लेखक यास्मिर उस्मानले बलिउडकी सदाबहार
नायिका रेखामाथी पुस्तक लेखेका छन् । पुस्तकको नाम ‘रेखा : एन अनटोल्ड
स्टेरी’ राखिएको छ । यस पुस्तकमा रेखाको बलिउड करिअर र निजी जिन्दगीसँग
जोडिएका केही प्रसंग उल्लेख भएको छ ।
पुस्तकमा उनले केही पीडादायी
घटनाको वारेमा समेत खुलेर कुरा गरेकी छिन् । १५ वर्षको उमेरमा घटेको एउटा
घटनावारे रेखाले मुख खोलेकी छिन् । चलचित्र ‘अनजाना सफर’ को सुटिङ हुदै
थियो । रेखाले अप्रत्याशित पीडाडाको सामना छायांकनका क्रममा गर्नुपरेको
थियो । जतिबेला उनी १५ बर्षकी मात्र थिइन् ।
एउटा रोमान्टिक गीतको
सुटिङका लागि रेखा सेटमा पुगिन् । निर्देशकले एक्सन भन्ने बित्तिकै नायक
बिश्वजीतले उनको ओठमा चुम्बन गरे । १ मिनेट, दुई मिनेट हुँदै चार मिनेट
बित्यो । विश्वजीतले रेखालाई छाडेनन् । पाँच मिनेटसम्म चल्यो चुम्बन ।
निर्देशकले कट् भन्दा अन्य प्राविधिकले सिठ्ठी बजाएर हुटिङ गरे ।
पाँच
मिनेटपछि रेखाले आँखा खोलिन् । उनको आँखाभरि आँशु थियो । अन्य प्राविधिक
उनको अनुहार हेर्न आतुर भए जस्ता देखिन्थे । रेखाले जुन दृष्यको सुटिङ
गरेकी थिइन्, उनलाई उक्त दृष्यवारे थोरै पनि जानकारी थिएन । यही दृष्यको
वारेमा कुरा उठाउने सोच बनाएकी थिइन् । निर्देशक लगायत अन्यले अरु केही
अभियोग लगाउने हुन् कि भनेर छोडिदिईन् ।
विनोद मेहरासँगको विवाहको
किस्सा उस्तै रोचक छ । पुस्तकमा उल्लेख भए अनुसार जब रेखा र विनोदले
कोलकत्तामा विवाह गरेर मुम्बई फर्के तब, सासु आमाले चप्पलले उनलाई स्वागत
गरिन् ।
विनोदकी आमा कमला यो विवाहप्रति पटक्कै खुसी थिइनन् । सासु
आमालाई ढोग गर्न ढल्केको वेला कमलाले रेखालाई धकेलिदिएकी थिइन् भने एकछिन
पछि चप्पल ताकिन् ।
यावत समस्या झेल्दा झेल्दै पनि उनी कहिल्यै आत्तिइनन् । बलिउडकी अलटाइम फेभरेट भनिने रेखाका फ्यानहरु आज पनि उत्तिकै छन् ।
source:http://www.onlinekhabar.com
No comments:
Post a Comment