Tuesday, November 8, 2016

अमेरिकामा महजोडीसँगै खेलिएको देउसी-भैलोमा ४५ लाख संकलन

deusi-america-1वाशिंगटन डिसी । अमेरिका भ्रमणमा रहेका बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको उपस्थितिमा नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी) ले गरेको देउसी भैलो कार्यक्रममा ४५ लाख संकलन भएको छ ।डीसी महानगर क्षेत्रका बिभिन्न शहरमा बसोबास गर्ने नेपालीलाई अगि्रम सूचना दिएर एक दर्जन स्थानमा देउसी खेल्न निस्केको टोलीले नेपाली राजदुताबास बाट देउसी भैलोको प्रारम्भ गरी महा बाणिज्यदुत प्रेम राजा महतको बाल्टिमोरस्थित नेपाल हाउस नामक चमेना गृहमा २०१६ को देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।उक्त टोलीले अक्टोबर २८ देखि सुरु गरी करिव एक सातासम्म देउसी भैलो खेलेको हो ।नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रका सभापति खिलेन्द्र न्यौपानेले सन् २०१४ देखि देउसी भैलो खेल्न सुरु भएको जनाए । यसअघिभन्दा यसपटक देउसी भैलोबाट सबैभन्दा धेरै ४५ हजार डलर संकलन भएको उनले जानकारी दिए ।उनले देउसी भैलो खेल्नुको मुख्य उद्देश्य नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा पशुपति बुद्ध मन्दिर समेत रहेकोले यसलाई समुदाय मुखी बनाउने भएको बताए । त्यस्तै अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका नेपालीलाई संस्कृति तथा परम्पराबारे व्यवहारिक रुपमा अवगत गराउदै यसलाई जगेर्ना तथा संरक्षण गरिने उनले बताए ।देउसी भैलो कार्यक्रमका संयोजक परशु लिमल्सिनाले महजोडीसँग बाल्टिमोरमा महाबाणिज्यदूतको आँगनमा देउसी भैलो खेल्दा मात्र एकै ठाउँमा करिब ७ हजार डलर उठेको जानकारी दिए ।महाबाणिज्यदूत प्रेमराजा महतले महजोडी तथा एनईसीसी देउसी-भैलो टोलीलाई स्वागत गरेका थिए भने अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले कार्यक्रममा साथ दिने मह जोडीलाई एनईसीसीको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।कार्यक्रममा बोल्दै राजदुत कार्कीले तन यता भए पनि मन नेपाल जाओस भन्ने एनईसीसीको नारालाई उदृत गर्दै बिदेशमा रहेर पनि आˆनो संस्कृतिलाई सम्बर्धन गर्ने एनईसीसी को प्रसंसा गरेका थिए ।महजोडीले देउसी भैलो टोलीसँग देउसी खेल्नुका साथै बिदेशमा रहेपनि नेपाली संस्कृति, परम्परा तथा संस्कारलाई निरन्तरता दिन सकेकोमा हर्ष व्यक्त गरेका थिए ।
source:http://www.onlinekhabar.com

Monday, November 7, 2016

ए दिल है मुस्किलको कमाई १०० करोडमाथि

ae-dil-hai-mushkil-12aमुम्बई । करण जौहर निर्देशित चलचित्र ‘ए दिल है मुश्किल’ प्रदर्शनको एक हप्तामा १०० करोड कमाई गर्न सफल भएको छ । रोमान्टिक ड्रामामा बनेको यो फिल्म २८ अक्टुवरमा रिलिज भएको थियो । उक्त फिल्मले भारतवाट ७४.०१ करोड रुपैया कमाई गरेको थियो भने भारत बाहेकको मुलुकवाट ४७ करोड आम्दानी भएको थियो ।फक्स स्टार स्टुडियोका अनुसार मार्केटिङ, वितरण सबै लगात जोड्दा फिल्ममा एकसय करोड लगानी भएको छ । फिल्म निर्माताका अनुसार दीवालीमा रिलिज फिल्मलाई दर्शकले हिट सावित गरिदिए । निर्माण संस्थाका कार्यकारी निर्माताको भनाई अनुसार फिल्मले भारत बाहेकका मुलुकमा पनि निकै राम्रो ब्यापार गरेको छ ।रणबीर कपुर, ऐश्वर्या राय र अनुष्का शर्मा अभिनित यो चलचित्रसंगै अजय देबगणको शिबाय पनि रिलिज भएको छ । तर, शिबायको कमाई ए दि है मुस्किलको जति छैन ।
source:http://www.onlinekhabar.com

Sunday, November 6, 2016

काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने कुलमानको योजना

Kulman_Ghising२१ कात्तिक, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले राजीनामा दिएपछि उनका ठाउँमा आए कुलमान घिसिङ । यतिबेला घिसिङ काठमाडौं उपत्यकालाई लोडसेडिङबाट मुक्त बनाउँछु भनेर लागिपरेका छन् ।विद्युतको लोड म्यानेजमेन्टमै मास्टर्स गरेका घिसिङको आगमनसँगै नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने तयारीलाई तीब्र पारेको छ । लोडसेडिङमुक्त गर्ने ‘ट्रायल’का रुपमा तीन हप्तादेखि उपत्यकामा लोडसेडिङ हुन छाडेको छ ।उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई निकट भविष्यमै लोडसेडिङमुक्त गर्ने गरी काम अघि बढाइएको घिसिङ बताउँछन् । आखिर कसरी हट्ला काठमाडौंको अन्धकार ? यसबारे कार्यकारी निर्देशक घिसिङ यसरी व्याख्या गर्छन्ःलोडसेडिङको अन्त्य गर्न नसकिने होइन । गर्न सकिन्छ । तर, मैले लोडसेडिङ नै हुँदैन भनेर घोषणा गरिसकेको चाहिँ छैन । देशभर एकैपटक लोडसेडिङ अन्त्य गर्न कठिन छ । त्यसैले हामी विभिन्न फेजमा देशभर लोडसेडिङ अन्त्य गर्छौं ।माग र आपूर्तिबीच यति ठूलो ग्याप छ । त्यसैले हामीले चाहेर पनि लोडसेडिङ पूर्णरुपमा अन्य गर्ने अवस्था छैन । तर, आपूर्तिको उचित व्यवस्थापन गरे लोडसेडिङ निकै कम गर्न सकिन्छ ।लोडसेडिङ भनेको लोडको व्यवस्थापनमा निर्भर रहन्छ । उपलब्ध बिजुलीको सही व्यवस्थापन गरी पहिलो चरणमा काठमाडौं उपत्यका र त्यसपछि चरणवद्धरुपमा मोफसलमा लोडसेडिङ अन्त्य गर्दै जाने हाम्रो योजना छ । उपत्यकामा लोडसेडिङ अन्त्य गर्ने सजिलो विषय होइन, तर सधैं राजधानीबासीलाई अन्धकारमा राखिरहनु हुँदैन भनेर अलि ‘क्रिटिकल’ र ‘इनोभेटिभ’ तरिकाले सोच्यौं ।नेपालमा पिक आवरमा करिब १५ सय मेगावाट विजुलीको माग छ । तर, सुख्खायाममा जलविद्युत आयोजनाहरुको उत्पादन ५० प्रतिशतले घट्ने भएकाले जम्मा आपूर्ति ४ सय मेगावाटको हाराहारीमा मात्रै छ । आयातसहित गर्दा सुख्खायाममा ६/७ सय मेगावाट आपूर्ति हुन्छ । वर्षातको समयमा पनि कूल ९ सयदेखि हजार मेगावाट मात्रै आपूर्ति छ ।माग र आपूर्तिबीच यति ठूलो ग्याप छ । त्यसैले हामीले चाहेर पनि लोडसेडिङ पूर्णरुपमा अन्य गर्ने अवस्था छैन । तर, आपूर्तिको उचित व्यवस्थापन गरे लोडसेडिङ निकै कम गर्न सकिन्छ ।प्राधिकरणले काठमाडौंमा लोडसेडिङ अन्त्य गर्न के-के गर्नुपर्छ भनेर विद्युत प्राधिकरणकै सिनियर कर्मचारीको संयोजकत्वमा कमिटी गठन गरिसकेको छ । सो कमिटीले प्रतिवेदन बुझाएपछि त्यसैलाई आधार मानेर काम अघि बढाइनेछ । कमिटीले केही हप्ताभित्रै प्रतिवेदन बुझाउने छ ।बेलुका पिक आवरमा २/३ घन्टाको माग मात्रै १५ सय मेगावाट हो । दिउँसोको विद्युत माग भनेको ७/८ सय मेगावाट मात्रै हो । रातिको माग त झन् कम हुन्छ । माग र आपूर्तिबीचको सन्तुलन कसरी मिलाउने र लोडसेडिङ अन्त्य गर्ने भन्ने विषय निकै जटिल पनि छ । विद्युत आपूर्तिमात्रै ठूलो कुरा होइन, त्यसको व्यवस्थापन त्योभन्दा महत्वपूर्ण हुन्छ ।काठमाडौं उपत्यकाको पीक आवरको डिमान्ड ३ सय मेगावाट हो । प्राधिकरणको अहिलेको अभियान भनेको घाटालाई घटाउने हो । त्यसका लागि विद्युत चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखिएको छ । यसको मतलब के हो भने अब पिक आवरमा कसैले हुकिङ गरेर विद्युत चोरी गर्न पाउने छैनन्, जसले मागलाई घटाउँछ ।अर्कोतिर उर्जा बचतका कार्यक्रमहरु पनि भएको र त्यसलाई अझ सशक्त बनाउँछौं । अब ट्युवलाइट र सीएफएलको ठाउँमा ठूलो मात्रामा लिडको प्रयोग गर्छौं । सीएफएल चीमले २० वाट खर्च गरेर जति उज्यालो दिन्छ, लिड प्रयोग गर्दा ५ वाट खर्च गरेर त्यति नै उज्यालो प्राप्त गर्न सकिन्छ । यसको अर्थ के हो भने विद्युतको लाइटमा पनि ४ गुणा कम खपत हुन्छ ।माग भनेको पूर्णरुपमा उपभोक्ताको व्यवहार हो । मागको व्यवस्थापन गर्न उपभोक्ताको व्यवहारमा परिवर्तन गर्नुपर्छ । पिक आवर अर्थात् हिउँदमा साँझ ५ बजेदेखि राति ८/९ बजेसम्म लोडसेडिङ हुन नदिन तराईमा भएका उद्योगहरुमा सो समयमा लोडसेडिङ गरिने छ । डिमान्ड साइड म्यानेजमेन्टले पिक आवरको मागलाई थप बढ्न दिँदैन ।पिक आवरमा पिकिङ आयोजनाहरु, रिजर्भ वायर र डिजेल प्लान्टबाट गरी करिब ३ सय मेगावाट विजुली आपूर्ति गर्न सकिन्छ । त्यसो गर्दा करिब १२ सय मेगावाट आपूर्ति हुन्छ । र, पिकिङ आवरमा भारतबाट थप बिजुली किन्न सकिन्छ ।आपूर्ति व्यवस्थापनमा हाइड्रोभित्र पनि तीन किसिमको उत्पादन छ, एउटाः रन अफ दि रिभर अर्थात पानीको बहावका आधारमा विजुली उत्पादन हुने । दोस्रो, पिकिङ रन अफ दि रिभर अर्थात दिनभरिको पानी स्टोर गरेर राखेर पिक आवरमा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने । यस्ता आयोजनाले एक दिनको विद्युतको व्यवस्थापन गर्छ ।कालिगण्डकी, मर्स्याङ्दी , चिलिमे, त्रिशुली, देवीघाटलगायतका झन्डै ४ सय मेगावाटका पिकिङ प्रोजेक्टहरु छन् । हामीलाई पीक आवरमा बिजुली चाहिने हो । यस्ता आयोजनाले पिक आवरमा बिजुली दिन्छन् । किनभने डेढ सय मेगावाटको यस्तो आयोजना दिनभर चलाउने हो भने ५०/६० मेगावाट मात्रै बिजुली निस्कन्छ । तर, पिक आवरमा यसले डेढ सय क्यापासिटीमै उत्पादन हुन्छ ।पिकिङ प्रोजेक्ट कुलेखानी त सिजनल भयो । त्यसलाई हामीले जहिले चाहृयो, त्यहीबेला प्रयोगमा ल्याउन सक्छौं । हामीसँग ३ सय मेगावाट उत्पादन क्षमताका पिकिङ प्रोजेक्ट छन् । जसले पिक आवरको व्यवस्थापन गर्न ठूलो काम गर्छ ।अब अर्को कुरा छ, डिजल प्लान्टको । प्रतियुनिट ३० रुपैयाँ नै परेपनि त्यसले पिक आवरको व्यवस्थापन गर्न र प्राधिकरणको सिस्टम कोल्याप्स हुनमा ठूलो राहत दिन्छ ।हेटौंडामा रहेको १० मेगावाट क्षमताको डिजेल प्लान्टबाट हामीले तिहारमा पनि विद्युत उत्पादन गरेका थियौं । कहिलेकाहीँ आवश्यक परेका बेला हामी डिजेल प्लान्ट चलाउँछौं ।लोडसेडिङ अन्त्य गर्नका लागि अर्को महत्वपूर्ण पक्ष भनेको आयात हो । आयात भनेको रिजर्भवायर  प्राजेक्टजस्तै हो । नेपालका धेरै प्वाइन्टबाट हामीले विजुली आयात गरिरहेका छौं ।प्राधिकरणले टनकपुरबाट ३५ मेगावाट, कटैयाबाट १३०/४० मेगावाट, ढल्केबरबाट ८० मेगावाट र ३३ केभी क्षमताका अन्य प्रसारणलाइनबाट पनि करिब ५०/६० मेगावाट गरी करिब साढे ३ सय मेगावाट विजुली अहिले पनि आयात भइरहेको छ । ढल्केबर-मुजफ्फरपुरको प्रसारणलाइन बन्यो भने हामीले करिब ५ सय मेगावाट बिजुली भारतबाट किन्न सक्छौं ।हामीसँग अहिले नै ४ सय मेगावाट बिजुली छ । ४ सय मेगावाट सुख्खायाममा पनि भारतबाट आयात गरिन्छ । यसो गर्दा नै दिउँसोको माग पूरा गर्न सकिन्छ ।अब साँझ अर्थात पिक आवरको कुरा गरौं, पिक आवरमा पिकिङ आयोजनाहरु, रिजर्भ वायर र डिजेल प्लान्टबाट गरी करिब ३ सय मेगावाट विजुली आपूर्ति गर्न सकिन्छ । त्यसो गर्दा करिब १२ सय मेगावाट आपूर्ति हुन्छ । र, पिकिङ आवरमा भारतबाट थप बिजुली किन्न सकिन्छ ।काठमाडौंमा पिक आवरमा दुई सय मेगावाट दिउँसो डेढ बजेदेखि तीन सय मेगावाट र राति एक सय मेगावाट बिजुलीको माग छ । मर्स्याङ्दी करिडोरबाट चरम सुख्खायाममा पनि १०० मेगावाट विजुली उत्पादन गर्न सक्छौं । त्रिशुली करिडोरमा चिलिमेसहित गरी ३०/४० मेगावाट विद्युत आउँछ । २ सय ५० मेगावाट काठमाडौं उपत्यका वरिपरिबाट २ सय मेगावाट बढी आउँछ ।पिक आवरमा कुलेखानी चलाउने हो भने १०० मेगावाट उत्पादन हुन्छ ।पोखराको लोड भनेको ३०/४० मेगावाटको मात्रै हो । त्यहाँ सोही क्षेत्रका मोदीलगायत कालिगण्डकी आयोजना छन् । बुटवलको विद्युत लोड ५०/६० मेगावाट छ ।बुटवल र पोखरा १४४ मेगावाटको कालिगण्डकीले लोडसेडिङ घटाउँछ । पुगेन भने साँझ केही घन्टा उद्योगहरुमा लोडसेडिङ गर्न सकिन्छ । बुटवल पश्चिमको माग पनि ठूलो छैन र टनकपुरबाट भएको आयातले त्यसलाई भ्याउँछ । नौगाढ, झिम्रुकले त्यहाँको लोडसेडिङ कभर गर्छ ।
source:http://www.onlinekhabar.com

Monday, October 17, 2016

सलमानले किन दीपिकाको अगाडि प्रियंकालाई कमजोर बनाए ?

बलिउडका सफल नायक सलमान खानले संचालन गर्दै आएको चर्चित रियालिटी शो ‘वीग बोस’को दशौ सिजन सुरु भएको छ । आइतबार राती नेपाली समय अनुसार सवा ९ बजे यो कार्यक्रमको पहिलो भाग प्रशारण भएको थियो ।
salman and deepikaपहिलो दिन नै नायिका दीपिका पादुकोण अतिथी बन्दै ‘वीग बोस’ घरमा पुगेकी थिइन् । शोमा नायक सलमान खानले नायिका पादुकोणको खुबै तारिफ गरे । उनले दीपिकालाई ‘बलिउडकी पहिलो अन्तरराष्टिय्र एक्सन नायिका’ भन्दै परिचय गराएका थिए । दीपिकाले सलमानलाई ‘साच्चै हो र’ भन्दै प्रश्न पनि गरेकी थिइन् ।
तर, सलमानले दीपिकालाई बारम्बार यो उपनाम दिएपछि यी नायिकाले पनि उनलाई धन्यवाद दिइन् । सबैलाई थाहा छ कि, दीपिका भन्दा पहिला हलिउडमा पाइला चाल्ने नायिका प्रियंका चोपडा हुन् ।
चोपडाले अंग्रेजी सिरियल ‘क्वान्टिको’मा एक्सन भूमिका निर्वाहा गरेकी थिइन् । तर, सलमानले दीपिकालाई पहिलो इन्टरनेशनल हिरोइन भन्दै प्रशंसा गरे । के सलमान दीपिकाको प्रशंसा गरेर प्रियंकालाई कजमोर देखाउन चाहन्थे ?
source: http://www.onlinekhabar.com

Friday, September 30, 2016

फेसबुकमा ‘केन जोनसन’को फ्रेण्ड रिक्वेस्ट आयो ? ठगिनु होला है !

Facebook१४ असोज, काठमाडौं । लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखान नै छ । उपहार पाउने लोभमा पर्दा फेसबुक साथीमार्फत नेपाली महिलाहरु ठगिएको रहस्य खुलेको छ ।रहरीका अनुसार ‘केन जोनसन’ नामको फेसबुक आइडीबाट धेरैलाई साथी बन्न आग्रह आएको थियो । नेपाली महिलाहरुलाई साथी बनाएपछि बिहे गर्नेसम्मका आश्वासन पनि दिन्थे र व्यक्तिको आयश्रोत हेरेर मोबाइल, ल्यापटप र केही डलरसहित ४० लाख बराबरीको समान पठाउँछु भन्ने आश्वासन दिन्थे । र, सामान ड्राफ्ट गरिएको ट्याग दिने गरेका थिए ।
तिनै केन जोनसन नामको आइडीबाट केही दिनपछि फेरि सामान एयरपोर्ट भन्सारमा रोखिएको र ३/४ लाख ट्याक्स लाग्छ भन्दै रकम माग्थे । फोन भने भारतीय नम्बरबाट आउने गरेको थियो भने पैसा नेपाली नागरिकको खातामा जम्मा गर्न लगाउने गरेका थिए ।
यो रकम भारत पुग्ने गरेको पाइएको छ । अहिलेसम्म ३२ लाख रकम पठाइसकेका बुझिएको छ । तर, रकम पठाइसकेपछि भने नेपाली महिलाहरु ठगिने गरेका पाइएको प्रहरीले जनाएको छ । पीडित सम्पर्कमा आएको र अनुसन्धान भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
विभिन्न विदेशीले बनाएको फेसबुक आइडीमार्फत नयाँ फ्रेन्ड रिक्वेस्ट आयो भने सचेत हुनुहोला, प्रहरीले भनेको छ, यसरी आएको रिक्वेस्ट पठाउने व्यक्ति तपाईलाई ठगी गर्ने माध्यम हुनसक्छ ।
source:http://www.onlinekhabar.com

Sunday, September 25, 2016

म भन्दा प्रियंका उत्कृष्टः दीपिका पादुकोण

priyanka and deepika padukoneबलिउडमा अहिले नायिका दीपिका पादुकोण र प्रियंका चोपडाविच युद्ध नै चलेको छ । को भन्दा को उत्कृष्ट भन्ने लडाइले बलिउडका मिडिया तातेका छन् । विशेषगरि, दुबै नायिका हलिउडतर्फ लागेपछि यो प्रतिस्पर्धा अझ चुलिएको हो ।
दीपिका र प्रियंकाविच हलिउड यात्रामा लागेपछि दुश्मनी बढेको चर्चा समेत नचलेको होइन । एक अवार्ड समारोहमा त दीपिकाले प्रियंकासँग स्टेज शेयर गर्न नमानेको चर्चा समेत चलेको थियो ।
यहीविचमा नायिका दीपिका पादुकोणले आफू भन्दा प्रियंका धेरै नै माथि रहेको र उनी बलियो भएको टिप्पणी गरेकी छिन् । दीपिकाले भनेकी छिन्-‘म भन्दा प्रियंका धेरै नै बलियो छिन् ।’
प्रियंकाको काम गर्ने शैलीको आफू फ्यान भएको दीपिकाले बताइन् । बलिउडमा नायिकाद्धय पादुकोण र चोपडाको तुलना खुबै हुने गर्दथ्यो । सायद, दीपिकाको यो जवाफसँग अब तुलनामा ब्रेक लाग्छ कि ?
source:http://www.onlinekhabar.com

Tuesday, September 6, 2016

तीन करोड मूल्य बराबरका अखाद्य सामान नष्ट

१९ भदौ, काठमाडौं । बजार अनुगमनको क्रममा बरामद भएको करिब तीन करोड रुपैयाँ बराबरका अखाद्य सामान प्रधानमन्त्री आइतबार सरकारले नष्ट गरेको छ ।
Dipak_Bohora,-Non_food_wasteम्याद ग्रुजिएका, लेभल उल्लेख नभएका, उपभोग गर्न नमिल्ने एक लाख ३१ हजार अाइटमका खाद्य सामाग्री आइतबार दिउँसो आपूर्ति मन्त्री दीपक बोहोराको उपस्थितिमा बल्खुस्थित सुन्दरीघाटमा नष्ट गरिएको हो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले उपभोक्तासँग खेलवाड गर्ने व्यापारी-व्यावसायीहरुलाई कारबाही गर्न र बजारबाट अखाद्य सामान जफत गरी जलाउन निर्देशन दिएका थिए ।
त्यसलगत्तै आपूर्ति मन्त्रालयले साउन ३१ गतेदेखि भदौ १७ गतेसम्म बजार अनुगमन गरेको थियो । सरकारी अनुगमन टोलीले बजारबाट म्याद ग्रुजिएका र लेभल उल्लेख नभएका दाल, चामल, चिउरा, ड्राइ फुड्स, औषधि, पानी लगायत सामान जफत गरेको थियो ।
अनुगमनमा आपूर्ति व्यवस्थापन विभाग, नापतौल विभाग, खाद्य विभाग, उपभोक्तावादी विभिन्न संघसंस्था लगायतको सहभागिता थियो । संयुक्त बजार अनुगमन भदौ १७ गतेसम्म चलेको थियो ।
अनुगमन टोलीले भाटभटेनी, सेलवेज, विगमार्ट, मेघामार्ट लगायतका डिपार्टमेन्ट स्टोरका केही शाखाहरुमा सिलबन्दीसमेत गरेको थियो ।
सबैभन्दा धेरै मेघामार्टबाट २४ लाख मूल्य बराबरको अखाद्य सामान बरामद भएको थियो । यसैगरी सेलवेजबाट २१ लाख बराबरको र युनाइटेड डिस्ट्रीव्यूटर प्रालिबाट २२ लाख मूल्य बराबरका ५ हजार ५ सय सिसि हर्लिक्स बरामद गरेर नष्ट गरिएको छ ।
कार्यक्रममा ३०१ वटा यात्रुबाहक गाडी अनुगमन गर्दा १५ वटाले बढी भाडा लिएको पाइएको र तिनीहरुलाई ५ हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिइएको छ ।
source:http://www.onlinekhabar.com

टाटा मोर्टसको ‘शिक्षाका लागि टेस्ट ड्राइभ’ भदौ २५ बाट

२१ भदौ, काठमाडौं । टाटा मोर्टस र नेपालको लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङले भदौ २५ गतेदेखि ‘शिक्षाको लागि टेष्ट ड्राइभ’ अभियान सञ्चालन गर्ने भएका छन् ।
tata-test-driveकम्पनीले ‘ टेष्ट ड्राइभ’ वापत संकलन भएको रकम अवसर नपाएका, स्कुलको पहुँचबाट टाढा रहेको बालबालिकालाई स्कुलको पहुँमा ल्याउन र शिक्षाको अवसर प्रदान गर्न खर्च गर्ने जनाएको छ ।
कम्पनीले टेष्ट ड्राइभमा टाटाका नयाँ कार टियागो, बोल्ट र जेस्ट प्रयोग गर्ने भएको छ । त्यसको लागि कम्पनीले अभियान धापाखेल र सानेपाको जेम्स स्कुलबाट टेस्ट ड्राइभ सञ्चालन गर्ने भएको हो ।
टेस्ट ड्राइभ गर्न इच्छुक अभिभावकले कुनै रकम खर्च गर्न नपर्ने मात्र सयम दिए पुग्ने कम्पनीका उपाध्यक्ष सौरभ राज थपलियाले बताए ।
कम्पनीले सञ्चालन गरेको अभियानमा हरेक टेस्ट ड्राइभबापत ५ सय रुपैयाँ कोषमा जम्मा गर्ने जनाएको छ ।
कम्पनीले करिब १० हजार देखि १२ हजार टेस्ट ड्राइभ गराउने समेत उनले बताए । यसरी संकलन भएको रकम बालबालिकाको शिक्षाको लागि खर्च गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले पढने समयमा आर्थिक अवस्था कमजोर भएकै कारण मजदुरी गर्ने नपरोस भन्दै यो अभियान सञ्चालन गरेको जनाएको छ ।
source:http://www.onlinekhabar.com

१५ बर्षको उमेरमा रेखालाई कसले गर्‍यो ५ मिनेटसम्म चुम्बन ?

लेखक यास्मिर उस्मानले बलिउडकी सदाबहार नायिका रेखामाथी पुस्तक लेखेका छन् । पुस्तकको नाम ‘रेखा : एन अनटोल्ड स्टेरी’ राखिएको छ । यस पुस्तकमा रेखाको बलिउड करिअर र निजी जिन्दगीसँग जोडिएका केही प्रसंग उल्लेख भएको छ ।
rekhaपुस्तकमा उनले केही पीडादायी घटनाको वारेमा समेत खुलेर कुरा गरेकी छिन् । १५ वर्षको उमेरमा घटेको एउटा घटनावारे रेखाले मुख खोलेकी छिन् । चलचित्र ‘अनजाना सफर’ को सुटिङ हुदै थियो । रेखाले अप्रत्याशित पीडाडाको सामना छायांकनका क्रममा गर्नुपरेको थियो । जतिबेला उनी १५ बर्षकी मात्र थिइन् ।
एउटा रोमान्टिक गीतको सुटिङका लागि रेखा सेटमा पुगिन् । निर्देशकले एक्सन भन्ने बित्तिकै नायक बिश्वजीतले उनको ओठमा चुम्बन गरे । १ मिनेट, दुई मिनेट हुँदै चार मिनेट बित्यो । विश्वजीतले रेखालाई छाडेनन् । पाँच मिनेटसम्म चल्यो चुम्बन । निर्देशकले कट् भन्दा अन्य प्राविधिकले सिठ्ठी बजाएर हुटिङ गरे ।
पाँच मिनेटपछि रेखाले आँखा खोलिन् । उनको आँखाभरि आँशु थियो । अन्य प्राविधिक उनको अनुहार हेर्न आतुर भए जस्ता देखिन्थे । रेखाले जुन दृष्यको सुटिङ गरेकी थिइन्, उनलाई उक्त दृष्यवारे थोरै पनि जानकारी थिएन । यही दृष्यको वारेमा कुरा उठाउने सोच बनाएकी थिइन् । निर्देशक लगायत अन्यले अरु केही अभियोग लगाउने हुन् कि भनेर छोडिदिईन् ।
विनोद मेहरासँगको विवाहको किस्सा उस्तै रोचक छ । पुस्तकमा उल्लेख भए अनुसार जब रेखा र विनोदले कोलकत्तामा विवाह गरेर मुम्बई फर्के तब, सासु आमाले चप्पलले उनलाई स्वागत गरिन् ।
विनोदकी आमा कमला यो विवाहप्रति पटक्कै खुसी थिइनन् । सासु आमालाई ढोग गर्न ढल्केको वेला कमलाले रेखालाई धकेलिदिएकी थिइन् भने एकछिन पछि चप्पल ताकिन् ।
यावत समस्या झेल्दा झेल्दै पनि उनी कहिल्यै आत्तिइनन् । बलिउडकी अलटाइम फेभरेट भनिने रेखाका फ्यानहरु आज पनि उत्तिकै छन् ।
source:http://www.onlinekhabar.com

के रेखाकै कारण श्रीमानको मृत्यु भएको थियो ?

हालै मात्रै सार्वजनिक भएको बलिउड नायिका रेखाको अटोबायोग्राफी ‘रेखाः द अनटोल्ड स्टोरी’ले उनीसँग सम्बन्धित केही तथ्यहरुको खुलासा गरेको छ ।
यासेर उस्मान लिखित यस पुस्तकले रेखाको बिबाहित जीवनका वारेमा समेत लुकेको कुरा सार्वजनिक गरेको छ । पुस्तकमा उल्लेख भए अनुसार रेखाले मुकेश अग्रवालसँग दोस्री श्रीमतीको रुपमा विवाह गरेकी थिइन् ।
Bollywood actress Rekha at 4th Annual asiaSpa Awards. Photo: FilmiTadka.बिहे गरेको केही महिनापछि मुकेशले झुण्डिएर आत्महत्या गरेका थिए । रेखालाई मुकेशलाई आत्महत्या गर्न वाध्य बनाएको आरोप समेत लाग्ने गरेको थियो । मुकेशको निधनको वेला समेत धेरै मिडियाले रेखा र मुकेशको सम्बन्धवारे समाचार लेखेका थिए ।
पुस्तकमा उल्लेख भए अनुसार रेखाले दिल्लीका ब्यबसायी मुकेशसँग विवाह गरेकी थिइन् भने विवाहको केही दिनमा उनीहरु लण्डन गएका थिए ।
लण्डनको प्रारम्भिक दिन निकै रमाईलोसँग दुइले बिताएका थिए । तर दिन बित्दै जाँदा मुकेशको आनीवानीमा केही परिवर्तन आउन थाल्यो । रेखासँग विवाह गर्नु अगाबै मुकेशले औषधी खाने गरेका रहेछन् । विवाह लगत्तै औषधीको मात्रा बढाए ।
घरको फोनले मुकेशलाई निकै तनाब दिन्थ्यो । त्यो थाह पाएपछि रेखाले मुकेश र उनको घरको सम्बन्ध बिच्छेद गरिन् । त्यसपछि मकेश डिप्रेशनको शिकार भए । विवाहको वर्ष नबित्दै मुकेशले सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेका थिए ।
रेखा र जीतेन्द्र अभिनित चलचित्र ‘शेषनाग’ रिलिज हुँदै गर्दा मुकेशको निधन भएको थियो । रेखाकै कारण मुकेशको मृत्यु भएको हल्ला ब्यापक थियो । त्यसैको विरोधमा केही ब्यक्तिहरुले चलचित्रको पोष्टरमा रेखाको अनुहार भएको भागमा कालो पोते ।
तत्कालिन समयमा मिडियाले पनि मुकेशको निधनको खबरलाई महत्वका साथ प्रकाशन गरेका थिए ।
source:http://www.onlinekhabar.com

फिल्मको प्रमोशनमा वेवास्ता गर्दा रोएकी थिइन् नम्रता

शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘ब्रासलेट’ले अहिले देशभरका हलमा औषत व्यापार गरिरहेको छ । चलचित्रको कथावस्तु र सस्पेन्स पाटोलाई दर्शकले रुचाएकोमा निर्देशक निर्मल शर्मा खुशी देखिएका छन् ।
namrata sapkotaयो चलचित्रमा २ नायिका छन्, रजनी केसी र नम्रता सापकोटा । चलचित्रको प्रमोशनमा नायिका केसी नै अगाडि देखिइन् । रजनी देश दौडाहादेखि राजधानीमा पनि सक्रिय भइन् । तर, अर्की नायिका नम्रता सापकोटा भने प्रचारबाट टाढा नै रहिन् ।
तर, चलचित्र रिलिज भएपछि अहिले यी सुन्दरीले तारिफ पाइरहेकी छिन् । उनलाई अब चलचित्रमा काम गर्ने चाहना पनि बढेको छ । ‘परी’को भूमिकामा देखिएकी नम्रताको भूमिका र उनको कामलाई खुबै रुचाइएको छ । भेट्ने पत्रकारदेखि दर्शकले कामको तारिफ गरेको सुन्दा आफू खुशी भएको नम्रताले बताइन् ।
नम्रताले आफ्नो राज खोल्दै भनिन्-‘चलचित्र चलेपछि आफ्नो कामको मुल्यांकन हुनेमा ढुक्क थिएँ । तर, चलचित्रको प्रचारमा वेवास्ता गरिदा भने निकै दुख लागेको थियो ।’
उनले अगाडि थपिन्-‘केही रात त म पीडाले रोएकी पनि थिएँ । आफ्नो भाग्यमा नै यस्तो लेखिएको रहेछ भनेर चित्त वुझाएँ पनि ।’ चलचित्रमा पावरफूल भूमिका भएर पनि प्रचारमा निर्माणपक्षले वेवास्ता गर्दा कैयौ रात रोएकी नम्रता अहिले पनि ढुक्क भएको सुनाउँछिन् ।
चलचित्र क्षेत्रमा आएको केही बर्षमा पनि खासै व्यस्त नदेखिएकी यी नायिका ‘ब्रासलेट’ प्रतिक्रियाले भने चलचित्र खेल्ने जोश पलाएको बताउँछिन् ।
source:http://www.onlinekhabar.com

छोराको जन्मदिनमा सत्यराजको तेस्रो भिडियो

गायक, संगीतकार एवं गजलकार सत्यराज आचार्यले आˆनो महत्वाकांक्षी एकल गजल एल्बम ‘मधुशाला’ को तेस्रो भिडियो सार्वजनिक गरेका छन् । आफ्नो छोरा संगीतराज आचार्यको जन्मदिनको अवसरमा ‘आज एउटा खाम देखें, त्यहाँ तिम्रो नाम देखें’ बोलको म्यूजिक भिडियो युट्युबवाट सार्वजनिक गरिएको हो ।
satyaraj videoसार्वजनिक भिडियोे लण्डन र स्कटल्याण्डमा खिचिएको हो । यस भिडियोको निर्देशन, छायांकन र सम्पादन स्कटल्याण्ड निवासी दिपेश रेग्मीले गरेका हुन् ।
भिडियोमा सत्यराज, निश्चल कार्की र प्रीथा भण्डारीले अभिनय गरेका छन् । गजल इतिहासमै पहिलो पटक एकल श्रष्टा सत्यराज आचार्यको लेखन, संगीत र गायन रहेको ‘मधुशाला’बाट यस अघि दुईवटा गजलहरु ‘काली’ र ‘मधुशाला’ सार्वजनिक भई सकेको छ ।
source:http://www.onlinekhabar.com

अनमोलको नाममा पूर्वमा झुटको खेती, केसी भन्छन्-‘म आउने प्रचार गलत हो’

नायक अनमोल केसी अहिलेका स्टार हुन् । अनमोल उपस्थित हुने कार्यक्रममा फ्यानको भीड लाग्छ । तर, उनको यही क्रेजलाई केही मानिसहरु दुरुपयोग गर्न लागिपरेका छन् ।
anmol kc fake publicityअसोज २४ बाट पूर्वका विभिन्न जिल्लामा सुरु हुन लागेको ‘मेगा फेस्टिबल २०७३’मा अनमोल भीआइपी गेष्टको रुपमा उपस्थित हुन लागेको चर्चा चलाइएको छ । सुनसरी, झापा र इलाममा आयोजना हुन लागेको यो कार्यक्रममा केही व्याण्डका साथमा अनमोल केसी उपस्थित हुने भन्दै टिकट विक्री गरिएको छ ।
तर, यो कार्यक्रममा अनमोललाई ल्याउने भनेर कुनै संझौता गरिएको छैन । अनमोल स्वयंमले पनि फेसबुकमा आफ्नो नाममा गरिएको प्रचार झुटो भएको बताएका छन् । अनमोलले अनलाइनखबरसँग भने-‘म आफ्ना फ्यानहरुलाई भेट्न सधै नै आतुर छु । तर, जसरी पूर्वमा आयोजना हुन लागेको कार्यक्रममा म आउने भनेर प्रचार गरिएको छ, यो झुटो हो ।’
अनमोलले आफू सो कार्यक्रममा उपस्थित हुने भनेर गरिएको चर्चा पूर्ण रुपमा झुटो भएको भन्दै यो भ्रममा नपर्न आफ्ना फ्यानलाई आग्रह गरेका छन् । आफ्ना फ्यानहरुले नै फेसबुकबाट जानकारी गराएपछि आफूलाई यो कुरा थाहा भएको बताए । अनमोल अहिले चलचित्र ‘कृ’को तयारीमा व्यस्त छन् ।
source: http://www.onlinekhabar.com

Sunday, August 28, 2016

गैंडा मारेको अभियोगमा दुई भारतीय र दुई नेपाली कारागार चलान

१२ भदौ, चितवन । चितवनको मेघौलीमा गैंडा मारेको आरोपमा पक्राउ परेका नौ जनामध्ये चार जनालाई थुनामा राखेर थप अनुसन्धान गर्न कारागार चलान गरिएको छ ।
Chitwan Adalatआइतबार जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलाशले २ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई कारागार चलान गर्न आदेश दिएको हो ।
गत साउन २४ गते मेघौली सराई नामक होटलको छेउँमा करेन्ट लागेर एक गैंडाको मृत्यु भएको थियो । सो घटनापछि प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो ।
होटलमा प्राकृतिक विज्ञको रुपमा कार्यरत भारतीय नागरिक दिपु शशी, होटल म्यानेजर भारतकै रितेष भट्ट, नवलपरासीको देवचुली-२ का सिभिल ओभरसियर जीबन महतो र नारायणी नगरपालिका १ घर भएका इलेक्टि्रसियन सुनिल महतोलाई कारागार चलान गरिएको जिल्ला अदालत चितवनका सूचना अधिकृत कृष्णप्रसाद बरालले जानकारी दिए ।
पक्राउ परेकामध्ये सोही होटलमा कार्यरत नवलपरासीको मध्यविन्दु नगरपालिका-९ का सुवास गदाल (विक)लाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
यसैगरी नारायणी नगरपालिका-१ घर भएका प्लम्बिङ काम गर्ने विकास दराई, सोही ठाउँका सेक्युरिटी इञ्चार्ज विराज महतो, रत्ननगर नगरपालिका-१९ का बुद्धराम महतो र रौतहट कनपुर ५ का माहुते गिरिजालाल कछडिया सामान्य तारेखमा रिहा भएको अदालतले जनाएको छ ।
source:http://www.onlinekhabar.com

भैरहवामा म्याद गुज्रेका अखाद्य वस्तु नष्ट

१२ भदौ, भैरहवा । जिल्ला बजार अनुगमन समिति रुपन्देहीले बजार अनुगमनको क्रममा फेला परेको अखाद्य खाद्यन्न वस्तु नष्ट गरेको छ ।
समितिका संयोजक एवं साहयक प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको संयोजत्वमा भएको अनुगमनको क्रममा फेला परेको अखाद्य खाद्यन्न वस्तु नष्ट गरिएको हो ।
Akhaddaजिल्लाको विभिन्न खाद्यन्न पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका, लेबल नभएका विस्कुट, चाउचाउ, खाने तेल, मसला लगायतका खाद्यन्न वस्तुहरु जफत गरी नष्ट गरिएको र पसलका संचालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न अन्तिम चेतवानी दिइएको जिल्ला बजार अनुगमन समितीका संयोजक शम्भु प्रसाद रेग्मीले बताए ।
उनले उपभोक्ताको हितको लागि विक्रेताले पनि आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउँदै बजारमा कालोबजारी, उपभोग हुने अखाद्य वस्तुहरुको विक्री वितरण भएमा समितिलाई सूचना दिन पनि आग्रह गरे ।
त्यस्तै वाणिज्य कार्यालय रुपन्देहीका प्रमुख वेद प्रकाश उपाध्ययले अनुगमनको क्रममा फेला परेको अखाद्य वस्तुहरु नष्ट गरिएको बताउँदै अबदेखि अखाद्य वस्तुहरु विक्री वितरण नगर्न विक्रेताहरुलाई आग्रह गरे ।
उनले अनुगमनको क्रममा र्फमहरु (पसल) नवीकरण म्याद सकिएको, पसलमा मुल्य सूची देखिने गरी नराखिएको पाइएको कारण पसलका सञ्चालकहरुलाई चेतावनी दिइएको बताए ।
source:http://www.onlinekhabar.com

रोजगारीका नयाँ गन्तव्य पहिचान गर्न सरकारलाई निर्देशन

१२ भदौ, काठमाडौं । स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने आवाज उठिरहेका बेला व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आकर्षक तलब सुविधासहितका रोजगारीका नयाँ गन्तव्य मुलुकको पहिचान गर्न सरकारलाई निर्देशन दिएको छ ।
Pravu-Shahसमितिले आइतबार श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई बोलाएर छलफल गरी यस्तो निर्देशन दिएको हो ।
खासगरी साउदी अरेबियामा रोजगारीका अवसर गुम्दै गएको सन्दर्भमा नयाँ गन्तव्य मुलुकको पहिचान गर्न निर्देशन दिइएको समितिका सभापति प्रभु साहले जानकारी दिए ।
समितिले नयाँ गन्तव्य मुलुक र तिनमा कामदारले पाउने सेवा सुविधाबारे परराष्ट्र मन्त्रालय मातहत रहेका नियोगमार्फत सम्पर्क गरी एक महिनाभित्र कार्ययोजना पेश गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
बैठकमा परराष्ट्र मन्त्रालयका सचिव वैरागीले भने वैदेशिक रोजगारीमा कस्ता कामदार पठाउने भन्ने बारेमा यकिन नभइ नयाँ गन्तव्य मुलुकको पहिचान गर्न अप्ठेरो हुने बताए । उनले नेपाली कामदारहरु अदक्ष र अर्धदक्ष भएका कारण उनीहरुले खाडी मुलुकमा आकर्षक तलब पाउन नसकेको भन्दै आकर्षक सुविधा कामदारको सीपसँग सम्बन्धित भएकाले वैदेशिक रोजगारीमा पठाइने कामदारका सम्बन्धमा राष्ट्रिय नीति तय हुन आवश्यक रहेको बताए ।
बैठकमा समितिका केही सदस्यहरुले युवा शक्तिलाई विदेश पठाउनु भन्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी विदेशिएका नेपालीहरुलाई फर्काउनुपर्ने धारणा राखेका थिए ।
source:http://www.onlinekhabar.com

काठमाडौको संकटा मन्दिर नजिकबाट ११ तोला सुन लुटपाट

Gold१२ भदौ, काठमाडौं । काठमाडौको संकटा मन्दिर नजिकबाट ११ तोला सुन लुटपाट भएको छ ।  आइतबार विहान ९ बजे न्युरोडस्थित बी युनाइटेड गोल्डमार्ट सुन पसलबाट सुन जलप लगाउनका लागि संकटा मन्दिर लैजाने क्रममा उक्त सुन लुटपाट भएको हो ।सुन बोकेर गएका भारत कलकत्ता घर भएका १५ वर्षीय सागर चन्द्रलाई ३ जना अपरिचित ब्यक्तिहरुले कुटपिट गरी सुन लुटेर भागेका  हुन् । सुन लुटी फरार भएका ब्यक्तिहरुको खोजिकार्य भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।
५९ हजार नगद लुटेर भाग्न खोज्ने २ पक्राउ
यसैबीच कपिलवस्तुको कपिलवस्तु नगरपालिका ५ स्थित राष्ट्रिय बैङ्क अगाडिबाट एक ब्यक्तिको ५९ हजार नगद लुटेर भाग्ने क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरीक २० वर्षीय अब्दुल मुसलमान र ४५ वर्षीय राम शंकर लोध रहेका छन् ।
आइतबार दिउँसो साढे १ बजे स्थानीय ६४ वर्षीय राम अबतार धोबिले बैङ्कबाट रकम निकाली बाहिर निस्कने क्रममा उनीहरुले रकम लुटी भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको स्थानिय प्रहरीले जनाएको छ ।
source: http://www.onlinekhabar.com

Wednesday, August 24, 2016

भरतपुर अस्पतालमा एकैपटक ६ स्थानबाट अप्रेशन सेवा शुरू

८ भदौ, भरतपुर । चितवनको सबैभन्दा ठूलो भरतपुर अस्पतालले अत्याधुनिक सेवासहित छुट्टाछुट्टै छ कक्षबाट अप्रेशन सेवा शुरु गरेको छ । यस अघि अस्पतालले एकै कोठामा चार वटा टेबल राखेर विरामीको अप्रेशन गर्दै आएको थियो ।
Operation-Wardहालै निर्माण सम्पन्न भएको ‘ए’ ब्लक भवनको दोस्रो तल्लाबाट अत्याधुनिक अप्रेशन सेवा थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रूद्रप्रसाद मरासिनीले जानकारी दिए ।
उनका अनुसार उक्त कक्षमा दुईवटा आकस्मिक अपे्रशन कक्ष छुट्टाइएको छ । त्यस बाहेक अन्य ४ वटा अप्रेशन कक्षमा हप्ताको ३ दिन सबै विभागका लागि अप्रेशन गर्ने व्यवस्था मिलाइएको छ । यसअघि हप्तामा २ दिन मात्रै विभागहरुलाई अप्रेशनको पालो दिइएको थियो ।
नयाँ ‘ए ब्लक’ भवनमा निर्माण गरिएको आकस्मिक कक्षभित्र नै १८ बेड क्षमताका पोस्ट अप कक्षको व्यवस्था गरिएको छ । यसअघि १० बेडको मात्रै पोष्ट अप थियो ।
यस्तै, पहिलोपटक ६ बेडको रिकभरी कक्षको व्यवस्था पनि गरिएको छ । अप्रेशन गर्ने वित्तिकै बिरामीहरूलाई रिकभरी कक्षमा राखेपछि पोष्टअपमा लगिने अप्रेशन इन्चार्ज मिरा अधिकारीले बताइन् ।
अस्पतालमा अप्रेशन गर्नु अघि बिरामीहरूलाई राख्ने कक्ष यसअघि व्यवस्थित नभएकोमा नयाँ अप्रेशन कक्षभित्र नै १२ वेडको अप्रेशन तयारी कक्ष राखिएको छ ।
अलग-अलग स्थानबाट अप्रेशन हुने भएपछि बिरामीहरूको पालो पनि छिटो-छिटो आउने र सेवाको गुणस्तर पनि बढ्ने स्त्री तथा प्रसुती रोग विभागका विभागीय प्रमुख डा. सुनिलमणि पोख्रेलले बताए ।
‘भरतपुर अस्पतालमा सबैभन्दा धेरै चाप प्रस्तुती विभागमा छ,’ डा. पोख्रेलले भने, ‘अलग्गै अप्रेशन कक्षको व्यवस्था भएपछि चाप घटाउन सहयोग हुनेछ ।’उनले अस्पतालमा नयाँ अप्रेशन कक्ष थपिएसँगै दैनिक ३५ जनासम्मको अप्रेशन गर्न सकिने बताए । यस अघिसम्म अस्पतालले दैनिक २० देखि २५ जनासम्मको अप्रेशन गर्दै आएको थियो ।
source:http://www.onlinekhabar.com

प्रधानमन्त्रीले मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको माग

८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।
साथै उसले संविधान संशोधनबारे देशभित्र कुनै परामर्श नगरेको तर, विदेशी भूमिमा छलफल गरेको भन्दै आपत्ति जनाएको छ ।
UML-Baithakएमालेले भारततर्फ संकेत गर्दै कुनै देशको अतिरिक्त चासोका आधारमा संविधान संशोधन हुन नसक्ने बताएको छ । ‘तर, अहिले जे आधारमा र जुन ठाउँमा संविधान संशोधनका लागि चर्चा चलाइएको छ, यो आपत्तिजनक र निरर्थक छ,’ स्थायी कमिटी बैठकपछि एमालेले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो र यहाँका राजनीतिक दलहरूले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ ।’
सरकारले पूर्णता नपाउँदै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पदै छिमेकी देशमा विशेष दूत पठाउनु गलत भएको उसले बताएको छ । संविधान संशोधनलगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको चर्चा रहेको भन्दै एमालेेले यसले स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्‍याएको ठहर गरेको छ ।
सरकारले आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण काम गरेको भन्दै एमालेले प्रधानमन्त्रीबाट पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ । साथै, नेपालको भविष्य नेपाली जनता आफैंले निर्धारण गर्ने मान्यता र स्वाभिमानमा आघात पुर्‍याउने कुनै किसिमका काम नगर्न सरकारलाई सचेत गराएको छ ।
source:http://www.onlinekhabar.com

एक चौथाइ गर्भवती बीस वर्षमुनिका

भदौ, बाबियाचौर । म्याग्दीका करिब एक चौथाइ गर्भवती महिला २० नपुग्दै आमा बन्ने गरेका छन् । आर्थिक वर्ष ०७२/७३ मा जिल्ला जनस्वास्थ्य कार्यालयमा दुई हजार २८६ जनाले गर्भजाँच गराएकामा ५६८ जना २० वर्षभन्दा कम उमेरका रहेका कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक लीला गौतमले जानकारी दिइन् ।कार्यालयको तथ्याङ्कअनुसार आव ०७१/७२ मा २० वर्षभन्दा कम उमेरका गर्भवतीको सङ्ख्या २८.२६ प्रतिशत र २०७०/७१ मा ३२ प्रतिशत थियो ।
pregnant किशोरी तथा युवती शारीरिक र मानसिकरुपमा परिपक्क नभई आमा बन्न बाध्य भएका हुन् । २० वर्षअघि बच्चा जन्माउनुलाई आमा र बच्चा दुवैको स्वास्थ्यका हिसाबले जोखिमयुक्त मानिन्छ ।
बीस वर्षअघि नै बच्चा जन्माउँदा पाठेघर खस्ने, शारीरिक कमजोरी, औसत आयुमा असर, बच्चामा कुपोषण र अपाङ्गताजस्ता समस्या देखिने गरेको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताएका छन् । उनका अनुसार केही वर्षयता २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको सङ्ख्या घटे पनि मातृ, शिशु स्वास्थ्यका हिसाबले अझै चुनौती रहेको छ ।
राष्ट्रिय जनगणना, २०६८ अनुसार जिल्लामा ५७ हजार ३९८ विवाहितमध्ये २० वर्षअघि नै विवाह गर्नेको सङ्ख्या ५१.६० प्रतिशत छ ।
यसैगरी म्याग्दीका ६० प्रतिशत गर्भवतीले मात्र सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । भौगोलिक विकटता, सबै स्वास्थ्य संस्थामा प्रसूति गृह अभाव, चेतनाको कमी, यातायातका साधनको भरपर्दो व्यवस्था नहुने एवम् आर्थिक अभावले गर्दा ४० प्रतिशत गर्भवतीमा सुरक्षित प्रसूति सेवा पुग्न नसकेको हो । 
source:http://www.onlinekhabar.com

एमाले अध्यक्ष ओली भोलि बैंकक जाने

८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।
KP Oliपूर्वप्रधानमन्त्री समेत रहेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लागेका हुन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘स्वास्थ्य परीक्षणका लागि जान लाग्नु भएको हो ।’
प्रधानमन्त्री भएपछि नौ महिने कार्यकालमा ओली स्वास्थ्य परीक्षणका लागि विदेश गएका थिएनन् ।
source:http://www.onlinekhabar.com

नयाँ शक्ति नेपालले दलको वैधानिकता पायो, चुनाव चिहृन पछि तोकिने

८ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टीलाई निर्वाचन आयोगले विधिवत दर्ता गरी दलको मान्यता दिएको छ ।
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गत असार २६ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । आयोगले भट्टराईको निवेदन सदर गर्दै मंगलबार दल दर्ता भएको प्रमाणपत्र उपलब्ध गराएको हो ।
baburamनयाँ शक्ति पार्टीको दल दर्ता नम्बर रा. ५६ छ । यसअघि नयाँ शक्ति अभियानको रुपमा मात्र रहेकोमा अब आधिकारिक दल बनेको हो ।
निर्वाचन आयोगले भनेको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम उक्त नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरीदिने तथा सो दलको कार्यकारी समिति, विधान र झण्डालाई प्रमाणित गरीदिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’
आयोगको पत्र अनुसार नयाँ शक्तिको चुनावचिन्ह भने अझै स्वीकृत भएको छैन । आयोगले चुनाव चिहृन सम्वन्धि निर्णय पछि गर्ने जानकारी गराएको छ ।
नयाँ शक्ति नेपालको झण्डा वाइसिएलको झण्डा जस्तै भएको भन्दै आयोगमा उजुरी परेको थियो ।
source:http://www.onlinekhabar.com

जनकपुरमा पनि स्क्रब टाइफस संक्रमित भेटिए

८ भदौ, जनकपुर । केहि समययता तराईका जिल्लाहरुमा फैलदै गएको प्राणघातक रोग स्क्रब टाइफसको संक्रमित जनकपुरमा पनि पहिलो पटक देखिएको छ ।वरिष्ठ बालरोग विशेषज्ञ डा. दिपक कुमार गुप्ताले उपचारको क्रममा दुई जना बच्चामा सो संक्रमण रहेको पुष्टि गरेका छन् । जनकपुरको केयर मेडिकल सेन्टर मिल्स एरियामा चेकजाँचको क्रममा डा. गुप्ताले दुवै बच्चामा स्क्रब टाइफसको संक्रमण रहेको फेला पारेका थिए ।
scrub-typhus३ बर्षीय सुरज महतो र सात बर्षीया अञ्जली परियारमा स्क्रब टाइफसको संक्रमण फेला परेको छ । दुवै जनाको सफल उपचार पछि गएको शुक्रबार डिस्चार्ज गरिएको डा. गुप्ताले जनाए ।
यो रोगका लक्ष्णहरु १०२-१०५ डिग्री फरेन हाइटसम्म ज्वरो आउनु, अत्याधिक टाउको दुख्नु, सास फेर्न समस्या हुनु, जीउ, जोर्नी र मांसपेशीमा पीडा हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने लगायतको रहेकोछ ।
वषर्ायाममा पनि सहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो किराले टोक्ने खतरा रहन्छ । स्क्रब टाइफस जनावरबाट सर्ने तर मानिसबाट मानिसमा सर्ने रोग नरहेको डा. गुप्ताले बताए ।
एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग सर्छ । यस्तो किर्ना मुसाको शरीर र घाँसपातमा हुन्छ । तर संक्रमित मानिसबाट अर्को मानिसमा भने नसर्ने चिकित्सकले बताएका छन् ।
जनकपुरमा पनि स्क्रब टाइफस संक्रमित भेटिए
राजकमल सिंह
८ भदौ, जनकपुर । केहि समययता तराईका जिल्लाहरुमा फैलदै गएको प्राणघातक रोग स्क्रब टाइफसको संक्रमित जनकपुरमा पनि पहिलो पटक देखिएको छ ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. दिपक कुमार गुप्ताले उपचारको क्रममा दुई जना बच्चामा सो संक्रमण रहेको पुष्टि गरेका छन् । जनकपुरको केयर मेडिकल सेन्टर मिल्स एरियामा चेकजाँचको क्रममा डा. गुप्ताले दुवै बच्चामा स्क्रब टाइफसको संक्रमण रहेको फेला पारेका थिए ।
३ बर्षीय सुरज महतो र सात बर्षीया अञ्जली परियारमा स्क्रब टाइफसको संक्रमण फेला परेको छ । दुवै जनाको सफल उपचार पछि गएको शुक्रबार डिस्चार्ज गरिएको डा. गुप्ताले जनाए ।
यो रोगका लक्ष्णहरु १०२-१०५ डिग्री फरेन हाइटसम्म ज्वरो आउनु, अत्याधिक टाउको दुख्नु, सास फेर्न समस्या हुनु, जीउ, जोर्नी र मांसपेशीमा पीडा हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने लगायतको रहेकोछ ।
वषर्ायाममा पनि सहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो किराले टोक्ने खतरा रहन्छ । स्क्रब टाइफस जनावरबाट सर्ने तर मानिसबाट मानिसमा सर्ने रोग नरहेको डा. गुप्ताले बताए ।
एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग सर्छ । यस्तो किर्ना मुसाको शरीर र घाँसपातमा हुन्छ । तर संक्रमित मानिसबाट अर्को मानिसमा भने नसर्ने चिकित्सकले बताएका छन् ।
source:http://www.onlinekhabar.com

शंखमुलस्थित सोफा कारखानामा आगलागी, २० लाख क्षति

८ भदौ, काठमाडौं । काठमाडौंको शंखमुलस्थित सोफा कारखानामा बुधबार बिहान आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगोमा जलेर एक जना घाइते भएका छन् ।आगोमा जलेर सोफा कारखानाका मालिक मोहमद सवाज आलम घाइते भएका हुन् । आगो निभाउने क्रममा उनको पाखुरा, अनुहार र शरीरका अन्य भाग जलेको छ ।
Fireआगो निभाउन पाँच वटा दमकल र एउटा पानी ट्यांकर प्रयोग गरिएको थियो ।
सोफा कारखानाको छेउँमा रहेको गि्रल उद्योगबाट उठेको झिल्काले आगो सल्किएको प्रहरीले जनाएको छ ।
source:http://www.onlinekhabar.com

रोल्पाका खिमप्रसाद ६ बर्षदेखि मलेसियाको जेलमा

 ८ भदौ, काठमाडौं । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका रोल्पाका खिमप्रसाद परियार सम्पर्कबिहीन भएको ६ बर्ष भयो । २०६७ साल साउन १३ गते काममा निस्केका उनी एकाएक बेपत्ता भएपछि परिवार र साथीभाइले खोजीनिती गर्दा पनि पत्ता लगाउन सकिएन । उनको अवस्थाबारे परिवारले आधिकारिक जानकारी पाउन सकेन ।
Khim-prashad-pariyarतर पछिल्लो समय उनको परिवारले केहि अपुष्ट खवर प्राप्त गरेका छन् कि रोल्पा राँसी २ का खिमप्रसाद परियार मलेसियाको जेलमा छन् । मलेसियास्थित नेपाली दूतावासले यसको जानकारी गराएको हो ।
मलेसियाको आर सेगरी होल्डिङ नामको कम्पनीमा काम गर्ने परियार २०६७ साउन १३ गते बिहान ७ कोठाबाट ड्युटीमा निस्किएपनि कार्यस्थलमा पुगेनन् । परियार चढेको साइकिल नजिकैको सडक छेउमा भेटिएको थियो । एक सातापछि उनी बेपत्ता भएको खवर परिवारले पायो ।चार बर्ष मलेसियामा बसेर घर फर्कने तयारी गरिरहेका ३६ बर्षीय खिमप्रसाद एकाएक बेपत्ता भएपछि परिवारमा सन्नाटा छायो । तर जतिनै प्रयास गर्दा पनि उनको बारेमा ६ बर्षसम्म अत्तोपत्तो भएन । ‘मलेसिया गएको ४ बर्षसम्म दाजु घरपरिवारको नियमित सम्पर्कमा हुनुहुन्थ्यो’, भाइ भुपेन्द्र भन्छन्, ‘त्यसपछि अहिले त ६ बर्ष भइसक्यो, दाईको केहि खबर छैन ।’
तर पछिल्लो पटक मलेसियास्थित नेपाली दूतावासले रांसि २ रोल्पाका खिमप्रसाद परियार भन्ने मान्छे मलेसियाको जेलमा भएको बताएपछि परिवारमा नयाँ आशा जागेको छ ।
दाइलाई नेपाल कसरी फर्काउने भन्नेबारे भाइ भुपेन्द्र अनभिज्ञ छन् । उनले सुनेका थिए, नेपालबाट पत्रकारले दूताबासमा फोन गरिदिएपछि जेलबाट निकाल्न छिटो प्रक्रिया थाल्छ रे । अब उनको आशा त्यहीँ छ ।
चिनेका ठूलाबडा, मेनपावर कम्पनी, दलाल, प्रहरी कसैबाट पनि दाइको पत्ता लगाउन नसकेका भुपेन्द्र र उनका परिवार दूतावासको पछिल्लो भनाइबाट खुसी भएका छन् । परिवारलाई उनी कुन मेनपावर र दलालमार्फत मलेसिया पुगेको भन्ने समेत थाहा छैन ।
दूताबासले खिमप्रसादका परिवारलाई भने अनुसार उनलाई मलेसियाको काजंग इग्राम्म स्थित जेलमा राखिएको छ तर कुन मुद्धामा जेल हालेको भन्नेबारे दूतावासले खुलाएको छैन ।
मलेसियाको जेलमा रहेका भनिएका परियार उपराष्ट्रपति नन्दबहादुर पुनका छिमेकी हुन् ।
 source:http://www.onlinekhabar.com

अजित मिजारको ‘हत्या’मा प्रधानमन्त्रीको चासो, छानविन गर्न गृह प्रशासनलाई निर्देशन

८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्याबारे छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
Prahanda,-Narayan-Gopal-Malबुधबार सिंहदरबारमा दलित अगुवाहरुले मिजारको हत्या भएको भन्दै छानविन समिति बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । बिहान साढे १० बजे ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले गृहसचिव नारायण गोपाल मलेगो र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई कार्यकक्षमा बोलाएर छानविन समिति बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘काभ्रे पाँचखालमा दलित युवाको हत्या भएको भन्दै दलित नेताहरुले ज्ञापनपत्र बुझाउनुभएको छ । यसको यथार्थ के हो ? निष्पक्ष छानविनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति बनाउनुस् र आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाउनुहोस् ।’
भेटमा गृहसचिव मलेगो र महानिरीक्षक अर्यालले प्रधानमन्त्रीको निर्देशन बमोजिम तत्कालै छानविन समिति बनाउने प्रतिवद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आफूहरुले ज्ञापनपत्र बुझाएको एक घण्टाभित्रै प्रधानमन्त्री प्रचण्डले गम्भीरता देखाउँदै गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाएर छानविन गर्न निर्देशन दिएकामा दलित अगुवाहरुले खुसी व्यक्त गरेका छन् ।
नेता तिकल परियारले भने, ‘मिजार हत्याकाण्ड शंकास्पद छ । प्रधानमन्त्रीले चासो दिएर छानविन गर्न निर्देशन दिएकाले सत्यतथ्य बाहिर आउँछ र दोषी कारवाहीको भागिदार हुन्छ भन्ने विश्वास छ ।’
मिजारले गत असार २५ गते गाउँकै एक युवतीसँग अन्तरजातीय बिहे गरेका थिए । तर २७ गते माइती पक्षले जबर्जस्ती छुटाएका थिए । त्यसको दुई दिनपछि धादिङको गजुरीमा मिजारको शव गाडिएको अवस्थामा फेला परेको थियो ।
source:http://www.onlinekhabar.com

‘रगत नपाए भक्तपुर जानु’

८ भदौ , भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ । रगत नपाए भक्तपुर जानुभन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो ।
blood-donationरेडक्रसले यही भदौ १ गतेदेखि दैनिक रक्तदान अभियान सुरु गरेको जानकारी दिँदै शाखाका सभापति एवम् सोसाइटीका केन्द्रीय सदस्य मनोज थापाले भक्तपुरको कमलविनायक, सूर्यविनायक र पाँचतले मन्दिर परिसरमा दैनिक रक्तदान कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । 
सातामा ६ दिन नियमित रुपमा बिहान ७ बजेदेखि ११ बजेसम्म र शनिबार जिल्लाका विभिन्न ठाउँमा बिहान एकैपटक रक्तदान कार्यक्रम हुने बताउँदै उनले रक्तदानमा सहभागी भइदिन सबैमा आह्वान गरेका छन् । 
शाखाबाट वार्षिक ३० हजार युनिट रगत खपत हुने गरेको बताउँदै सभापति थापाले रगतको आवश्यक परे सम्पर्क गर्न कार्यालयका फोन नम्बर ६६११६६१ र ६६१२२६६ मा निःशुल्क फोन सेवा उपलब्ध गराएको बताए।
रगतको कम्पोनेन्ट बनाउन ६ घन्टाभित्रको ताजा रगत चाहिने भएकाले कहिले काँही रक्तदाता तत्काल उपलब्ध नहुँदा रगतको अभाव हुने भए पनि त्यस्ता बिरामीका लागि शाखासंग पाँचसय भन्दा बढी कलिङ रक्तदाता भएकाले उनीहरुलाई बोलाएर रक्तदान गर्न लगाउने गरेको पनि उनले बताए  
source:http://www.onlinekhabar.com

संविधान कार्यान्वयन एमालेको प्रमुख प्राथमिकताः ओली

८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबिधान कार्यान्वयन एमालेको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
Kp-oliसिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा नेपालका लागि अमेरिकी राजदूत अलाइना डि टेप्लिजसँगको भेटवार्तामा ओलीले संविधान कार्यान्वयनमा एमालेको भूमिका प्रष्ट रहेको जनाए ।
संविधानले परिकल्पना गरेको तीन तहको निर्वाचन गर्नका लागि डेढ वर्ष मात्रै रहेको अवस्थामा एमालेको भूमिका कस्तो हुन्छ ? भन्ने अमेरिकी राजदूतको जिज्ञासामा ओलीले आफूले सरकारको नेतृत्वमा रहका बेला नै संविधान कार्यान्वयनको कार्ययोजना सार्वजनिक गरेको स्मरण गराउँदै अहिलेको अवस्थामा संविधान कार्यान्वयन एमालेको पहिलो प्राथमिकता भएको बताएको एमालेले जनाएको छ ।
करिब आधा घण्टा लामो भेटवार्ता सरकार परिवर्तन र संविधान कार्यान्वयनका विषयमा केन्द्रित थियो ।
source:http://www.onlinekhabar.com

सत्य निरुपण ऐन संसोधन बिधयेक संसदमा पेश गर्न संसदीय समितिको निर्देशन

८ भदौ, काठमाडौं । व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधन सम्बन्धी विधेयक तत्काल संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
Satya-Nirupanसमितिको बुधबार सिंहदरबारमा बसेको बैठकले कानून मन्त्रालय र शान्ति तथा पुनर्निमाण मन्त्रालयका सचिवसँगको छलफलपछि सर्वोर्च्च्ा अदालतको आदेश अनुसार आयोगको ऐन संशोधन सम्बन्धी विधेयक तत्काल संसद्मा पेश गर्न कानून मन्त्रालयलाई निर्देशन दिएको हो ।
आयोगले ऐन संशोधन नहुँदा काममा अप्ठेरो परेको गुनासो गर्दै आएको छ ।
समितिले संविधानमा व्यवस्था गरिएका आयोग गठनका लागि विधेयक तयार पार्न पनि कानून मन्त्रालयलाई निर्देशन दिएको छ ।
संविधानमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग गठनको व्यवस्था छ । तर कानूनको अभावमा ती आयोग गठन हुन सकेका छैनन् ।
source:http://www.onlinekhabar.com

दक्ष पण्डित बन्न चाहानेलाई ज्योतिष र कर्मकाण्डको प्रशिक्षण

८ भदौ, काठमाडौं । अध्ययन र प्रशिक्षण बिना कर्मकाण्ड, ज्योतिष पेसा अपनाउनेको सङ्ख्या बढ्न थालेपछि नेपाल पञ्चाङ्ग निर्णायक समितिले दक्ष पण्डित बनाउने उद्देश्यले छ महिने कर्मकाण्ड एवम् ज्योतिष प्रशिक्षण सुरु गरेको छ ।प्रशिक्षणमा कर्मकाण्ड र ज्योतिष पेसा अपनाउन चाहने ३९ जना प्रशिक्षार्थीको सहभागिता छ । असारदेखि सुरु भएको प्रशिक्षण मङ्सिरमा सकिने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
Pujari,-Priest“समाजमा शास्त्रीय आधारमा वैदिक कर्मकाण्ड र ज्योतिष कर्म गराउन सक्ने आधिकारिक पण्डित बनाउने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो, ज्योतिषमा २६ र कर्मकाण्डमा १३ सहभागीले प्रशिक्षण लिइरहेका छन्”–उनले भने।
सहभागीलाई अध्यक्ष गौतम, प्रा. श्रीकृष्ण अधिकारी, प्रा. डा. देवमणि भट्टराई, प्रा. मङ्गलदास प्रधानाङ्ग, पुरुषोत्तम भट्टराई, उपेन्द्र भट्टराई, नरोत्तम भट्टराई लगायतले प्रशिक्षण दिने समितिले जनाएको छ । प्रशिक्षणका लागि सहभागीबाट दुई हजार शुल्क लिइएको छ ।
source:http://www.onlinekhabar.com

गुल्मीको रुद्रवेणी–वामिटक्सार सडक सुचारु

८ भदौ, तम्घास । गुल्मीको रुद्रवेणी–वामिटक्सार सडकखण्ड आजदेखि सुचारु भएको छ । तम्घास–सिमलटारी–प्यूठान सडक आयोजनाले उक्त सडकखण्डदेखि केही माथिबाट एक किलोमिटरको वैकल्पिक सडक निर्माण गरिदिएपछि अवरुद्ध सडक सुचारु भएको आयोजनाका इन्जिनियर चन्द्रेश्वर शाहले जानकारी दिए ।रुद्रवेणी–वामिटक्सार सडकखण्ड अन्तर्गत उर्लिखोलामा गत महिना आएको बाढीले उर्लिखोला बजारसँगै जोडिएको मुख्य सडक बगाएर लगिदिएपछि उक्त क्षेत्रमा विगत एक महिनादेखि सवारी आवागमन ठप्प भएको थियो ।
TheKingdomOfNepal.com: Gulmi District Mapसडक सुचारु भएसँगै उक्त सडकखण्ड अन्तर्गत बीचबीचमा रोकिएका बस, ट्रक तथा जिपलाई आवागमनमा सहजता पुगेको छ ।
बाढीले बगाएको मुख्य सडकलाई सुचारु गर्न ठूलो रकम लाग्ने भएका कारण यात्रुको समस्यालाई ध्यान दिँदै अहिलेलाई वैकल्पिक सडक निर्माण गरी यातायात सुचारु गरिएको इन्जिनियर शाहले बताए ।
जिल्लामा सबै भन्दा बढी सवारी साधन सञ्चालन हुने उक्त सडक लामो समयसम्म अवरुद्ध बनेपछि त्यस क्षेत्रका हजारौँ यात्रु समस्यामा पर्दै आएका थिए ।
source:http://www.onlinekhabar.com

अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

८ भदौ, काठमाडौं । अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने रायन राय भन्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ ।सर्लाही जमुनिया– २ घर भएका रायले अनलाइन जागिरमा लगाई आकर्षक तलब तथा भाडा खर्च, खाजा खर्चकोसमेत व्यवस्था गर्ने प्रलोभनमा ११ जनाबाट १६ हजार रूपैयाँ लिई बिनातलब छ महिनासम्म काम लगाएका थिए ।
arrestedपीडितले पटकपटक तलबको माग गर्दा आलटाल गर्दै झुलाइरहेपछि उनीहरुले आफूहरु ठगिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
कलङ्कीमा इन्टरनेसनल आइटी नेपाल प्रालि नामको अफिस सञ्चालन गरी उनले विभिन्न पत्रपत्रिकामा विज्ञापन निकाली ठगी गर्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
source:http://www.onlinekhabar.com

यसपालीको तीज ‘आइ ब्रो’ मा केन्द्रित !

८ भदौ, काठमाडौं । तीज नजिकिदै जादाँ महिलाहरुमा फेशनप्रतिको मोह पनि बढ्दै गएको छ । फेशनमा पहिरनमात्र नभएर शृङगारपनि समावेश हुन्छ । यदि तपाईंको पहिरन ठीक छ तर मेकअप ठीक छैन भने त्यसले तपाईंको फेशनलाई अपुरो राख्दछ । त्यसैले यस पटकको तीजमा यदि तपाईं समयसापेक्ष फेशन गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आˆनो ‘आइ ब्रो’ अर्थात आँखि भौंमा ध्यान दिनुहोस् । किनकी अहिले बजारमा आइ ब्रोको मेकअप गर्ने चलन सुरु भएको छ ।
Eyebrowsआइ ब्रो अनुहारको महत्वपूर्ण भाग हो । आइ ब्रोलाई बेलाबेलामा मिलाएको खण्डमा यसले तपाईको अनुहारको सान्दर्यतालाई अझ बढाउने गर्छ । त्यस्तै, आइ ब्रोले तपाईको अनुहारलाई निश्चित आकार प्रदान गरी अनुसारलाई आर्कषक बनाउँछ ।
पहिले पहिले बजारमा पालतो आइ ब्रो बनाउने चलन थियो । तर केही समय यता टिनेजर्स देखि उमेर गुज्रदै गएका महिलाहरुले समेत अहिले मोटो आई ब्रो बनाउन थालेका छन् ।
अझ आइ ब्रोलाईर् मोटो तथा बाक्लो देखाउन बजारमा आई ब्रो जेल ९न्भ ०िवा पाउडर बेस्ड जेल नै पनि किन्न पाइन्छ । त्यस्तै, खैरो तथा कालो रंगको पेन्सिल कलर समेत किन्न पाइन्छ । त्यस्ता जेल बजारमा विभिन्न सेेडमा उपलब्ध छन् । त्यस्ता जेलले सेड बनाउँदा आइ ब्रो को कलर चाँडै उड्दैन र लामो समयसम्म आइ ब्रो लाई टिकाइराख्छ ।
यो मेकअप जो कोहीले घरैमा बसेर गर्न सक्छ । त्यसको लागि पहिले आइ ब्रो लाई कोरेर त्यसमा ‘आइ ब्रो जेल’ वा पेन्सिल कलर लगाउदा उचित हुन्छ । त्यसमाथि पानीले समेत असर नगर्ने वाटरप्रुफ मस्काराको हल्का प्रयोगले आइ ब्रो नेचुरल देखिनुका साथै आकर्षक तथा बाक्लो देखिन्छ ।
त्यसरी आइ ब्रोको मेकअप गर्दा अनुहारमा एउटा लिपिस्टिक लगाएमात्र पनि त्यसले अनुहारलाई उज्यालो तथा चम्किलो बनाउँछ ।
source:http://www.onlinekhabar.com

प्रचण्डले भने- ठूलो सपना नदेखाऔं, जनसेवामा लागौं

८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई ठूलो सपना देखाउनु भन्दा जनसेवामा लाग्नुपर्ने बताएका छन् । उनले जनताको ध्यान तत्काल राहत पाउने कुरामा केन्द्रित भएको पनि बताए ।
Prachand-and-Kisan-Krantikaबुधबार माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
‘जनताको ध्यान तत्कालको राहतमा छ, हामीले ठूला सपना देखाउनु भन्दा पनि जनताको जीवनस्तर बदल्न राहत र प्रभावकारी जनसेवामा लाग्न जरुरी छ,’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने ।
उनले सिंहदरवारलाई व्यवस्थित गरेर राज्यका सबै अंगलाई जनहितमा बदल्नुपर्ने बताए ।
प्रधानमन्त्रीले सरकार जनताको जीवन बदल्न प्रयासरत रहेको भन्दै भने, ‘सिंहदरबारमै बसेर जनताको पक्षमा काम गर्ने सोंच छ । सिंहदरबारलाई व्यवस्थित गर्न सकियो भने प्रशासन संयन्त्र र राज्यका अंगहरुलाई जनताको हितमा बदल्न सकिन्छ ।’
आफूले चुनौतिपूर्ण अवस्थामा सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसलाई जनता र राष्ट्रको पक्षमा उपयोग गर्ने बताए ।
source:http://www.onlinekhabar.com

धरानदेखि गल्छीसम्मः सडक आयोजनामा गच्छदारको गडबडी

८ भदौ, काठमाडौं । पटक-पटक मन्त्री बन्दै आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको रोजाइको मन्त्रालय हो भौतिक योजना तथा पूर्वाधार । प्रचण्ड नेतृत्वको सरकारमा पनि गच्छदारले यो मन्त्रालयका लागि लविङ गरेका थिए, तर सफल भएनन् । आखिर गच्छदार किन भौतिक योजना मन्त्रालय नै ताक्छन् ? यसका पछाडिको एउटा रहस्य अनलाइनखबरले फेला पारेको छ ।
Gachchhadar n karkiगच्छदार भौतिक योजना मन्त्री भएका बेला विभिन्न ६ वटा सडक आयोजनामा ठेक्का लगाउँदा नीतिगत गडबडी गरेको पाइएको छ । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगिसकेको छ । यद्यपि अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पूर्वमन्त्री गच्छदारलाई के गर्छन्, त्यो भने हेर्न बाँकी छ ।
हेटौडा-धरान-चतरा सडक निर्माण आयोजना र गल्छी-स्याफ्रुबेशी सडक आयोजनामा ठेक्का लगाउँदा मन्त्रालय र सडक विभागका पदाधिकारीको मिलेमतोमा गडबडी भएको आशंका सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको छ ।
यो प्रकरणमा भौतिक योजना निर्माण तथा यातायात पूर्वमन्त्री विजयकुमार गच्छदार, सचिव अर्जुनकुमार कार्की र सडक विभागका महानिर्देशक माधवकुमार कार्कीको मिलेमतोमा अवैधानिक तरिकाले ठेक्का मापदण्ड सच्याइएको पाइएको छ ।
दुईवटा सडक निर्माण आयोजनालाई ६ वटा प्याकेज बनाएर ठेक्का आहृवान गर्दा सडक विभागले ६ वटा निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी मापदण्ड बनाएको देखिएको छ ।
सच्याइएको मापदण्ड अनुसार यसअघि त्यस्तै प्रकृतिको कुनै ठेक्का लागेको छैन भने उक्त मापदण्डले आगामी दिनमा अर्को त्यस्तो आयोजनाका लागि समेत बोलपत्र आहृवान गर्न सकिँदैन ।
यस्तै ठेक्कामा विदेशी कम्पनीले एक्लै प्रतिस्पर्धा गर्न नसक्ने बनाइएको छ र छानिएका ६ वटै निर्माण व्यवसायीलाई ठेक्का दिलाइएको छ ।
ठेक्काका लागि मापदण्ड निर्माण समितिमा रहेका एक पदाधिकारीका अनुसार मन्त्री सचिव र महानिर्देशकले एकमुष्ट १ अर्ब ८१ करोड अर्थात कुल ठेक्का रकमको ७.५ प्रतिशत कमिशन पाउने सर्तमा ठेक्का मापदण्ड परिवर्तन गरिएको हो ।
कुन- कुन आयोजनामा भयो चलखेल ?
विभिन्न ६ वटा आयोजनामध्ये एउटा धरान-चतरा सडक खण्ड अन्तरगत १४० किलोमिटरको सिन्धुली हेटौडा सडक खण्ड रहेको छ । कुल ६ अर्ब ५० करोड ठेक्का मूल्य रहेको यो आयोजना विदेशी कम्पनीसँग कालिका स्वच्छन्द जेभीलाई ठेक्का पारिएको छ ।
त्यसैगरी धरान-सिन्धुली सडक खण्डअन्तरगतकै अर्को १३० किमीको आयोजनाको ठेक्का मूल्य ६ अर्ब ५० करोड रहेको छ । यो आयोजनामा विदेशी कम्पनीसँग शर्मा-लामा जेभीलाई ठेक्का दिइएको छ ।
यस्तै धरान-सिन्धुली-चतरा सडक आयोजना अन्र्तगत पर्ने ४३ वटा पुलका लागि ४ अर्बको ठेक्का दिइएको छ । यो पुलका लागि विदेशीसँग रसुवा जेभीले ठेक्का पाएको छ । त्यहाँ निर्माण गर्नुपर्ने ४३ वटा पुलको लम्बाइ २७०० मिटर छ ।
यस्तै गल्छी-त्रिशुली-स्याफ्रुबेंशी-रसुवागढीको ८२ किलोमिटर लामो सडक आयोजनामध्ये ३६ किमीको ठेक्का विदेशी कम्पनीसँग तुण्डी जेभीले पाएको छ । त्यसअन्र्तगत पर्ने ३३ पुलका लागि विदेशीसँग अनक जेभीले ठेक्का पाएको छ ।
यो आयोजनाको ८२ किमीमध्ये बेत्रावती-मैलुङ-स्याफ्रुबेंसी खण्डको २८ किलोमिटर बाटो नेपाली सेनालाई दिइएको छ भने बाँकी १८ किमी सडक विभागले नै बनाउने गरी छुट्टै आयोजना अन्तरगत राखिएको छ ।
आशंका गर्नुपर्ने ८ आधार
गच्छदारको कार्यकालमा यी आयोजनाहरुमा नीतिगत हेरफेर गरेर आफूले इच्छाएका ६ वटा ठेकेदार कम्पनीलाई ठेक्का पारिनुले केही आशंका जन्माएको छ ।
आशंका नं १
टेण्डर आहृवान गर्दा खरिद ऐन ०६३ मा कुनै अप्ठेरो परे ठेक्का आहृवानसम्वन्धी मापदण्ड प्रधानमन्त्री कार्यालय मातहतमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले बनाउन सक्ने व्यवस्था छ । तर, यी ठेक्काहरु लगाउँदा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई थाहै नदिई मापदण्ड परिवर्तन गरिएको पाइएको छ ।
खरिद अनुगमन कार्यालयले ०७१ सालमा खरिद ऐन २०६३ का आधारमा मापदण्ड बनाएको थियो । त्यसयता सोही मापदण्ड अनुसार नै टेण्डर लगाइँदै आएको छ । तर, यी आयोजनाहरुमा सडक विभागले सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आहृवान नगरेर छुट्टै मापदण्ड बनाएको देखिन्छ । त्यो पनि एउटा छुट्टै योजनाका लागि मात्रै लागु हुने गरी मापदण्ड बनाइएको छ ।
अन्य आयोजनामा भने विभागले पनि खरिद ऐन ०६३ ले व्यवस्था गरेअनुसारको मापदण्डबाटै बोलपत्र आहृवान गर्ने गरेको थियो । आगामी ठेक्कामा पनि त्यही नियम आकर्षित हुँदै आएको छ । तर, उल्लेखित ६ वटा ठेक्काका लागिमात्रै कानुन विपरीत किन मापदण्ड परिवर्तन गरियो ? यसको प्रश्न विभागले दिन नसक्दा आशंका जन्मिएको छ ।
आशंका नं २
खरिद अनुगमन ऐनअन्तरगतको नेशनल बिडिङ कम्पिटिसनको मापदण्डले ६ करोडभन्दा बढी मूल्यको ठेक्कामा विदेशी कम्पनीले एक्लै प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरेको छ । तर, यी आयोजनाहरुमा नेपालका ६ वटा ठेकेदार कम्पनीलाई जबरजस्ती घुसाइएको छ ।
विदेशी कम्पनीले एक्लै बिडिङ गर्न पाउने पुरानो प्रावधानलाई रोक्न सडक विभागले मन्त्रिपरिषदमा प्रस्ताव लगेर उक्त सडक आयोजनामा विदेशी कम्पनीले एक्लै भाग लिन नपाउने निर्णय गरेको देखिन्छ ।
मन्त्रिपरिषदको गत जेठ ७ गतेको बैठकको निर्णयले गल्छी स्याफ्रुबेंसी र हेटौँडा-धरान-चतरा सडक आयोजनाका लागि विदेशी एक्लैले प्रतिस्पर्धा गर्न नपाउने र उसले नेपाली कम्पनीसँग अनिवार्य जेभी गर्नुपर्ने निर्णय गरेको देखिन्छ ।
भइरहेको नियमभन्दा विपरीत मन्त्रिपरिषदबाट निर्णय गराएर नेपाली कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गर्नु र विदेशी कम्पनीले अनिवार्य रुपमा नेपाली कम्पनीहरुसँग जेभी गर्नुपर्ने व्यवस्था गर्नुले अनियमितताको आशंका जन्माएको स्रोतको दाबी छ ।
आशंका नं ३
कानुनतः खरिद अनुगमन ऐनसँग बाझिने गरी ठेक्का आहृवानका लागि कुनै पनि मापदण्ड बनाउन मिल्दैन । तर, सडक विभागले पहिले मन्त्रिपरिषदमा लगेर सार्वजनिक खरिद ऐन विपरीत विदेशी कम्पनी एक्लैले ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने र नेपाली निर्माण व्यवसायीसँग जेभी गर्नुपर्ने निर्णय गराएको छ ।
र, उक्त निर्णयको अपव्याख्या गर्दै विभागले ठेक्कामा प्रतिस्पर्धा गर्ने व्यवसायी र्फमले विदेशीसँग जेभी गर्दा कम्तिमा २५ प्रतिशत शेयर लगानी गर्नुपर्ने र सातदेखि १० वर्षको अनुभव भएको प्रमाण पेश गर्नुपर्ने नयाँ शर्तसमेत तोकेको छ ।
विभागले आफुले चाहेका ६ वटा निर्माण व्यवसायी फार्मसँग मात्र मेलखाने गरी मापदण्ड बनाएर बोलपत्र आहृवानका लागि सूचना प्रकाशित गरेको छ ।
मन्त्रिपरिषदले विदेशी कम्पनीलाई सिधै प्रतिस्पर्धा गर्न रोके पनि नेपाली व्यवसायीलाई समान रुपमा प्रतिस्पर्धा गर्न दिनुपर्ने आशय व्यक्त गरेको छ । तर, आयोजनामा ६ वटाभन्दा बढी कम्पनीले भाग नै लिन नसक्ने गरी मापदण्ड बनाएर इच्छाएको कम्पनीलाई ठेक्का पारिएको देखिन्छ ।
आशंका नम्बर ४
निर्माण व्यवसायी ऐनले नेपाली निर्माण व्यवसायीले विदेशी कम्पनीभन्दा साढे ७ प्रतिशत बढी दर दिँदासम्म उक्त ठेक्का नेपालीले व्यवसायीलाई दिनुपर्ने व्यवस्था गरिदिएको छ । तर विभागले मापदण्डमा जम्मा खर्चको २५ प्रतिशत शेयर नेपाली पाटर्नरले हाल्नुपर्ने व्यवस्था गरिदिएको छ ।
एउटा नेपाली ठेकेदारले कुल १५ अर्बका लागि ३ अर्व ७५ करोड शेयर हालेर काम गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको पाइएको छ । यस्तो मापदण्ड अनुसार ६ वटा नेपाली निर्माण व्यवसायी र्फमले मात्रै प्रतिस्पर्धा गर्न सक्ने स्थिति बनाइएको छ ।
विदेशीलाई सिधै प्रतिस्पर्धा गर्न नदिने, जेभी गर्नुपर्ने र नेपालीसँग जेभी गर्दा केही सीमितसँगमात्रै जेभी गर्नुपर्ने बाध्यता खडा गरिनु आफैंमा शंका गर्नुपर्ने विषय हो । त्यसमा ६ वटा व्यवसायी फार्मले ६ वटा आयोजनामा जति ठेक्का हाल्यो, त्यतिमै स्वीकृत हुने स्थिति आउनु आफैंमा अनुसन्धानको विषय हो ।
प्रतिस्पर्धा गराएको भए धेरै फार्महरुमध्येबाट छनोट गर्न सकिन्थ्यो र ठेक्का घटी घटाउमा जान्थ्यो ।
आशंका नं ५
सडक विभागले नयाँ मापदण्ड बनाएर नेपाल निर्माण व्यवसायी संघ अनामनगरलाई पत्र पठायो, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई जानकारी दियो, भौतिक मन्त्रालयलाई जानकारी दियो, प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवलाई दियो । प्रधानमन्त्रीको निजी सचिवालयलाई पनि जानकारी दियो । तर, यो मापदण्ड बनाउनुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयलाईं भने नयाँ मापदण्ड बनाएकोबारे कुनै पत्तो दिएन ।
जुन निकायसँग सम्बन्धित ऐन र मापदण्ड थियो, उक्त कार्यालयसँग परामर्श नै नगरी र उसलाई जानकारी नै नदिई नयाँ मापदण्ड बन्नुका पछाडि शंका बढेको छ ।
आशंका नं ६
खरिद अनुगमन कार्यालयले विभागमा पत्र पठाएर ०७२ को पत्र दर्ता गर्न पटक-पटक सडक विभागमा अनुरोध गर्दा पनि सडक विभागका महानिर्देशकले च्यातेर फ्याँकेको बताइन्छ ।
खरिद अनुगमन कार्यालयले पास गरेको स्ट्याण्डर्स बिडिङ्ग डकुमेण्टमा खरिद अनुगमन कार्यालयले पास गरेर राखेको डकुमेन्टमा दफा २.४.२ कन्ट्रयाक अफ सिमिलर साइज एण्ड नेचरमा जेभी पार्टनरको हकमा नट एप्लिकेवल भनेकोमा २५ प्रतिशत राख्नुपर्ने कारण के र त्यो अधिकार विभागले कसरी पायो ? विभागले त्यसको जवाफ दिएको छैन ।
आशंका नं ७
विभागले चलन चल्तीमा रहेको मापदण्डलाई मारिमार्जन गरी एउटा ठेक्काका लागिमात्र आफू अनुकुलको मापदण्ड बनाएको छ । तर, अन्य विभागहरु सिंचाइँ विभाग, सहरी विकास विभाग, दुरसञ्चार संस्थान लगायत अरु कुनै पनि निकायले खरिद अनुगमन कार्यालयको नियम पालना गरी बोलपत्र माग्ने गरेको छ । तर, मापदण्ड तयार गर्दा ६ वटा ठेक्कामा ६ वटा नेपाली निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न सक्ने र विदेशी कम्पनीले ६ नेपाली कम्पनीसँग मात्र जेभी गर्न सक्ने गरी मापदण्ड बनाएको छ ।
कुनै पनि ठेक्कामा प्रतिस्पर्धा नहुनु र जति ठेक्का संख्या छ, त्यति संख्याका निर्माण व्यवसायी फार्मले मात्रै एक्लाएक्लै दरभाउ प्रस्ताव गर्नुले आर्थिक अनियमिताको आशंका बढाउँछ ।
आशंका नं ८
खरिद अनुगमन कार्यालयले ०७२ भदौ १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर विभागले ठेक्का लगाउँदा कानुन उल्लंघन गरेको ब्यहोरा जानकारी गराएको छ ।
विभागले आफ्नै मापदण्ड बनाएको सन्दर्भमा आयोगले खरिद अनुगमन कार्यालयसँग राय मागेको थियो ।
खरिद अनुगमन कार्यालयले अख्तियारलाई पत्रमा लेखेको छ, ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको निर्माण खरिद सम्वन्धी नेशनल कम्पिटिशन बिडिङ-एनसीबीको सेक्सन ३ अन्तरगत जोइन्ट भेन्चरको हकमा बोलपत्रदाता सहभागी भएको छ ।’
अख्तियारलाई देखाइएको पत्रमा अगाडि भनिएको छ- ‘कुनै एकको अनुभव भए पुग्ने प्रष्ट व्यवस्था भएकाले यस सम्वन्धमा सार्वजनिक निकायले बोलपत्र काजजात तयार गर्दा उक्त प्रावधान विपरीत हुने गरी सबैको अनुभव चाहिने भनी प्रावधान राख्न सकिने र यसरी गरिएको परिवर्तन सारभूतरुपमा फरक भएको समेत मानिनेछ ।’
source:http://www.onlinekhabar.com

नेपाल महिला संघको तेस्रो महाधिवेशन भदौ २९ मा

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले भदौ अन्तिम साता तेस्रो महाधिवेशन गर्ने घोषणा गरेको छ ।
Nepal-Mahila-Sanghबुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले तेस्रो महाधिवेशन भदौ २९, ३० र ३१ गते काठमाडौंको भृकुटीमण्डपमा गर्ने जानकारी दिएको हो ।
नेपाली कांग्रेसले महिला संघको महाधिवेशन सम्पन्न गर्न एनपी साउदको नेतृत्वमा निर्देशन समिति गठन गरेको छ ।
संघले यसपटकको महाधिवेशनको लागि ‘महिला शशक्तिकरणका चार निकासः समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ मुल नारा तय गरेको छ ।
संघकी अध्यक्ष डा. डिला संग्रौलाले संविधानले व्यवस्था गरेको ३५ प्रतिशत अधिकारको परिधि साँघुरो रहेकाले नयाँ निष्कर्षसहित नयाँ नेतृत्व चयन गर्ने बताइन् ।
केन्द्रमा ३५ प्रतिशत, प्रान्तमा ४० प्रतिशत र स्थानिय तहमा ५० प्रतिशत अधिकारको व्यवस्था हुनुपर्ने र तेस्रो महाधिवेशनले अधिकारको प्रतिशतको बिषयमा आवाज उठाउने उनले जानकारी दिइन् ।
तेस्रो महाधिवेशनमा २२ सय ४४ जना प्रतिनिधिले भाग लिने बताइएको छ । संघले महाधिवेशनको उदघाटन र बन्दसत्र भुकृटीमण्डपमा तथा निर्वाचन कार्यक्रम राष्ट्रिय सभागृहमा गर्ने तय गरेको छ ।
source:http://www.onlinekhabar.com

Tuesday, August 23, 2016

पूर्वमा सर्पदंशको घटना बढ्यो, पहाडी जिल्लामा पनि बिषालु सर्पको विगविगी

७ भदौ, विराटनगर । उखरमाउलो गर्मी र वर्षा मौसमका कारण पूर्वी जिल्लाहरुमा सर्पदंशका घटना बढेका छन् । बिशेष गरी यो मौसम सर्पको चलखेल गर्ने समय भएकाले घटना बढेका हुन् ।
सरकारले तराई क्षेत्रका स्वास्थ्य संस्थालाई मात्र सुचिकृत गरी ‘एन्टि स्नेक भेनम’ प्रदान गरेपनि पछिल्लो समय आश्चर्यजनक रुपमा पहाडी जिल्लामा सर्पको टोकाइका घटना वढेको पाइएको छ ।
Hospitalपुर्वी नेपालमा प्रत्येक वर्ष सर्पदंशका घटनामा क्रमिक रुपमा बृद्धि भइरहेको सरकारी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कोशी अंचल अस्पताल विराटनगरका अनुसार अस्पतालमा अहिले सर्पको टोकाइवाट घाइते उपचारका लागि आउने समेत ह्वातै बढेको छ । अस्पतालका अनुसार अहिले दैनिक १५ देखि २० जनाको संख्यामा सर्पदंशका बिरामी भर्ना हुने गरेका छन् । ‘यो संख्या अहिलेको अवस्थामा अधिक हो ।’ अस्पतालको आकस्मिक कक्षमा इन्चार्ज रघुनन्दन अधिकारीले भने ।
अधिकारीका अनुसार उपचारका लागि भर्ना भएकामध्ये १० प्रतिशत घाइते विषलु सर्पले टोकेका हुने गरेका छन् । कोशी अञ्चल अस्पतालका उपचारका लागि भर्ना भएका बिरामीको उपचारका क्रममा भने हालसम्म मृत्यु नभएको जनाएको छ ।
अस्पतालमा मोरङ जिल्ला लगातय छिमेकी जिल्लावाट समेत सर्पका टोकाइबाट घाइते भएका विरामी आउने गर्छन । अस्पताल प्रशासनले दिएको जानकारीअनुसार गएको वैशाखदेखि हालसम्म अस्पतालमा ५ सय ४३ जना सर्पको टोकाइवाट घाइते वनेका मानिस उपचारका लागि भर्ना भएका छन् ।
अस्पताल प्रशासनका अनुसार अस्पतालमा हाल सर्पको टोकाइबाट घाइते भएका विरामीलाई प्रदान गरिने ‘एन्टी स्नेक भेनम’ पर्याप्त मौजाद रहेको छ । अस्पतालको तथ्याङ शाखाले दिएको जानकारी अनुसार हाल अस्पतालमा अहिले २ सय ५० भायल ‘एन्टी स्नेक भेनम’ स्टक छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार आर्थिक वर्ष ०७१/०७२ मा ४ सय जना सर्पका टोकाइबाट घाइते भएका थिए । कार्यालयको तथ्याङ्क शाखाका कर्मचारी दिपक भट्टराईका अनुसार आर्थिक वर्ष ०७२/७३ मा भने यो संख्या वढेर ४ सय ७ जना पुगेको छ ।
नेपाल रेडक्रस उपशाखा दमकद्धारा झापाको दमकमा संचालित सर्पदंश उपचार केन्द्रमापनि सर्पको टोकाईवाट घाइते हुनेको संख्या ह्वातै वढेको पाइएको छ । केन्द्का इन्चार्ज देविप्रसाद भण्डारीका अनुसार वैशाखदेखि साउन महिनासम्म ६ सय ४५ जना उपचारका लागि भर्ना भएका छन् । भण्डारीका अनुसार दैनिक ६ देखि १० जनाको संख्यामा सर्पले टोकेर घाइते भएका मानिस उपचारका लागि भर्ना हुने गरेका छन् । उपचारमा भर्ना हुने गरेका मध्ये ४६ जना विषालुसर्पले टोकेर घाइते भएका थिए । आर्थिक वर्ष ०७२/०७३ मा सो केन्द्रमा १ हजार २ सय ८ जना भर्ना भएका थिए ।
पहाडी क्षेत्रमा विषालु सर्पको विगविगी
पछिल्लो समय तराईको तुलनामा पुर्वी पहाडी जिल्लाहरुमा विषालु सर्पको विगविगी देखिएको छ । प्रायः तराईका जिल्लामा मात्र सर्पको टोकाई वढी हुने भनिएपनि पुर्वी पहाडी जिल्लामा विषालु सर्पको विगविगी वढेको पाइएको हो ।
सरकारले पनि तराईका निश्चित स्वास्थ्य संस्थालाई मात्र सूचिकृत गरी सम्वन्धित जनस्वस्थ कार्यालयबाट निशुल्क रुपमा ‘एन्टी स्नेक भेनम’ प्रदान गदै आएको छ । यद्यपी सरकारी तथ्याङ्कले नै पुर्वी पहाडी जिल्लामा केही वर्ष यताबाट विषालु सर्पको विगविगी वढेको देखाएपनि पहाडी जिल्ल्ााका स्वास्थ्य संस्थालाई अहिलेसम्म पनि सरकारले ‘एन्टि स्नेक भेनम’ प्रदान गरेको छैन ।
पूर्व अञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार पुर्वाञ्चलमा आर्थिक वर्ष ०७२/०७३ मा ३ सय ८९ जना सर्पको टोकाइबाट घाइते भएका छन् । सो अवधिमा १ सय ३ जना विषालु सर्पको टोकाइबाट घाइते भएका छन । जसमा सवै भन्दा वढी ताप्लेजुङका छन् ।
निर्देशनालका तथ्याङ शाखाका डाटा इन्टि्रकलर महेश यादवका अनुसार ताप्लेजुङमा सो अवधिमा ३२ जना विषलु सर्पको टोकाइबाट घाइते भएका छन् । सोही अवधिमा अर्को पहाडी जिल्ला सोलुखुम्वुमा विषलु सर्पको टोकाईवाट २८ जना मानिस घाइते भएका छन् ।
सर्पको टोकाइबाट घाइते हुनेहरुको सङख्या उल्लेख्य रहेको बताइएपनि मृत्यु हुनेहरुको तथ्यांक भने कसैसँग छैन । जिल्ला जनस्वास्थ्य कार्यालय वा उपल्लो निकाय क्षेत्रीय स्वास्थ्य निर्देशनालले समेत मृत्युको तथ्याङ्क लुकाउने गरेका छन् ।
सरकारी कार्यालयको तथ्यांक नै मिल्दैन
सर्पको टोकाइबाट वर्षेनी मानिस घाइते भएको तथ्यांक सार्वजनिक हुने गरेपनि सरोकारवाल निकायबीचको तथ्याङकमा एकरुपता पाइदैन । स्थानीय स्वास्थ्य संस्था, सम्वन्धित जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयबीचको तथ्यांमा व्यापक फरक पाइएको छ ।
कोशी अञ्चल अस्पताल विराटनगरले वैशाखदेखि हालसम्म पाँच महिनामा ५ सय ४३ जना मानिस सर्पदंशका बिरामी अस्पताल भर्ना भएको जनाएको छ । यता जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको तथ्यांकमा भने आर्थिक वर्ष ०७२/७३ को एक वर्षमा जिल्लामा ४ सय ७ जना सर्पको टोकाइबाट घाइते भएको उल्लेख छ ।
त्यस्तै पूर्वक्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकमा एक वर्षमा पुर्वाञ्चलमा मात्र ३ सय ८९ जना सर्पको टोकाइबाट घाइते भएको उल्लेख छ । निर्देशनालयको यो संख्या कोशी अञ्चल अस्पतालको पाँच महिनाको तथ्याङक भन्दा २ सय २५ जना हो ।एन्टि स्नेक भेनम’ स्टक पर्याप्त
पुर्वी नेपालमा सर्पको टोकाइबाट विष निर्मुलीकरण गर्न प्रयोग गरिने ‘एन्टि स्नेक भेनम’ प्रयाप्त मात्रमा मौज्दात रहेको कार्यालयले जनाएको छ । पूर्व क्षेत्रमा ‘एन्टि स्नेक भेनम’ वितरण गदै आएको पूर्व क्षेत्रीय मेडिकल स्टोर विराटनगरका अनुसार अहिले कुनैपनि सूचीकृत स्वास्थ्य संस्थामा ‘एन्टि स्नेक भेनम’ अभाव छैन । ‘अहिलेको अवस्थामा हामीसँग पर्याप्त मात्रमा ‘एन्टि स्नेक भेनम’ स्टक छ । कुनैपनि सूचीकृत स्वास्थ्य संस्थामा समयमै हामीले भेनम समेत सम्वन्धित जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत पठाइसकेका छौ ।’ कार्यालयका प्रमुख भरत शाहले भने । शाहका अनुसार केन्द्रवाट पठाएको १८ सय भेनम क्षेत्रीय मेडिकल स्टोरमा मौज्दात छ ।
सरकारले पूर्वी नेपालमा नेपाली सेनाद्धारा संचालित झापाको चारआली, सुनसरीको इटहरीस्थित पूर्वी पृतना, गाइघाटस्थित नेपाली सेनाको व्यारेक, सिराहाको चौहर्वा सहित नेपाल रेडक्रस उपशाखा दमकद्धारा दमकमा संचालित गरी १४ वटा स्वास्थ्य संस्थालाई सर्पको टोकाइवाट घाइते हुनेको उपचार केन्द्रको रुपमा तोकेको छ ।
source:http://www.onlinekhabar.com

एलडीओले सकेनन् जिल्ला सम्हाल्न, रुपन्देहीको पुनर्संरचना लथालिङ्ग

७ भदौ, भैरहवा । स्थानीय निकायको सीमाना निर्धारण गर्न गठित आयोगमा ७५ जिल्लाका प्राविधिक समितिहरुको प्रतिवेदन आइपुग्नुपर्ने म्याद सकिन अब एकसाता बाँकी छ । तर, रुपन्देही जिल्लालाई मात्र हेर्ने हो भने अबको एक सातामा प्रतिवेदन बन्ने कुनै छाँटकाँट छैन ।
Rupandehiजिल्लामा गठित प्राविधिक समितिको नेता जिविसका एलडीओलाई बनाइएको छ, तर उनलाई दलका नेताहरुले टेर्ने गरेका छैनन् । कर्मचारीले पनि नेताहरुलाई दाउन सकेका छैनन् ।
एलडीओ र राजनीतिक दल दलका नेताहरुवीच भइरहेको यस्तो खिचातानीका कारण रुपन्देहीमा स्थानीय निकायको सीमांकनसम्बन्धी कुनै पनि काम हुन सकेको छैन ।
स्थानीय तह पुनः संरचना प्राविधिक समितिका संयोजक एवं रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले दलहरुवीच सहमति नभएका कारण पुनः संरचनाको काम गर्न नसकिएको बताए ।
तर, एलडीओले दलहरुमाथि यस्तो आरोप लगाए पनि नेकपा एमालेका रुपन्देही उपसचिव राजेन्द्रप्रसाद पन्थी भने एलडीओ सुवेदीकै लापरवाहीका कारण जिल्लामा काम हुन नसकेको बताउँछन् ।
एलडीओ सुवेदीचाँहि स्थानीय निकायको पुनसंरचनाबारे केन्द्रमै सहमति हुनुपर्ने बताउँछन् । केन्द्रमा सहमति भए आफ्नो जिल्लामा एक हप्तामा काम सक्ने उनको दाबी छ ।
‘हामीले स्थानीयस्तरमा सांसद, राजनीतिक दल तथा अन्य सरोकारवाला सबैसँग राज्य पुनः संरचनाको छलफलका लागि पूर्वतयारी बैठक बसिसकेका छौँ र समन्वय गर्दैछौँ’ प्राविधिक समितिका संयोजक सुवेदीले अनलाइनखबरसँग भने- केन्द्रमा सहमति भए लगत्तै हामीले एक हप्तामा काम सक्छौं ।’
५४ स्थानीय निकायलाई १३ मा झार्न सकस
हाल रुपन्देही जिल्लामा एउटा उपमहानगरपालिका, ५ वटा नगरपालिका र ४८ वटा गाविससमेत गरी ५४ स्थानीय निकाय छन् । यी सबैलाई काटकुट पारेर १३ वटा बनाउनुपर्ने आयोगको प्रस्ताव छ ।
आयोगको प्रस्तावअनुसार रुपन्देही र मोरङ सबैभन्दा बढी स्थानीय निकाय रहने जिल्लामा पर्छन् । यी दुबै जिल्लाले १३ वटा स्थानीय तहको मापदण्ड पाएका छन् ।
प्रत्येक जिल्लामा एलडीओको अध्यक्षतामा गठन गरिएको प्राविधिक समितिलाई काम सम्पन्न गरी प्रतिवेदन पेस गर्न साउन मसान्तसम्मको समय दिइएको थियो । उक्त समय अवधिमा काम नसकिएपछि सरकारले भदौ १५ सम्म समय थपेको छ ।
तर, दलहरुवीच अबको एक दुई दिनभित्रै सहमति नभएका थपिएको म्यादमा समेत जिल्ला-जिल्लाबाट आयोगमा प्रतिवेदन नपुग्ने अवस्था देखिएको छ ।
विशेष गरी तराईका जिल्लामा मधेसवादी दलहरुले प्राविधिक समितिको काममा ‘डिस्टर्ब’ गरिरहेका छन् । सरकारी कर्मचारीले पनि यसैलाई निहुँ बनाएर काम अगाडि नबढाई हात बाँधेर बसिरहेका छन् ।
आयोगको मातहतमा ७५ जिल्लामा गठन गरिएको स्थानीय तह पुनसंरचना प्राविधिक समितिको संयोजकमा स्थानीय विकास अधिकारी रहन्छन् भने सदस्यहरुमा जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि, जिल्ला प्राविधिक कार्यालयका प्रतिनिधि, मालपोत अधिकृत, नापी अधिकृत रहन्छन् ।
त्यस्तै जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत पनि समितिको सदस्य रहन्छन् । वन कार्यालयका प्रतिनिधि र तथ्यांक कार्यालयका प्रमुख आमन्त्रित सदस्यका रुपमा रहन्छन् । प्राविधिक समितिले आवश्यकता हेरी अन्य सरकारी कार्यालयका प्रतिनिधिलाई पनि वैठकमा आमन्त्रण गर्न सक्छ ।
यसैवीच स्थानीय निकायको संख्या र सीमा निर्धारणबारे रुपन्देही जिल्लामा के भइरहेको छ र के हुनुपर्छ भन्ने प्रश्न अनलाइखबरले रुपन्देहीका केही नेतालाई सोधेको छः
एलडीओले चासो देखाएनन् , १३ स्थानीय तह नै ठीक छ
राजेन्द्रप्रसाद पन्थी, उपसचिव, नेकपा एमालेस्थानीय तह पुनसंरचनासम्बन्धी आयोगको काम लागि जिल्लामा एकपटक प्राविधिक चरणको बैठक बसिएको थियो । स्थानीय विकास अधिकारीले (एलडीओ) फेरि ४/५ चरणको बैठक हुन्छ भन्दै बैठकका विषयमा जानकारी गराउँछु भन्दै हुनुहुन्थ्यो । त्यसपछि खै के हो के हो ? बैठक बसिएको छैन । एलडीओले आयोगको कामप्रति चासो दिनुभएको छैनजस्तो लाग्छ ।
रुपन्देहीको हकमा गहृकार्य गर्दा आयोगले प्रस्ताव गरेका १३ वटा स्थानीय निकाय नै पायक पर्छ । यसले जनतालाई असुविधा हुँदैन । आयोगले जुन मापदण्ड बनाएको छ, त्योभन्दा बढी बनाउने सम्भावना देखिँदैन ।
धेरै गाउँपालिका र नगरपालिका बनाउँदा खर्चको भार हुन्छ । जनताको सुविधाको हकमा रुपन्देहीमा १३ वटा स्थानीय निकाय नै ठीक छ ।
हाम्रो पार्टी नेकपा एमालेका तर्फबाट हामीले जिल्लामा १ उपमहानगरपालिका र २ वटा महानगरपालिको धारणा राखेका छौँ । यसो गर्दा १३ स्थानीय निकायमध्ये गाउँपालिकाको संख्या १० हुन सक्छ ।
रुपन्देहीलाई २० वटा स्थानीय निकाय चाहिन्छ
दीपक क्षेत्री न्यौपाने , कोषाध्यक्ष, नेपाली कांग्रेसआयोगको काम देशका अन्य जिल्लाहरुमा जस्तै रुपन्देहीमा पनि ढीलो भएको छ । यस विषयमा हामीले गम्भीरतापूर्वक छलफल गरिरहेका छौँ र छिट्टै नै ठोस निर्णयमा पुग्छौँ ।
देशमा ५६५ वटा स्थानीय निकाय थोरै भयो, यसलाई बढाउनु पर्छ । हाम्रो रुपन्देही जिल्लामा पनि आयोगले १३ वटा स्थानीय निकायको प्रस्ताव गरेको छ ।
यतिले पुग्दैन, यो थोरै भयो । यसलाई बढाएर १८/२० वटा पुर्‍याउनुपर्छ ।
हाम्रो पार्टीको धारणा केही दिनमा आउँछ
चोपलाल आचार्य, नेकपा माओवादी केन्द्रमाथिबाट आयोगले जुन खाका पठाएको छ, त्यो खाकामाथि नै सहमति हुन सकेको छैन । त्यसैले यहाँ जिल्लाको छलफलमा समय लागेको हो । माथिबाट टुङ्गो लागेर आएको भए यहाँ सहज तरिकाले छलफल हुन्थ्यो ।
पहिलाको संरचनाअनुसार जिल्लामा १३ वटा स्थानीय निकाय प्रस्ताव गरिएको छ । तर, रुपन्देहीको हकमा अलि संख्या बढाउनुपर्ने देखिन्छ ।
यसका लागि हाम्रो पार्टीले जिल्लामा एउटा समिति नै बनाएको छ, त्यो समितिले अब केही दिनमै पार्टीको धारणा बुझाउँछ ।
संविधान संशोधन नभएसम्म काम हुन दिन्नौँ
अजय बर्मा, अध्यक्ष, तमलोपासंविधान संशोधन नभएसम्म हामीले जिल्लामा आयोगको काम हुन दिँदैनौँ । यसको संख्यातिर हामीले अहिले केही विचार गरेका छैनौँ । संविधान संसोधन भएपछि मात्रै यस विषयमा छलफल गछौँ ।
मधेसमा ५० हजारको जनसंख्या भएको स्थानलाई गाउँपालिका बनाउने र पहाडमा १५ हजार जनसंख्या भएको स्थानलाई पनि गाउँपालिका बनाउने यो विभेदपूर्ण छ ।
संविधान संशोधन नभएसम्म हामीले राज्य पुनः संरचनाको काम अगाडि बढाउन दिदैनौँ ।
source:http://www.onlinekhabar.com

इशान अस्पतालमा श्यामकृष्णले गुमाए एकमात्र सन्तान, लापरवाही भन्दै आफन्तले गरे तोडफोड

७ भदौ, काठमाडौं । उपचारको क्रममा बालकको मृत्यु भएपछि बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा तोडफोड भएको छ ।
अस्पतालमा भर्ना भएका तारकेश्वर नगरपालिका धर्मस्थलीका साढे ३ वर्षीय बालक बीकृष्ण महर्जनको मंगलबार विहान मृत्यु भएको थियो ।
Ishan-Child-and-Woman-Hospiबालक बीकृष्ण श्यामकृष्ण महर्जनको एकमात्र सन्तान हुन् । अभिभावकले बच्चाको शव बुझ्न अस्वीकार गरेका छन् ।
अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै पीडित पक्षले विरोध प्रदर्शन गर्दै अस्पतालमा ढुंगामुढा गरेका थिए । ढुंगा लागेर अस्पतालको सिसा फुटेको छ ।
सामान्य रुघा, ज्वरो र बान्ताबाट पीडित बालक वीरकृष्णलाई अभिभावकले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगञ्जमा उपचारका लागि ल्याएका थिए । तर, चिकित्सकहरुले महाराजगञ्जमा बेड खालि छैन भनेपछि अभिभावकहरुले सोमबार राति एक बजेतिर इशान अस्पताल लगेका थिए ।
इशान लग्दासम्म बालकको अवस्था सामान्य रहेको बालकका बाबु श्यामकृष्ण महर्जनको दावी छ । अस्पतालले उक्त बालकलाई राती एक बजे नै आइसीयुमा भर्ना गरेको थियो । तर, विहान ६ बजे अस्पतालले बालकको मृत्यु भएको खबर दियो ।
‘भर्ना गरेदेखि नै अस्पतालले हामीलाई बच्चा भेट्न दिएको थिएन, विहान एक्कासी मर्‍यो भनेर खबर गर्‍यो’, मृतक बालकका काका दीलबहादुर महर्जनले भने, ‘डाक्टरहरुको लापरवाहीले यस्तो भएको हो ।’
यता अस्पताल प्रशासनले भने बालकलाई अस्पताल ल्याउँदादेखि नै उनको स्वास्थ्यमा गम्भीर समस्या आएको बताएको छ ।
अस्पतालका प्रशासक विपिन जंगमले इशान अस्पतालमा ल्याउँदाखेरि नै बच्चामा अक्सिजनको मात्रा कम भएको र निमोनिया मुटुसम्म फैलिएकाले बचाउन नसकिएको बताए ।
‘बच्चा सिरियस थियो । अक्सिजन लगाएरै अस्पताल ल्याउनु पर्दथ्यो । तर उहाँहरुले ट्याक्सीमा ल्याउनु भएछ,’ जंगमले अनलाइनखबरसँग भने, ‘बिहान सामान्य सुधार भएजस्तो देखिएको थियो । तर पनि एक्कासीले बेथाले च्यापेर बच्चाको मृत्यु भयो ।’
अस्पतालका चिकित्सक दीपेश्वर नेपालले पनि कडा निमोनियाका कारण बालकको मृत्यु भएको बताएका छन् ।
अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठीचार्ज समेत गरेको थियो । प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको बताइएको छ । अहिले भने अस्पताल परिसरको अवस्था सामान्य छ ।
source:http://www.onlinekhabar.com

प्रहरी जवानको अन्तिम नतिजा सावर्जनिक (नतिजासहित)

७ भदौ, काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान (जनपथ)का लागि लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
Nepal-Policeअन्तिम अन्तरवार्तामा सहभागी भएका खुला, अमर/अशक्ति प्रहरी परिवार र समावेशी समूहको नतिजा आएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार ५ हजार ४४४ पास भएका छन् । ८० जनाको नाम बैकल्पिकमा छ । 
पास भएकाहरुलाई भदौ १५ गतेभित्र नागरिकता, शैक्षिक प्रमाणपत्र र प्रवेश पत्रसहित सम्वन्धित परीक्षा केन्द्रमा सम्पर्क गर्न भनिएको छ । कर्णाली परीक्षा केन्द्रबाट पास भएकाहरुलाई भने मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सम्पर्क गर्न भनिएको छ ।
source:http://www.onlinekhabar.com

प्रधानसेनापतिलाई उर्जामन्त्रीको फोन- रोजेर एउटा जलविद्युत आयोजना बनाउनोस् !

७ भदौ, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफ्नो कार्यकालमा उर्जा क्षेत्रमा लगानीको वातावरण बनाउने बताएका छन् । उनले निर्माणाधीन आयोजनामा भएका समस्या सुल्झाउने र नयाँ आयोजना निर्माणका लागि लगानी जुटाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।
Janardan-Sharma-Pravakarमन्त्री शर्माले एउटा जलविद्युत आयोजना रोजेर बनाउन नेपाली सेनालाई आफूले आग्रह गरेको बताए । ‘मैले सेनापतिलाई फोन गरेर एउटा विद्युत आयोजना रोजेर बनाउन आग्रह गरिसकेको छु, मंगलबार मन्त्रालय आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने, ‘लगानी देखाएर काम गर्छु भनेर आउनेलाई अब मैले योजना दिने सोच बनाएकोछु, काम गर्नुपर्‍यो, वातावरण बनाउने जिम्मा मेरो हुन्छ ।’
उर्जामन्त्री शर्माले विद्युत आयोजनाहरुको निर्माणमा सकेसम्म नेपाली लगानी जुटाउने र ठूला आयोजनाका लागि विदेशी लगानीसमेत भित्र्याउने योजना बनाएको सुनाए ।
पुराना आयोजनाको अवरोध सल्टाउने
मन्त्री शर्माले चमेलिया, माथिल्लो तामाकोशी लगायतका निर्माणाधीन जलविद्युत आयोजनाको समस्या सल्ट्याउने र काम तीव्ररुपमा गराउने प्रतिवद्धतासमेत जनाएका छन् । उनले चमेलिया जलविद्युत आयोजनामा रहेको समस्याबारे छलफल गर्न सरोकारवालाई बोलाएकोसमेत जानकारी दिए ।
यस्तै पश्चिम सेती र बुढीगण्डकी परियोजना अगाडि बढाउन पनि पहल गर्ने मन्त्री शर्माले बताएका छन् । उनले बुढीगण्डकीको लगानी योजना बनाउने कामलाई पनि विशेष प्राथमिकतामा राखेको बताएका छन् ।
‘चमत्कार गर्न सकिँदैन’
मन्त्री शर्माले अहिले भएकै कर्मचारी र संरचनालाई लिएर काम गर्नुपर्ने हुँदा कुनै चमत्कार गर्न नसकिने बताएका छन् । उनले भरसक सुधारका लागि काम गर्नेसमेत बताएका छन् । साथै उनले उर्जा संकट कार्यान्वयनमा ध्यान दिने र त्यसका लागि आवश्यक नियम/कानुन बनाउने कुरामा आफ्नो ध्यान पुगेको बताएका छन् ।
यस्तै विद्युत आयोजना निर्माणमा अवरोध गर्ने सन्दर्भमा मन्त्री शर्माले भने, ‘आयोजना रोक्दा ठेकेदार कम्पनी, यहाँका कर्मचारीलाई पनि फाइदा पुग्दोरहेछ, काम रोकिनुको रहस्य गम्भीर रहेछ, काम अड्काउन अनेक गरिँदोरहेछ त्यतातिर मेरो ध्यानाकर्षण भएको छ ।’
source:http://www.onlinekhabar.com