२१ कात्तिक, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि
विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले राजीनामा
दिएपछि उनका ठाउँमा आए कुलमान घिसिङ । यतिबेला घिसिङ काठमाडौं उपत्यकालाई
लोडसेडिङबाट मुक्त बनाउँछु भनेर लागिपरेका छन् ।विद्युतको लोड
म्यानेजमेन्टमै मास्टर्स गरेका घिसिङको आगमनसँगै नेपाल विद्युत प्राधिकरणले
काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने तयारीलाई तीब्र पारेको छ ।
लोडसेडिङमुक्त गर्ने ‘ट्रायल’का रुपमा तीन हप्तादेखि उपत्यकामा लोडसेडिङ
हुन छाडेको छ ।उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई
निकट भविष्यमै लोडसेडिङमुक्त गर्ने गरी काम अघि बढाइएको घिसिङ बताउँछन् ।
आखिर कसरी हट्ला काठमाडौंको अन्धकार ? यसबारे कार्यकारी निर्देशक घिसिङ
यसरी व्याख्या गर्छन्ःलोडसेडिङको
अन्त्य गर्न नसकिने होइन । गर्न सकिन्छ । तर, मैले लोडसेडिङ नै हुँदैन
भनेर घोषणा गरिसकेको चाहिँ छैन । देशभर एकैपटक लोडसेडिङ अन्त्य गर्न कठिन छ
। त्यसैले हामी विभिन्न फेजमा देशभर लोडसेडिङ अन्त्य गर्छौं ।माग
र आपूर्तिबीच यति ठूलो ग्याप छ । त्यसैले हामीले चाहेर पनि लोडसेडिङ
पूर्णरुपमा अन्य गर्ने अवस्था छैन । तर, आपूर्तिको उचित व्यवस्थापन गरे
लोडसेडिङ निकै कम गर्न सकिन्छ ।लोडसेडिङ भनेको लोडको
व्यवस्थापनमा निर्भर रहन्छ । उपलब्ध बिजुलीको सही व्यवस्थापन गरी पहिलो
चरणमा काठमाडौं उपत्यका र त्यसपछि चरणवद्धरुपमा मोफसलमा लोडसेडिङ अन्त्य
गर्दै जाने हाम्रो योजना छ । उपत्यकामा लोडसेडिङ अन्त्य गर्ने सजिलो विषय
होइन, तर सधैं राजधानीबासीलाई अन्धकारमा राखिरहनु हुँदैन भनेर अलि
‘क्रिटिकल’ र ‘इनोभेटिभ’ तरिकाले सोच्यौं ।नेपालमा पिक आवरमा करिब
१५ सय मेगावाट विजुलीको माग छ । तर, सुख्खायाममा जलविद्युत आयोजनाहरुको
उत्पादन ५० प्रतिशतले घट्ने भएकाले जम्मा आपूर्ति ४ सय मेगावाटको
हाराहारीमा मात्रै छ । आयातसहित गर्दा सुख्खायाममा ६/७ सय मेगावाट आपूर्ति
हुन्छ । वर्षातको समयमा पनि कूल ९ सयदेखि हजार मेगावाट मात्रै आपूर्ति छ ।माग
र आपूर्तिबीच यति ठूलो ग्याप छ । त्यसैले हामीले चाहेर पनि लोडसेडिङ
पूर्णरुपमा अन्य गर्ने अवस्था छैन । तर, आपूर्तिको उचित व्यवस्थापन गरे
लोडसेडिङ निकै कम गर्न सकिन्छ ।प्राधिकरणले काठमाडौंमा लोडसेडिङ
अन्त्य गर्न के-के गर्नुपर्छ भनेर विद्युत प्राधिकरणकै सिनियर कर्मचारीको
संयोजकत्वमा कमिटी गठन गरिसकेको छ । सो कमिटीले प्रतिवेदन बुझाएपछि
त्यसैलाई आधार मानेर काम अघि बढाइनेछ । कमिटीले केही हप्ताभित्रै प्रतिवेदन
बुझाउने छ ।बेलुका पिक आवरमा २/३ घन्टाको माग मात्रै १५ सय मेगावाट
हो । दिउँसोको विद्युत माग भनेको ७/८ सय मेगावाट मात्रै हो । रातिको माग त
झन् कम हुन्छ । माग र आपूर्तिबीचको सन्तुलन कसरी मिलाउने र लोडसेडिङ
अन्त्य गर्ने भन्ने विषय निकै जटिल पनि छ । विद्युत आपूर्तिमात्रै ठूलो
कुरा होइन, त्यसको व्यवस्थापन त्योभन्दा महत्वपूर्ण हुन्छ ।काठमाडौं उपत्यकाको पीक आवरको डिमान्ड ३ सय मेगावाट हो । प्राधिकरणको
अहिलेको अभियान भनेको घाटालाई घटाउने हो । त्यसका लागि विद्युत चुहावट
नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखिएको छ । यसको मतलब के हो भने अब पिक
आवरमा कसैले हुकिङ गरेर विद्युत चोरी गर्न पाउने छैनन्, जसले मागलाई घटाउँछ
।अर्कोतिर उर्जा बचतका कार्यक्रमहरु पनि भएको र त्यसलाई अझ सशक्त
बनाउँछौं । अब ट्युवलाइट र सीएफएलको ठाउँमा ठूलो मात्रामा लिडको प्रयोग
गर्छौं । सीएफएल चीमले २० वाट खर्च गरेर जति उज्यालो दिन्छ, लिड प्रयोग
गर्दा ५ वाट खर्च गरेर त्यति नै उज्यालो प्राप्त गर्न सकिन्छ । यसको अर्थ
के हो भने विद्युतको लाइटमा पनि ४ गुणा कम खपत हुन्छ ।माग भनेको
पूर्णरुपमा उपभोक्ताको व्यवहार हो । मागको व्यवस्थापन गर्न उपभोक्ताको
व्यवहारमा परिवर्तन गर्नुपर्छ । पिक आवर अर्थात् हिउँदमा साँझ ५ बजेदेखि
राति ८/९ बजेसम्म लोडसेडिङ हुन नदिन तराईमा भएका उद्योगहरुमा सो समयमा
लोडसेडिङ गरिने छ । डिमान्ड साइड म्यानेजमेन्टले पिक आवरको मागलाई थप बढ्न
दिँदैन ।पिक आवरमा पिकिङ आयोजनाहरु, रिजर्भ वायर र
डिजेल प्लान्टबाट गरी करिब ३ सय मेगावाट विजुली आपूर्ति गर्न सकिन्छ ।
त्यसो गर्दा करिब १२ सय मेगावाट आपूर्ति हुन्छ । र, पिकिङ आवरमा भारतबाट थप
बिजुली किन्न सकिन्छ ।आपूर्ति व्यवस्थापनमा
हाइड्रोभित्र पनि तीन किसिमको उत्पादन छ, एउटाः रन अफ दि रिभर अर्थात
पानीको बहावका आधारमा विजुली उत्पादन हुने । दोस्रो, पिकिङ रन अफ दि रिभर
अर्थात दिनभरिको पानी स्टोर गरेर राखेर पिक आवरमा पूर्ण क्षमतामा विद्युत
उत्पादन गर्ने । यस्ता आयोजनाले एक दिनको विद्युतको व्यवस्थापन गर्छ ।कालिगण्डकी,
मर्स्याङ्दी , चिलिमे, त्रिशुली, देवीघाटलगायतका झन्डै ४ सय मेगावाटका
पिकिङ प्रोजेक्टहरु छन् । हामीलाई पीक आवरमा बिजुली चाहिने हो । यस्ता
आयोजनाले पिक आवरमा बिजुली दिन्छन् । किनभने डेढ सय मेगावाटको यस्तो आयोजना
दिनभर चलाउने हो भने ५०/६० मेगावाट मात्रै बिजुली निस्कन्छ । तर, पिक
आवरमा यसले डेढ सय क्यापासिटीमै उत्पादन हुन्छ ।पिकिङ प्रोजेक्ट
कुलेखानी त सिजनल भयो । त्यसलाई हामीले जहिले चाहृयो, त्यहीबेला प्रयोगमा
ल्याउन सक्छौं । हामीसँग ३ सय मेगावाट उत्पादन क्षमताका पिकिङ प्रोजेक्ट
छन् । जसले पिक आवरको व्यवस्थापन गर्न ठूलो काम गर्छ ।अब अर्को कुरा
छ, डिजल प्लान्टको । प्रतियुनिट ३० रुपैयाँ नै परेपनि त्यसले पिक आवरको
व्यवस्थापन गर्न र प्राधिकरणको सिस्टम कोल्याप्स हुनमा ठूलो राहत दिन्छ ।हेटौंडामा
रहेको १० मेगावाट क्षमताको डिजेल प्लान्टबाट हामीले तिहारमा पनि विद्युत
उत्पादन गरेका थियौं । कहिलेकाहीँ आवश्यक परेका बेला हामी डिजेल प्लान्ट
चलाउँछौं ।लोडसेडिङ अन्त्य गर्नका लागि अर्को महत्वपूर्ण पक्ष भनेको
आयात हो । आयात भनेको रिजर्भवायर प्राजेक्टजस्तै हो । नेपालका धेरै
प्वाइन्टबाट हामीले विजुली आयात गरिरहेका छौं ।प्राधिकरणले
टनकपुरबाट ३५ मेगावाट, कटैयाबाट १३०/४० मेगावाट, ढल्केबरबाट ८० मेगावाट र
३३ केभी क्षमताका अन्य प्रसारणलाइनबाट पनि करिब ५०/६० मेगावाट गरी करिब
साढे ३ सय मेगावाट विजुली अहिले पनि आयात भइरहेको छ । ढल्केबर-मुजफ्फरपुरको
प्रसारणलाइन बन्यो भने हामीले करिब ५ सय मेगावाट बिजुली भारतबाट किन्न
सक्छौं ।हामीसँग अहिले नै ४ सय मेगावाट बिजुली छ । ४ सय मेगावाट
सुख्खायाममा पनि भारतबाट आयात गरिन्छ । यसो गर्दा नै दिउँसोको माग पूरा
गर्न सकिन्छ ।अब साँझ अर्थात पिक आवरको कुरा गरौं, पिक आवरमा पिकिङ
आयोजनाहरु, रिजर्भ वायर र डिजेल प्लान्टबाट गरी करिब ३ सय मेगावाट विजुली
आपूर्ति गर्न सकिन्छ । त्यसो गर्दा करिब १२ सय मेगावाट आपूर्ति हुन्छ । र,
पिकिङ आवरमा भारतबाट थप बिजुली किन्न सकिन्छ ।काठमाडौंमा पिक आवरमा
दुई सय मेगावाट दिउँसो डेढ बजेदेखि तीन सय मेगावाट र राति एक सय मेगावाट
बिजुलीको माग छ । मर्स्याङ्दी करिडोरबाट चरम सुख्खायाममा पनि १०० मेगावाट
विजुली उत्पादन गर्न सक्छौं । त्रिशुली करिडोरमा चिलिमेसहित गरी ३०/४०
मेगावाट विद्युत आउँछ । २ सय ५० मेगावाट काठमाडौं उपत्यका वरिपरिबाट २ सय
मेगावाट बढी आउँछ ।पिक आवरमा कुलेखानी चलाउने हो भने १०० मेगावाट उत्पादन हुन्छ ।पोखराको
लोड भनेको ३०/४० मेगावाटको मात्रै हो । त्यहाँ सोही क्षेत्रका मोदीलगायत
कालिगण्डकी आयोजना छन् । बुटवलको विद्युत लोड ५०/६० मेगावाट छ ।बुटवल
र पोखरा १४४ मेगावाटको कालिगण्डकीले लोडसेडिङ घटाउँछ । पुगेन भने साँझ
केही घन्टा उद्योगहरुमा लोडसेडिङ गर्न सकिन्छ । बुटवल पश्चिमको माग पनि
ठूलो छैन र टनकपुरबाट भएको आयातले त्यसलाई भ्याउँछ । नौगाढ, झिम्रुकले
त्यहाँको लोडसेडिङ कभर गर्छ ।
source:http://www.onlinekhabar.com
No comments:
Post a Comment