गायक, संगीतकार एवं गजलकार सत्यराज
आचार्यले आˆनो महत्वाकांक्षी एकल गजल एल्बम ‘मधुशाला’ को तेस्रो भिडियो
सार्वजनिक गरेका छन् । आफ्नो छोरा संगीतराज आचार्यको जन्मदिनको अवसरमा ‘आज
एउटा खाम देखें, त्यहाँ तिम्रो नाम देखें’ बोलको म्यूजिक भिडियो युट्युबवाट
सार्वजनिक गरिएको हो ।
सार्वजनिक भिडियोे लण्डन र स्कटल्याण्डमा
खिचिएको हो । यस भिडियोको निर्देशन, छायांकन र सम्पादन स्कटल्याण्ड निवासी
दिपेश रेग्मीले गरेका हुन् ।
भिडियोमा सत्यराज, निश्चल कार्की र
प्रीथा भण्डारीले अभिनय गरेका छन् । गजल इतिहासमै पहिलो पटक एकल श्रष्टा
सत्यराज आचार्यको लेखन, संगीत र गायन रहेको ‘मधुशाला’बाट यस अघि दुईवटा
गजलहरु ‘काली’ र ‘मधुशाला’ सार्वजनिक भई सकेको छ ।
source:http://www.onlinekhabar.com
No comments:
Post a Comment