मुम्बई । करण जौहर निर्देशित चलचित्र ‘ए
दिल है मुश्किल’ प्रदर्शनको एक हप्तामा १०० करोड कमाई गर्न सफल भएको छ ।
रोमान्टिक ड्रामामा बनेको यो फिल्म २८ अक्टुवरमा रिलिज भएको थियो । उक्त
फिल्मले भारतवाट ७४.०१ करोड रुपैया कमाई गरेको थियो भने भारत बाहेकको
मुलुकवाट ४७ करोड आम्दानी भएको थियो ।फक्स
स्टार स्टुडियोका अनुसार मार्केटिङ, वितरण सबै लगात जोड्दा फिल्ममा एकसय
करोड लगानी भएको छ । फिल्म निर्माताका अनुसार दीवालीमा रिलिज फिल्मलाई
दर्शकले हिट सावित गरिदिए । निर्माण संस्थाका कार्यकारी निर्माताको भनाई
अनुसार फिल्मले भारत बाहेकका मुलुकमा पनि निकै राम्रो ब्यापार गरेको छ ।रणबीर
कपुर, ऐश्वर्या राय र अनुष्का शर्मा अभिनित यो चलचित्रसंगै अजय देबगणको
शिबाय पनि रिलिज भएको छ । तर, शिबायको कमाई ए दि है मुस्किलको जति छैन ।
source:http://www.onlinekhabar.com
No comments:
Post a Comment