१४ असोज, काठमाडौं । लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखान नै छ ।
उपहार पाउने लोभमा पर्दा फेसबुक साथीमार्फत नेपाली महिलाहरु ठगिएको रहस्य
खुलेको छ ।रहरीका अनुसार ‘केन जोनसन’ नामको फेसबुक आइडीबाट धेरैलाई साथी बन्न
आग्रह आएको थियो । नेपाली महिलाहरुलाई साथी बनाएपछि बिहे गर्नेसम्मका
आश्वासन पनि दिन्थे र व्यक्तिको आयश्रोत हेरेर मोबाइल, ल्यापटप र केही
डलरसहित ४० लाख बराबरीको समान पठाउँछु भन्ने आश्वासन दिन्थे । र, सामान
ड्राफ्ट गरिएको ट्याग दिने गरेका थिए ।
तिनै केन जोनसन नामको आइडीबाट
केही दिनपछि फेरि सामान एयरपोर्ट भन्सारमा रोखिएको र ३/४ लाख ट्याक्स
लाग्छ भन्दै रकम माग्थे । फोन भने भारतीय नम्बरबाट आउने गरेको थियो भने
पैसा नेपाली नागरिकको खातामा जम्मा गर्न लगाउने गरेका थिए ।
यो रकम
भारत पुग्ने गरेको पाइएको छ । अहिलेसम्म ३२ लाख रकम पठाइसकेका बुझिएको छ ।
तर, रकम पठाइसकेपछि भने नेपाली महिलाहरु ठगिने गरेका पाइएको प्रहरीले
जनाएको छ । पीडित सम्पर्कमा आएको र अनुसन्धान भइरहेको महानगरीय प्रहरी
अपराध महाशाखाले जनाएको छ ।
विभिन्न विदेशीले बनाएको फेसबुक
आइडीमार्फत नयाँ फ्रेन्ड रिक्वेस्ट आयो भने सचेत हुनुहोला, प्रहरीले भनेको
छ, यसरी आएको रिक्वेस्ट पठाउने व्यक्ति तपाईलाई ठगी गर्ने माध्यम हुनसक्छ ।
source:http://www.onlinekhabar.com
No comments:
Post a Comment