमा व्यस्त छन् ।
source: http://www.onlinekhabar.com
Post a Comment