१९ भदौ, काठमाडौं । बजार अनुगमनको क्रममा बरामद भएको करिब तीन करोड
रुपैयाँ बराबरका अखाद्य सामान प्रधानमन्त्री आइतबार सरकारले नष्ट गरेको छ ।
म्याद
ग्रुजिएका, लेभल उल्लेख नभएका, उपभोग गर्न नमिल्ने एक लाख ३१ हजार अाइटमका
खाद्य सामाग्री आइतबार दिउँसो आपूर्ति मन्त्री दीपक बोहोराको उपस्थितिमा
बल्खुस्थित सुन्दरीघाटमा नष्ट गरिएको हो ।
यसअघि प्रधानमन्त्री
प्रचण्डले उपभोक्तासँग खेलवाड गर्ने व्यापारी-व्यावसायीहरुलाई कारबाही गर्न
र बजारबाट अखाद्य सामान जफत गरी जलाउन निर्देशन दिएका थिए ।
त्यसलगत्तै
आपूर्ति मन्त्रालयले साउन ३१ गतेदेखि भदौ १७ गतेसम्म बजार अनुगमन गरेको
थियो । सरकारी अनुगमन टोलीले बजारबाट म्याद ग्रुजिएका र लेभल उल्लेख नभएका
दाल, चामल, चिउरा, ड्राइ फुड्स, औषधि, पानी लगायत सामान जफत गरेको थियो ।
अनुगमनमा
आपूर्ति व्यवस्थापन विभाग, नापतौल विभाग, खाद्य विभाग, उपभोक्तावादी
विभिन्न संघसंस्था लगायतको सहभागिता थियो । संयुक्त बजार अनुगमन भदौ १७
गतेसम्म चलेको थियो ।
अनुगमन टोलीले भाटभटेनी, सेलवेज, विगमार्ट, मेघामार्ट लगायतका डिपार्टमेन्ट स्टोरका केही शाखाहरुमा सिलबन्दीसमेत गरेको थियो ।
सबैभन्दा
धेरै मेघामार्टबाट २४ लाख मूल्य बराबरको अखाद्य सामान बरामद भएको थियो ।
यसैगरी सेलवेजबाट २१ लाख बराबरको र युनाइटेड डिस्ट्रीव्यूटर प्रालिबाट २२
लाख मूल्य बराबरका ५ हजार ५ सय सिसि हर्लिक्स बरामद गरेर नष्ट गरिएको छ ।
कार्यक्रममा
३०१ वटा यात्रुबाहक गाडी अनुगमन गर्दा १५ वटाले बढी भाडा लिएको पाइएको र
तिनीहरुलाई ५ हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिइएको छ ।
source:http://www.onlinekhabar.com
No comments:
Post a Comment