बलिउडका सफल नायक सलमान खानले संचालन
गर्दै आएको चर्चित रियालिटी शो ‘वीग बोस’को दशौ सिजन सुरु भएको छ । आइतबार
राती नेपाली समय अनुसार सवा ९ बजे यो कार्यक्रमको पहिलो भाग प्रशारण भएको
थियो ।
पहिलो दिन नै नायिका दीपिका पादुकोण अतिथी बन्दै ‘वीग बोस’
घरमा पुगेकी थिइन् । शोमा नायक सलमान खानले नायिका पादुकोणको खुबै तारिफ
गरे । उनले दीपिकालाई ‘बलिउडकी पहिलो अन्तरराष्टिय्र एक्सन नायिका’ भन्दै
परिचय गराएका थिए । दीपिकाले सलमानलाई ‘साच्चै हो र’ भन्दै प्रश्न पनि
गरेकी थिइन् ।
तर, सलमानले दीपिकालाई बारम्बार यो उपनाम दिएपछि यी
नायिकाले पनि उनलाई धन्यवाद दिइन् । सबैलाई थाहा छ कि, दीपिका भन्दा पहिला
हलिउडमा पाइला चाल्ने नायिका प्रियंका चोपडा हुन् ।
चोपडाले अंग्रेजी
सिरियल ‘क्वान्टिको’मा एक्सन भूमिका निर्वाहा गरेकी थिइन् । तर, सलमानले
दीपिकालाई पहिलो इन्टरनेशनल हिरोइन भन्दै प्रशंसा गरे । के सलमान दीपिकाको
प्रशंसा गरेर प्रियंकालाई कजमोर देखाउन चाहन्थे ?
source: http://www.onlinekhabar.com
No comments:
Post a Comment