Sunday, August 28, 2016

गैंडा मारेको अभियोगमा दुई भारतीय र दुई नेपाली कारागार चलान

१२ भदौ, चितवन । चितवनको मेघौलीमा गैंडा मारेको आरोपमा पक्राउ परेका नौ जनामध्ये चार जनालाई थुनामा राखेर थप अनुसन्धान गर्न कारागार चलान गरिएको छ ।
Chitwan Adalatआइतबार जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलाशले २ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई कारागार चलान गर्न आदेश दिएको हो ।
गत साउन २४ गते मेघौली सराई नामक होटलको छेउँमा करेन्ट लागेर एक गैंडाको मृत्यु भएको थियो । सो घटनापछि प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो ।
होटलमा प्राकृतिक विज्ञको रुपमा कार्यरत भारतीय नागरिक दिपु शशी, होटल म्यानेजर भारतकै रितेष भट्ट, नवलपरासीको देवचुली-२ का सिभिल ओभरसियर जीबन महतो र नारायणी नगरपालिका १ घर भएका इलेक्टि्रसियन सुनिल महतोलाई कारागार चलान गरिएको जिल्ला अदालत चितवनका सूचना अधिकृत कृष्णप्रसाद बरालले जानकारी दिए ।
पक्राउ परेकामध्ये सोही होटलमा कार्यरत नवलपरासीको मध्यविन्दु नगरपालिका-९ का सुवास गदाल (विक)लाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
यसैगरी नारायणी नगरपालिका-१ घर भएका प्लम्बिङ काम गर्ने विकास दराई, सोही ठाउँका सेक्युरिटी इञ्चार्ज विराज महतो, रत्ननगर नगरपालिका-१९ का बुद्धराम महतो र रौतहट कनपुर ५ का माहुते गिरिजालाल कछडिया सामान्य तारेखमा रिहा भएको अदालतले जनाएको छ ।
source:http://www.onlinekhabar.com

भैरहवामा म्याद गुज्रेका अखाद्य वस्तु नष्ट

१२ भदौ, भैरहवा । जिल्ला बजार अनुगमन समिति रुपन्देहीले बजार अनुगमनको क्रममा फेला परेको अखाद्य खाद्यन्न वस्तु नष्ट गरेको छ ।
समितिका संयोजक एवं साहयक प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको संयोजत्वमा भएको अनुगमनको क्रममा फेला परेको अखाद्य खाद्यन्न वस्तु नष्ट गरिएको हो ।
Akhaddaजिल्लाको विभिन्न खाद्यन्न पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका, लेबल नभएका विस्कुट, चाउचाउ, खाने तेल, मसला लगायतका खाद्यन्न वस्तुहरु जफत गरी नष्ट गरिएको र पसलका संचालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न अन्तिम चेतवानी दिइएको जिल्ला बजार अनुगमन समितीका संयोजक शम्भु प्रसाद रेग्मीले बताए ।
उनले उपभोक्ताको हितको लागि विक्रेताले पनि आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउँदै बजारमा कालोबजारी, उपभोग हुने अखाद्य वस्तुहरुको विक्री वितरण भएमा समितिलाई सूचना दिन पनि आग्रह गरे ।
त्यस्तै वाणिज्य कार्यालय रुपन्देहीका प्रमुख वेद प्रकाश उपाध्ययले अनुगमनको क्रममा फेला परेको अखाद्य वस्तुहरु नष्ट गरिएको बताउँदै अबदेखि अखाद्य वस्तुहरु विक्री वितरण नगर्न विक्रेताहरुलाई आग्रह गरे ।
उनले अनुगमनको क्रममा र्फमहरु (पसल) नवीकरण म्याद सकिएको, पसलमा मुल्य सूची देखिने गरी नराखिएको पाइएको कारण पसलका सञ्चालकहरुलाई चेतावनी दिइएको बताए ।
source:http://www.onlinekhabar.com

रोजगारीका नयाँ गन्तव्य पहिचान गर्न सरकारलाई निर्देशन

१२ भदौ, काठमाडौं । स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने आवाज उठिरहेका बेला व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आकर्षक तलब सुविधासहितका रोजगारीका नयाँ गन्तव्य मुलुकको पहिचान गर्न सरकारलाई निर्देशन दिएको छ ।
Pravu-Shahसमितिले आइतबार श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई बोलाएर छलफल गरी यस्तो निर्देशन दिएको हो ।
खासगरी साउदी अरेबियामा रोजगारीका अवसर गुम्दै गएको सन्दर्भमा नयाँ गन्तव्य मुलुकको पहिचान गर्न निर्देशन दिइएको समितिका सभापति प्रभु साहले जानकारी दिए ।
समितिले नयाँ गन्तव्य मुलुक र तिनमा कामदारले पाउने सेवा सुविधाबारे परराष्ट्र मन्त्रालय मातहत रहेका नियोगमार्फत सम्पर्क गरी एक महिनाभित्र कार्ययोजना पेश गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
बैठकमा परराष्ट्र मन्त्रालयका सचिव वैरागीले भने वैदेशिक रोजगारीमा कस्ता कामदार पठाउने भन्ने बारेमा यकिन नभइ नयाँ गन्तव्य मुलुकको पहिचान गर्न अप्ठेरो हुने बताए । उनले नेपाली कामदारहरु अदक्ष र अर्धदक्ष भएका कारण उनीहरुले खाडी मुलुकमा आकर्षक तलब पाउन नसकेको भन्दै आकर्षक सुविधा कामदारको सीपसँग सम्बन्धित भएकाले वैदेशिक रोजगारीमा पठाइने कामदारका सम्बन्धमा राष्ट्रिय नीति तय हुन आवश्यक रहेको बताए ।
बैठकमा समितिका केही सदस्यहरुले युवा शक्तिलाई विदेश पठाउनु भन्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी विदेशिएका नेपालीहरुलाई फर्काउनुपर्ने धारणा राखेका थिए ।
source:http://www.onlinekhabar.com

काठमाडौको संकटा मन्दिर नजिकबाट ११ तोला सुन लुटपाट

Gold१२ भदौ, काठमाडौं । काठमाडौको संकटा मन्दिर नजिकबाट ११ तोला सुन लुटपाट भएको छ ।  आइतबार विहान ९ बजे न्युरोडस्थित बी युनाइटेड गोल्डमार्ट सुन पसलबाट सुन जलप लगाउनका लागि संकटा मन्दिर लैजाने क्रममा उक्त सुन लुटपाट भएको हो ।सुन बोकेर गएका भारत कलकत्ता घर भएका १५ वर्षीय सागर चन्द्रलाई ३ जना अपरिचित ब्यक्तिहरुले कुटपिट गरी सुन लुटेर भागेका  हुन् । सुन लुटी फरार भएका ब्यक्तिहरुको खोजिकार्य भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।
५९ हजार नगद लुटेर भाग्न खोज्ने २ पक्राउ
यसैबीच कपिलवस्तुको कपिलवस्तु नगरपालिका ५ स्थित राष्ट्रिय बैङ्क अगाडिबाट एक ब्यक्तिको ५९ हजार नगद लुटेर भाग्ने क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरीक २० वर्षीय अब्दुल मुसलमान र ४५ वर्षीय राम शंकर लोध रहेका छन् ।
आइतबार दिउँसो साढे १ बजे स्थानीय ६४ वर्षीय राम अबतार धोबिले बैङ्कबाट रकम निकाली बाहिर निस्कने क्रममा उनीहरुले रकम लुटी भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको स्थानिय प्रहरीले जनाएको छ ।
source: http://www.onlinekhabar.com

Wednesday, August 24, 2016

भरतपुर अस्पतालमा एकैपटक ६ स्थानबाट अप्रेशन सेवा शुरू

८ भदौ, भरतपुर । चितवनको सबैभन्दा ठूलो भरतपुर अस्पतालले अत्याधुनिक सेवासहित छुट्टाछुट्टै छ कक्षबाट अप्रेशन सेवा शुरु गरेको छ । यस अघि अस्पतालले एकै कोठामा चार वटा टेबल राखेर विरामीको अप्रेशन गर्दै आएको थियो ।
Operation-Wardहालै निर्माण सम्पन्न भएको ‘ए’ ब्लक भवनको दोस्रो तल्लाबाट अत्याधुनिक अप्रेशन सेवा थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रूद्रप्रसाद मरासिनीले जानकारी दिए ।
उनका अनुसार उक्त कक्षमा दुईवटा आकस्मिक अपे्रशन कक्ष छुट्टाइएको छ । त्यस बाहेक अन्य ४ वटा अप्रेशन कक्षमा हप्ताको ३ दिन सबै विभागका लागि अप्रेशन गर्ने व्यवस्था मिलाइएको छ । यसअघि हप्तामा २ दिन मात्रै विभागहरुलाई अप्रेशनको पालो दिइएको थियो ।
नयाँ ‘ए ब्लक’ भवनमा निर्माण गरिएको आकस्मिक कक्षभित्र नै १८ बेड क्षमताका पोस्ट अप कक्षको व्यवस्था गरिएको छ । यसअघि १० बेडको मात्रै पोष्ट अप थियो ।
यस्तै, पहिलोपटक ६ बेडको रिकभरी कक्षको व्यवस्था पनि गरिएको छ । अप्रेशन गर्ने वित्तिकै बिरामीहरूलाई रिकभरी कक्षमा राखेपछि पोष्टअपमा लगिने अप्रेशन इन्चार्ज मिरा अधिकारीले बताइन् ।
अस्पतालमा अप्रेशन गर्नु अघि बिरामीहरूलाई राख्ने कक्ष यसअघि व्यवस्थित नभएकोमा नयाँ अप्रेशन कक्षभित्र नै १२ वेडको अप्रेशन तयारी कक्ष राखिएको छ ।
अलग-अलग स्थानबाट अप्रेशन हुने भएपछि बिरामीहरूको पालो पनि छिटो-छिटो आउने र सेवाको गुणस्तर पनि बढ्ने स्त्री तथा प्रसुती रोग विभागका विभागीय प्रमुख डा. सुनिलमणि पोख्रेलले बताए ।
‘भरतपुर अस्पतालमा सबैभन्दा धेरै चाप प्रस्तुती विभागमा छ,’ डा. पोख्रेलले भने, ‘अलग्गै अप्रेशन कक्षको व्यवस्था भएपछि चाप घटाउन सहयोग हुनेछ ।’उनले अस्पतालमा नयाँ अप्रेशन कक्ष थपिएसँगै दैनिक ३५ जनासम्मको अप्रेशन गर्न सकिने बताए । यस अघिसम्म अस्पतालले दैनिक २० देखि २५ जनासम्मको अप्रेशन गर्दै आएको थियो ।
source:http://www.onlinekhabar.com

प्रधानमन्त्रीले मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको माग

८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।
साथै उसले संविधान संशोधनबारे देशभित्र कुनै परामर्श नगरेको तर, विदेशी भूमिमा छलफल गरेको भन्दै आपत्ति जनाएको छ ।
UML-Baithakएमालेले भारततर्फ संकेत गर्दै कुनै देशको अतिरिक्त चासोका आधारमा संविधान संशोधन हुन नसक्ने बताएको छ । ‘तर, अहिले जे आधारमा र जुन ठाउँमा संविधान संशोधनका लागि चर्चा चलाइएको छ, यो आपत्तिजनक र निरर्थक छ,’ स्थायी कमिटी बैठकपछि एमालेले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो र यहाँका राजनीतिक दलहरूले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ ।’
सरकारले पूर्णता नपाउँदै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पदै छिमेकी देशमा विशेष दूत पठाउनु गलत भएको उसले बताएको छ । संविधान संशोधनलगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको चर्चा रहेको भन्दै एमालेेले यसले स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्‍याएको ठहर गरेको छ ।
सरकारले आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण काम गरेको भन्दै एमालेले प्रधानमन्त्रीबाट पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ । साथै, नेपालको भविष्य नेपाली जनता आफैंले निर्धारण गर्ने मान्यता र स्वाभिमानमा आघात पुर्‍याउने कुनै किसिमका काम नगर्न सरकारलाई सचेत गराएको छ ।
source:http://www.onlinekhabar.com

एक चौथाइ गर्भवती बीस वर्षमुनिका

भदौ, बाबियाचौर । म्याग्दीका करिब एक चौथाइ गर्भवती महिला २० नपुग्दै आमा बन्ने गरेका छन् । आर्थिक वर्ष ०७२/७३ मा जिल्ला जनस्वास्थ्य कार्यालयमा दुई हजार २८६ जनाले गर्भजाँच गराएकामा ५६८ जना २० वर्षभन्दा कम उमेरका रहेका कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक लीला गौतमले जानकारी दिइन् ।कार्यालयको तथ्याङ्कअनुसार आव ०७१/७२ मा २० वर्षभन्दा कम उमेरका गर्भवतीको सङ्ख्या २८.२६ प्रतिशत र २०७०/७१ मा ३२ प्रतिशत थियो ।
pregnant किशोरी तथा युवती शारीरिक र मानसिकरुपमा परिपक्क नभई आमा बन्न बाध्य भएका हुन् । २० वर्षअघि बच्चा जन्माउनुलाई आमा र बच्चा दुवैको स्वास्थ्यका हिसाबले जोखिमयुक्त मानिन्छ ।
बीस वर्षअघि नै बच्चा जन्माउँदा पाठेघर खस्ने, शारीरिक कमजोरी, औसत आयुमा असर, बच्चामा कुपोषण र अपाङ्गताजस्ता समस्या देखिने गरेको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताएका छन् । उनका अनुसार केही वर्षयता २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको सङ्ख्या घटे पनि मातृ, शिशु स्वास्थ्यका हिसाबले अझै चुनौती रहेको छ ।
राष्ट्रिय जनगणना, २०६८ अनुसार जिल्लामा ५७ हजार ३९८ विवाहितमध्ये २० वर्षअघि नै विवाह गर्नेको सङ्ख्या ५१.६० प्रतिशत छ ।
यसैगरी म्याग्दीका ६० प्रतिशत गर्भवतीले मात्र सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । भौगोलिक विकटता, सबै स्वास्थ्य संस्थामा प्रसूति गृह अभाव, चेतनाको कमी, यातायातका साधनको भरपर्दो व्यवस्था नहुने एवम् आर्थिक अभावले गर्दा ४० प्रतिशत गर्भवतीमा सुरक्षित प्रसूति सेवा पुग्न नसकेको हो । 
source:http://www.onlinekhabar.com

एमाले अध्यक्ष ओली भोलि बैंकक जाने

८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।
KP Oliपूर्वप्रधानमन्त्री समेत रहेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लागेका हुन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘स्वास्थ्य परीक्षणका लागि जान लाग्नु भएको हो ।’
प्रधानमन्त्री भएपछि नौ महिने कार्यकालमा ओली स्वास्थ्य परीक्षणका लागि विदेश गएका थिएनन् ।
source:http://www.onlinekhabar.com

नयाँ शक्ति नेपालले दलको वैधानिकता पायो, चुनाव चिहृन पछि तोकिने

८ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टीलाई निर्वाचन आयोगले विधिवत दर्ता गरी दलको मान्यता दिएको छ ।
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गत असार २६ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । आयोगले भट्टराईको निवेदन सदर गर्दै मंगलबार दल दर्ता भएको प्रमाणपत्र उपलब्ध गराएको हो ।
baburamनयाँ शक्ति पार्टीको दल दर्ता नम्बर रा. ५६ छ । यसअघि नयाँ शक्ति अभियानको रुपमा मात्र रहेकोमा अब आधिकारिक दल बनेको हो ।
निर्वाचन आयोगले भनेको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम उक्त नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरीदिने तथा सो दलको कार्यकारी समिति, विधान र झण्डालाई प्रमाणित गरीदिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’
आयोगको पत्र अनुसार नयाँ शक्तिको चुनावचिन्ह भने अझै स्वीकृत भएको छैन । आयोगले चुनाव चिहृन सम्वन्धि निर्णय पछि गर्ने जानकारी गराएको छ ।
नयाँ शक्ति नेपालको झण्डा वाइसिएलको झण्डा जस्तै भएको भन्दै आयोगमा उजुरी परेको थियो ।
source:http://www.onlinekhabar.com

जनकपुरमा पनि स्क्रब टाइफस संक्रमित भेटिए

८ भदौ, जनकपुर । केहि समययता तराईका जिल्लाहरुमा फैलदै गएको प्राणघातक रोग स्क्रब टाइफसको संक्रमित जनकपुरमा पनि पहिलो पटक देखिएको छ ।वरिष्ठ बालरोग विशेषज्ञ डा. दिपक कुमार गुप्ताले उपचारको क्रममा दुई जना बच्चामा सो संक्रमण रहेको पुष्टि गरेका छन् । जनकपुरको केयर मेडिकल सेन्टर मिल्स एरियामा चेकजाँचको क्रममा डा. गुप्ताले दुवै बच्चामा स्क्रब टाइफसको संक्रमण रहेको फेला पारेका थिए ।
scrub-typhus३ बर्षीय सुरज महतो र सात बर्षीया अञ्जली परियारमा स्क्रब टाइफसको संक्रमण फेला परेको छ । दुवै जनाको सफल उपचार पछि गएको शुक्रबार डिस्चार्ज गरिएको डा. गुप्ताले जनाए ।
यो रोगका लक्ष्णहरु १०२-१०५ डिग्री फरेन हाइटसम्म ज्वरो आउनु, अत्याधिक टाउको दुख्नु, सास फेर्न समस्या हुनु, जीउ, जोर्नी र मांसपेशीमा पीडा हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने लगायतको रहेकोछ ।
वषर्ायाममा पनि सहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो किराले टोक्ने खतरा रहन्छ । स्क्रब टाइफस जनावरबाट सर्ने तर मानिसबाट मानिसमा सर्ने रोग नरहेको डा. गुप्ताले बताए ।
एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग सर्छ । यस्तो किर्ना मुसाको शरीर र घाँसपातमा हुन्छ । तर संक्रमित मानिसबाट अर्को मानिसमा भने नसर्ने चिकित्सकले बताएका छन् ।
जनकपुरमा पनि स्क्रब टाइफस संक्रमित भेटिए
राजकमल सिंह
८ भदौ, जनकपुर । केहि समययता तराईका जिल्लाहरुमा फैलदै गएको प्राणघातक रोग स्क्रब टाइफसको संक्रमित जनकपुरमा पनि पहिलो पटक देखिएको छ ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. दिपक कुमार गुप्ताले उपचारको क्रममा दुई जना बच्चामा सो संक्रमण रहेको पुष्टि गरेका छन् । जनकपुरको केयर मेडिकल सेन्टर मिल्स एरियामा चेकजाँचको क्रममा डा. गुप्ताले दुवै बच्चामा स्क्रब टाइफसको संक्रमण रहेको फेला पारेका थिए ।
३ बर्षीय सुरज महतो र सात बर्षीया अञ्जली परियारमा स्क्रब टाइफसको संक्रमण फेला परेको छ । दुवै जनाको सफल उपचार पछि गएको शुक्रबार डिस्चार्ज गरिएको डा. गुप्ताले जनाए ।
यो रोगका लक्ष्णहरु १०२-१०५ डिग्री फरेन हाइटसम्म ज्वरो आउनु, अत्याधिक टाउको दुख्नु, सास फेर्न समस्या हुनु, जीउ, जोर्नी र मांसपेशीमा पीडा हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने लगायतको रहेकोछ ।
वषर्ायाममा पनि सहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो किराले टोक्ने खतरा रहन्छ । स्क्रब टाइफस जनावरबाट सर्ने तर मानिसबाट मानिसमा सर्ने रोग नरहेको डा. गुप्ताले बताए ।
एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग सर्छ । यस्तो किर्ना मुसाको शरीर र घाँसपातमा हुन्छ । तर संक्रमित मानिसबाट अर्को मानिसमा भने नसर्ने चिकित्सकले बताएका छन् ।
source:http://www.onlinekhabar.com

शंखमुलस्थित सोफा कारखानामा आगलागी, २० लाख क्षति

८ भदौ, काठमाडौं । काठमाडौंको शंखमुलस्थित सोफा कारखानामा बुधबार बिहान आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगोमा जलेर एक जना घाइते भएका छन् ।आगोमा जलेर सोफा कारखानाका मालिक मोहमद सवाज आलम घाइते भएका हुन् । आगो निभाउने क्रममा उनको पाखुरा, अनुहार र शरीरका अन्य भाग जलेको छ ।
Fireआगो निभाउन पाँच वटा दमकल र एउटा पानी ट्यांकर प्रयोग गरिएको थियो ।
सोफा कारखानाको छेउँमा रहेको गि्रल उद्योगबाट उठेको झिल्काले आगो सल्किएको प्रहरीले जनाएको छ ।
source:http://www.onlinekhabar.com

रोल्पाका खिमप्रसाद ६ बर्षदेखि मलेसियाको जेलमा

 ८ भदौ, काठमाडौं । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका रोल्पाका खिमप्रसाद परियार सम्पर्कबिहीन भएको ६ बर्ष भयो । २०६७ साल साउन १३ गते काममा निस्केका उनी एकाएक बेपत्ता भएपछि परिवार र साथीभाइले खोजीनिती गर्दा पनि पत्ता लगाउन सकिएन । उनको अवस्थाबारे परिवारले आधिकारिक जानकारी पाउन सकेन ।
Khim-prashad-pariyarतर पछिल्लो समय उनको परिवारले केहि अपुष्ट खवर प्राप्त गरेका छन् कि रोल्पा राँसी २ का खिमप्रसाद परियार मलेसियाको जेलमा छन् । मलेसियास्थित नेपाली दूतावासले यसको जानकारी गराएको हो ।
मलेसियाको आर सेगरी होल्डिङ नामको कम्पनीमा काम गर्ने परियार २०६७ साउन १३ गते बिहान ७ कोठाबाट ड्युटीमा निस्किएपनि कार्यस्थलमा पुगेनन् । परियार चढेको साइकिल नजिकैको सडक छेउमा भेटिएको थियो । एक सातापछि उनी बेपत्ता भएको खवर परिवारले पायो ।चार बर्ष मलेसियामा बसेर घर फर्कने तयारी गरिरहेका ३६ बर्षीय खिमप्रसाद एकाएक बेपत्ता भएपछि परिवारमा सन्नाटा छायो । तर जतिनै प्रयास गर्दा पनि उनको बारेमा ६ बर्षसम्म अत्तोपत्तो भएन । ‘मलेसिया गएको ४ बर्षसम्म दाजु घरपरिवारको नियमित सम्पर्कमा हुनुहुन्थ्यो’, भाइ भुपेन्द्र भन्छन्, ‘त्यसपछि अहिले त ६ बर्ष भइसक्यो, दाईको केहि खबर छैन ।’
तर पछिल्लो पटक मलेसियास्थित नेपाली दूतावासले रांसि २ रोल्पाका खिमप्रसाद परियार भन्ने मान्छे मलेसियाको जेलमा भएको बताएपछि परिवारमा नयाँ आशा जागेको छ ।
दाइलाई नेपाल कसरी फर्काउने भन्नेबारे भाइ भुपेन्द्र अनभिज्ञ छन् । उनले सुनेका थिए, नेपालबाट पत्रकारले दूताबासमा फोन गरिदिएपछि जेलबाट निकाल्न छिटो प्रक्रिया थाल्छ रे । अब उनको आशा त्यहीँ छ ।
चिनेका ठूलाबडा, मेनपावर कम्पनी, दलाल, प्रहरी कसैबाट पनि दाइको पत्ता लगाउन नसकेका भुपेन्द्र र उनका परिवार दूतावासको पछिल्लो भनाइबाट खुसी भएका छन् । परिवारलाई उनी कुन मेनपावर र दलालमार्फत मलेसिया पुगेको भन्ने समेत थाहा छैन ।
दूताबासले खिमप्रसादका परिवारलाई भने अनुसार उनलाई मलेसियाको काजंग इग्राम्म स्थित जेलमा राखिएको छ तर कुन मुद्धामा जेल हालेको भन्नेबारे दूतावासले खुलाएको छैन ।
मलेसियाको जेलमा रहेका भनिएका परियार उपराष्ट्रपति नन्दबहादुर पुनका छिमेकी हुन् ।
 source:http://www.onlinekhabar.com

अजित मिजारको ‘हत्या’मा प्रधानमन्त्रीको चासो, छानविन गर्न गृह प्रशासनलाई निर्देशन

८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्याबारे छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
Prahanda,-Narayan-Gopal-Malबुधबार सिंहदरबारमा दलित अगुवाहरुले मिजारको हत्या भएको भन्दै छानविन समिति बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । बिहान साढे १० बजे ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले गृहसचिव नारायण गोपाल मलेगो र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई कार्यकक्षमा बोलाएर छानविन समिति बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘काभ्रे पाँचखालमा दलित युवाको हत्या भएको भन्दै दलित नेताहरुले ज्ञापनपत्र बुझाउनुभएको छ । यसको यथार्थ के हो ? निष्पक्ष छानविनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति बनाउनुस् र आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाउनुहोस् ।’
भेटमा गृहसचिव मलेगो र महानिरीक्षक अर्यालले प्रधानमन्त्रीको निर्देशन बमोजिम तत्कालै छानविन समिति बनाउने प्रतिवद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आफूहरुले ज्ञापनपत्र बुझाएको एक घण्टाभित्रै प्रधानमन्त्री प्रचण्डले गम्भीरता देखाउँदै गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाएर छानविन गर्न निर्देशन दिएकामा दलित अगुवाहरुले खुसी व्यक्त गरेका छन् ।
नेता तिकल परियारले भने, ‘मिजार हत्याकाण्ड शंकास्पद छ । प्रधानमन्त्रीले चासो दिएर छानविन गर्न निर्देशन दिएकाले सत्यतथ्य बाहिर आउँछ र दोषी कारवाहीको भागिदार हुन्छ भन्ने विश्वास छ ।’
मिजारले गत असार २५ गते गाउँकै एक युवतीसँग अन्तरजातीय बिहे गरेका थिए । तर २७ गते माइती पक्षले जबर्जस्ती छुटाएका थिए । त्यसको दुई दिनपछि धादिङको गजुरीमा मिजारको शव गाडिएको अवस्थामा फेला परेको थियो ।
source:http://www.onlinekhabar.com

‘रगत नपाए भक्तपुर जानु’

८ भदौ , भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ । रगत नपाए भक्तपुर जानुभन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो ।
blood-donationरेडक्रसले यही भदौ १ गतेदेखि दैनिक रक्तदान अभियान सुरु गरेको जानकारी दिँदै शाखाका सभापति एवम् सोसाइटीका केन्द्रीय सदस्य मनोज थापाले भक्तपुरको कमलविनायक, सूर्यविनायक र पाँचतले मन्दिर परिसरमा दैनिक रक्तदान कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । 
सातामा ६ दिन नियमित रुपमा बिहान ७ बजेदेखि ११ बजेसम्म र शनिबार जिल्लाका विभिन्न ठाउँमा बिहान एकैपटक रक्तदान कार्यक्रम हुने बताउँदै उनले रक्तदानमा सहभागी भइदिन सबैमा आह्वान गरेका छन् । 
शाखाबाट वार्षिक ३० हजार युनिट रगत खपत हुने गरेको बताउँदै सभापति थापाले रगतको आवश्यक परे सम्पर्क गर्न कार्यालयका फोन नम्बर ६६११६६१ र ६६१२२६६ मा निःशुल्क फोन सेवा उपलब्ध गराएको बताए।
रगतको कम्पोनेन्ट बनाउन ६ घन्टाभित्रको ताजा रगत चाहिने भएकाले कहिले काँही रक्तदाता तत्काल उपलब्ध नहुँदा रगतको अभाव हुने भए पनि त्यस्ता बिरामीका लागि शाखासंग पाँचसय भन्दा बढी कलिङ रक्तदाता भएकाले उनीहरुलाई बोलाएर रक्तदान गर्न लगाउने गरेको पनि उनले बताए  
source:http://www.onlinekhabar.com

संविधान कार्यान्वयन एमालेको प्रमुख प्राथमिकताः ओली

८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबिधान कार्यान्वयन एमालेको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
Kp-oliसिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा नेपालका लागि अमेरिकी राजदूत अलाइना डि टेप्लिजसँगको भेटवार्तामा ओलीले संविधान कार्यान्वयनमा एमालेको भूमिका प्रष्ट रहेको जनाए ।
संविधानले परिकल्पना गरेको तीन तहको निर्वाचन गर्नका लागि डेढ वर्ष मात्रै रहेको अवस्थामा एमालेको भूमिका कस्तो हुन्छ ? भन्ने अमेरिकी राजदूतको जिज्ञासामा ओलीले आफूले सरकारको नेतृत्वमा रहका बेला नै संविधान कार्यान्वयनको कार्ययोजना सार्वजनिक गरेको स्मरण गराउँदै अहिलेको अवस्थामा संविधान कार्यान्वयन एमालेको पहिलो प्राथमिकता भएको बताएको एमालेले जनाएको छ ।
करिब आधा घण्टा लामो भेटवार्ता सरकार परिवर्तन र संविधान कार्यान्वयनका विषयमा केन्द्रित थियो ।
source:http://www.onlinekhabar.com

सत्य निरुपण ऐन संसोधन बिधयेक संसदमा पेश गर्न संसदीय समितिको निर्देशन

८ भदौ, काठमाडौं । व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधन सम्बन्धी विधेयक तत्काल संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
Satya-Nirupanसमितिको बुधबार सिंहदरबारमा बसेको बैठकले कानून मन्त्रालय र शान्ति तथा पुनर्निमाण मन्त्रालयका सचिवसँगको छलफलपछि सर्वोर्च्च्ा अदालतको आदेश अनुसार आयोगको ऐन संशोधन सम्बन्धी विधेयक तत्काल संसद्मा पेश गर्न कानून मन्त्रालयलाई निर्देशन दिएको हो ।
आयोगले ऐन संशोधन नहुँदा काममा अप्ठेरो परेको गुनासो गर्दै आएको छ ।
समितिले संविधानमा व्यवस्था गरिएका आयोग गठनका लागि विधेयक तयार पार्न पनि कानून मन्त्रालयलाई निर्देशन दिएको छ ।
संविधानमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग गठनको व्यवस्था छ । तर कानूनको अभावमा ती आयोग गठन हुन सकेका छैनन् ।
source:http://www.onlinekhabar.com

दक्ष पण्डित बन्न चाहानेलाई ज्योतिष र कर्मकाण्डको प्रशिक्षण

८ भदौ, काठमाडौं । अध्ययन र प्रशिक्षण बिना कर्मकाण्ड, ज्योतिष पेसा अपनाउनेको सङ्ख्या बढ्न थालेपछि नेपाल पञ्चाङ्ग निर्णायक समितिले दक्ष पण्डित बनाउने उद्देश्यले छ महिने कर्मकाण्ड एवम् ज्योतिष प्रशिक्षण सुरु गरेको छ ।प्रशिक्षणमा कर्मकाण्ड र ज्योतिष पेसा अपनाउन चाहने ३९ जना प्रशिक्षार्थीको सहभागिता छ । असारदेखि सुरु भएको प्रशिक्षण मङ्सिरमा सकिने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
Pujari,-Priest“समाजमा शास्त्रीय आधारमा वैदिक कर्मकाण्ड र ज्योतिष कर्म गराउन सक्ने आधिकारिक पण्डित बनाउने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो, ज्योतिषमा २६ र कर्मकाण्डमा १३ सहभागीले प्रशिक्षण लिइरहेका छन्”–उनले भने।
सहभागीलाई अध्यक्ष गौतम, प्रा. श्रीकृष्ण अधिकारी, प्रा. डा. देवमणि भट्टराई, प्रा. मङ्गलदास प्रधानाङ्ग, पुरुषोत्तम भट्टराई, उपेन्द्र भट्टराई, नरोत्तम भट्टराई लगायतले प्रशिक्षण दिने समितिले जनाएको छ । प्रशिक्षणका लागि सहभागीबाट दुई हजार शुल्क लिइएको छ ।
source:http://www.onlinekhabar.com

गुल्मीको रुद्रवेणी–वामिटक्सार सडक सुचारु

८ भदौ, तम्घास । गुल्मीको रुद्रवेणी–वामिटक्सार सडकखण्ड आजदेखि सुचारु भएको छ । तम्घास–सिमलटारी–प्यूठान सडक आयोजनाले उक्त सडकखण्डदेखि केही माथिबाट एक किलोमिटरको वैकल्पिक सडक निर्माण गरिदिएपछि अवरुद्ध सडक सुचारु भएको आयोजनाका इन्जिनियर चन्द्रेश्वर शाहले जानकारी दिए ।रुद्रवेणी–वामिटक्सार सडकखण्ड अन्तर्गत उर्लिखोलामा गत महिना आएको बाढीले उर्लिखोला बजारसँगै जोडिएको मुख्य सडक बगाएर लगिदिएपछि उक्त क्षेत्रमा विगत एक महिनादेखि सवारी आवागमन ठप्प भएको थियो ।
TheKingdomOfNepal.com: Gulmi District Mapसडक सुचारु भएसँगै उक्त सडकखण्ड अन्तर्गत बीचबीचमा रोकिएका बस, ट्रक तथा जिपलाई आवागमनमा सहजता पुगेको छ ।
बाढीले बगाएको मुख्य सडकलाई सुचारु गर्न ठूलो रकम लाग्ने भएका कारण यात्रुको समस्यालाई ध्यान दिँदै अहिलेलाई वैकल्पिक सडक निर्माण गरी यातायात सुचारु गरिएको इन्जिनियर शाहले बताए ।
जिल्लामा सबै भन्दा बढी सवारी साधन सञ्चालन हुने उक्त सडक लामो समयसम्म अवरुद्ध बनेपछि त्यस क्षेत्रका हजारौँ यात्रु समस्यामा पर्दै आएका थिए ।
source:http://www.onlinekhabar.com

अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

८ भदौ, काठमाडौं । अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने रायन राय भन्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ ।सर्लाही जमुनिया– २ घर भएका रायले अनलाइन जागिरमा लगाई आकर्षक तलब तथा भाडा खर्च, खाजा खर्चकोसमेत व्यवस्था गर्ने प्रलोभनमा ११ जनाबाट १६ हजार रूपैयाँ लिई बिनातलब छ महिनासम्म काम लगाएका थिए ।
arrestedपीडितले पटकपटक तलबको माग गर्दा आलटाल गर्दै झुलाइरहेपछि उनीहरुले आफूहरु ठगिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
कलङ्कीमा इन्टरनेसनल आइटी नेपाल प्रालि नामको अफिस सञ्चालन गरी उनले विभिन्न पत्रपत्रिकामा विज्ञापन निकाली ठगी गर्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
source:http://www.onlinekhabar.com

यसपालीको तीज ‘आइ ब्रो’ मा केन्द्रित !

८ भदौ, काठमाडौं । तीज नजिकिदै जादाँ महिलाहरुमा फेशनप्रतिको मोह पनि बढ्दै गएको छ । फेशनमा पहिरनमात्र नभएर शृङगारपनि समावेश हुन्छ । यदि तपाईंको पहिरन ठीक छ तर मेकअप ठीक छैन भने त्यसले तपाईंको फेशनलाई अपुरो राख्दछ । त्यसैले यस पटकको तीजमा यदि तपाईं समयसापेक्ष फेशन गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आˆनो ‘आइ ब्रो’ अर्थात आँखि भौंमा ध्यान दिनुहोस् । किनकी अहिले बजारमा आइ ब्रोको मेकअप गर्ने चलन सुरु भएको छ ।
Eyebrowsआइ ब्रो अनुहारको महत्वपूर्ण भाग हो । आइ ब्रोलाई बेलाबेलामा मिलाएको खण्डमा यसले तपाईको अनुहारको सान्दर्यतालाई अझ बढाउने गर्छ । त्यस्तै, आइ ब्रोले तपाईको अनुहारलाई निश्चित आकार प्रदान गरी अनुसारलाई आर्कषक बनाउँछ ।
पहिले पहिले बजारमा पालतो आइ ब्रो बनाउने चलन थियो । तर केही समय यता टिनेजर्स देखि उमेर गुज्रदै गएका महिलाहरुले समेत अहिले मोटो आई ब्रो बनाउन थालेका छन् ।
अझ आइ ब्रोलाईर् मोटो तथा बाक्लो देखाउन बजारमा आई ब्रो जेल ९न्भ ०िवा पाउडर बेस्ड जेल नै पनि किन्न पाइन्छ । त्यस्तै, खैरो तथा कालो रंगको पेन्सिल कलर समेत किन्न पाइन्छ । त्यस्ता जेल बजारमा विभिन्न सेेडमा उपलब्ध छन् । त्यस्ता जेलले सेड बनाउँदा आइ ब्रो को कलर चाँडै उड्दैन र लामो समयसम्म आइ ब्रो लाई टिकाइराख्छ ।
यो मेकअप जो कोहीले घरैमा बसेर गर्न सक्छ । त्यसको लागि पहिले आइ ब्रो लाई कोरेर त्यसमा ‘आइ ब्रो जेल’ वा पेन्सिल कलर लगाउदा उचित हुन्छ । त्यसमाथि पानीले समेत असर नगर्ने वाटरप्रुफ मस्काराको हल्का प्रयोगले आइ ब्रो नेचुरल देखिनुका साथै आकर्षक तथा बाक्लो देखिन्छ ।
त्यसरी आइ ब्रोको मेकअप गर्दा अनुहारमा एउटा लिपिस्टिक लगाएमात्र पनि त्यसले अनुहारलाई उज्यालो तथा चम्किलो बनाउँछ ।
source:http://www.onlinekhabar.com

प्रचण्डले भने- ठूलो सपना नदेखाऔं, जनसेवामा लागौं

८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई ठूलो सपना देखाउनु भन्दा जनसेवामा लाग्नुपर्ने बताएका छन् । उनले जनताको ध्यान तत्काल राहत पाउने कुरामा केन्द्रित भएको पनि बताए ।
Prachand-and-Kisan-Krantikaबुधबार माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
‘जनताको ध्यान तत्कालको राहतमा छ, हामीले ठूला सपना देखाउनु भन्दा पनि जनताको जीवनस्तर बदल्न राहत र प्रभावकारी जनसेवामा लाग्न जरुरी छ,’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने ।
उनले सिंहदरवारलाई व्यवस्थित गरेर राज्यका सबै अंगलाई जनहितमा बदल्नुपर्ने बताए ।
प्रधानमन्त्रीले सरकार जनताको जीवन बदल्न प्रयासरत रहेको भन्दै भने, ‘सिंहदरबारमै बसेर जनताको पक्षमा काम गर्ने सोंच छ । सिंहदरबारलाई व्यवस्थित गर्न सकियो भने प्रशासन संयन्त्र र राज्यका अंगहरुलाई जनताको हितमा बदल्न सकिन्छ ।’
आफूले चुनौतिपूर्ण अवस्थामा सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसलाई जनता र राष्ट्रको पक्षमा उपयोग गर्ने बताए ।
source:http://www.onlinekhabar.com

धरानदेखि गल्छीसम्मः सडक आयोजनामा गच्छदारको गडबडी

८ भदौ, काठमाडौं । पटक-पटक मन्त्री बन्दै आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको रोजाइको मन्त्रालय हो भौतिक योजना तथा पूर्वाधार । प्रचण्ड नेतृत्वको सरकारमा पनि गच्छदारले यो मन्त्रालयका लागि लविङ गरेका थिए, तर सफल भएनन् । आखिर गच्छदार किन भौतिक योजना मन्त्रालय नै ताक्छन् ? यसका पछाडिको एउटा रहस्य अनलाइनखबरले फेला पारेको छ ।
Gachchhadar n karkiगच्छदार भौतिक योजना मन्त्री भएका बेला विभिन्न ६ वटा सडक आयोजनामा ठेक्का लगाउँदा नीतिगत गडबडी गरेको पाइएको छ । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगिसकेको छ । यद्यपि अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पूर्वमन्त्री गच्छदारलाई के गर्छन्, त्यो भने हेर्न बाँकी छ ।
हेटौडा-धरान-चतरा सडक निर्माण आयोजना र गल्छी-स्याफ्रुबेशी सडक आयोजनामा ठेक्का लगाउँदा मन्त्रालय र सडक विभागका पदाधिकारीको मिलेमतोमा गडबडी भएको आशंका सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको छ ।
यो प्रकरणमा भौतिक योजना निर्माण तथा यातायात पूर्वमन्त्री विजयकुमार गच्छदार, सचिव अर्जुनकुमार कार्की र सडक विभागका महानिर्देशक माधवकुमार कार्कीको मिलेमतोमा अवैधानिक तरिकाले ठेक्का मापदण्ड सच्याइएको पाइएको छ ।
दुईवटा सडक निर्माण आयोजनालाई ६ वटा प्याकेज बनाएर ठेक्का आहृवान गर्दा सडक विभागले ६ वटा निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी मापदण्ड बनाएको देखिएको छ ।
सच्याइएको मापदण्ड अनुसार यसअघि त्यस्तै प्रकृतिको कुनै ठेक्का लागेको छैन भने उक्त मापदण्डले आगामी दिनमा अर्को त्यस्तो आयोजनाका लागि समेत बोलपत्र आहृवान गर्न सकिँदैन ।
यस्तै ठेक्कामा विदेशी कम्पनीले एक्लै प्रतिस्पर्धा गर्न नसक्ने बनाइएको छ र छानिएका ६ वटै निर्माण व्यवसायीलाई ठेक्का दिलाइएको छ ।
ठेक्काका लागि मापदण्ड निर्माण समितिमा रहेका एक पदाधिकारीका अनुसार मन्त्री सचिव र महानिर्देशकले एकमुष्ट १ अर्ब ८१ करोड अर्थात कुल ठेक्का रकमको ७.५ प्रतिशत कमिशन पाउने सर्तमा ठेक्का मापदण्ड परिवर्तन गरिएको हो ।
कुन- कुन आयोजनामा भयो चलखेल ?
विभिन्न ६ वटा आयोजनामध्ये एउटा धरान-चतरा सडक खण्ड अन्तरगत १४० किलोमिटरको सिन्धुली हेटौडा सडक खण्ड रहेको छ । कुल ६ अर्ब ५० करोड ठेक्का मूल्य रहेको यो आयोजना विदेशी कम्पनीसँग कालिका स्वच्छन्द जेभीलाई ठेक्का पारिएको छ ।
त्यसैगरी धरान-सिन्धुली सडक खण्डअन्तरगतकै अर्को १३० किमीको आयोजनाको ठेक्का मूल्य ६ अर्ब ५० करोड रहेको छ । यो आयोजनामा विदेशी कम्पनीसँग शर्मा-लामा जेभीलाई ठेक्का दिइएको छ ।
यस्तै धरान-सिन्धुली-चतरा सडक आयोजना अन्र्तगत पर्ने ४३ वटा पुलका लागि ४ अर्बको ठेक्का दिइएको छ । यो पुलका लागि विदेशीसँग रसुवा जेभीले ठेक्का पाएको छ । त्यहाँ निर्माण गर्नुपर्ने ४३ वटा पुलको लम्बाइ २७०० मिटर छ ।
यस्तै गल्छी-त्रिशुली-स्याफ्रुबेंशी-रसुवागढीको ८२ किलोमिटर लामो सडक आयोजनामध्ये ३६ किमीको ठेक्का विदेशी कम्पनीसँग तुण्डी जेभीले पाएको छ । त्यसअन्र्तगत पर्ने ३३ पुलका लागि विदेशीसँग अनक जेभीले ठेक्का पाएको छ ।
यो आयोजनाको ८२ किमीमध्ये बेत्रावती-मैलुङ-स्याफ्रुबेंसी खण्डको २८ किलोमिटर बाटो नेपाली सेनालाई दिइएको छ भने बाँकी १८ किमी सडक विभागले नै बनाउने गरी छुट्टै आयोजना अन्तरगत राखिएको छ ।
आशंका गर्नुपर्ने ८ आधार
गच्छदारको कार्यकालमा यी आयोजनाहरुमा नीतिगत हेरफेर गरेर आफूले इच्छाएका ६ वटा ठेकेदार कम्पनीलाई ठेक्का पारिनुले केही आशंका जन्माएको छ ।
आशंका नं १
टेण्डर आहृवान गर्दा खरिद ऐन ०६३ मा कुनै अप्ठेरो परे ठेक्का आहृवानसम्वन्धी मापदण्ड प्रधानमन्त्री कार्यालय मातहतमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले बनाउन सक्ने व्यवस्था छ । तर, यी ठेक्काहरु लगाउँदा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई थाहै नदिई मापदण्ड परिवर्तन गरिएको पाइएको छ ।
खरिद अनुगमन कार्यालयले ०७१ सालमा खरिद ऐन २०६३ का आधारमा मापदण्ड बनाएको थियो । त्यसयता सोही मापदण्ड अनुसार नै टेण्डर लगाइँदै आएको छ । तर, यी आयोजनाहरुमा सडक विभागले सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आहृवान नगरेर छुट्टै मापदण्ड बनाएको देखिन्छ । त्यो पनि एउटा छुट्टै योजनाका लागि मात्रै लागु हुने गरी मापदण्ड बनाइएको छ ।
अन्य आयोजनामा भने विभागले पनि खरिद ऐन ०६३ ले व्यवस्था गरेअनुसारको मापदण्डबाटै बोलपत्र आहृवान गर्ने गरेको थियो । आगामी ठेक्कामा पनि त्यही नियम आकर्षित हुँदै आएको छ । तर, उल्लेखित ६ वटा ठेक्काका लागिमात्रै कानुन विपरीत किन मापदण्ड परिवर्तन गरियो ? यसको प्रश्न विभागले दिन नसक्दा आशंका जन्मिएको छ ।
आशंका नं २
खरिद अनुगमन ऐनअन्तरगतको नेशनल बिडिङ कम्पिटिसनको मापदण्डले ६ करोडभन्दा बढी मूल्यको ठेक्कामा विदेशी कम्पनीले एक्लै प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरेको छ । तर, यी आयोजनाहरुमा नेपालका ६ वटा ठेकेदार कम्पनीलाई जबरजस्ती घुसाइएको छ ।
विदेशी कम्पनीले एक्लै बिडिङ गर्न पाउने पुरानो प्रावधानलाई रोक्न सडक विभागले मन्त्रिपरिषदमा प्रस्ताव लगेर उक्त सडक आयोजनामा विदेशी कम्पनीले एक्लै भाग लिन नपाउने निर्णय गरेको देखिन्छ ।
मन्त्रिपरिषदको गत जेठ ७ गतेको बैठकको निर्णयले गल्छी स्याफ्रुबेंसी र हेटौँडा-धरान-चतरा सडक आयोजनाका लागि विदेशी एक्लैले प्रतिस्पर्धा गर्न नपाउने र उसले नेपाली कम्पनीसँग अनिवार्य जेभी गर्नुपर्ने निर्णय गरेको देखिन्छ ।
भइरहेको नियमभन्दा विपरीत मन्त्रिपरिषदबाट निर्णय गराएर नेपाली कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गर्नु र विदेशी कम्पनीले अनिवार्य रुपमा नेपाली कम्पनीहरुसँग जेभी गर्नुपर्ने व्यवस्था गर्नुले अनियमितताको आशंका जन्माएको स्रोतको दाबी छ ।
आशंका नं ३
कानुनतः खरिद अनुगमन ऐनसँग बाझिने गरी ठेक्का आहृवानका लागि कुनै पनि मापदण्ड बनाउन मिल्दैन । तर, सडक विभागले पहिले मन्त्रिपरिषदमा लगेर सार्वजनिक खरिद ऐन विपरीत विदेशी कम्पनी एक्लैले ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने र नेपाली निर्माण व्यवसायीसँग जेभी गर्नुपर्ने निर्णय गराएको छ ।
र, उक्त निर्णयको अपव्याख्या गर्दै विभागले ठेक्कामा प्रतिस्पर्धा गर्ने व्यवसायी र्फमले विदेशीसँग जेभी गर्दा कम्तिमा २५ प्रतिशत शेयर लगानी गर्नुपर्ने र सातदेखि १० वर्षको अनुभव भएको प्रमाण पेश गर्नुपर्ने नयाँ शर्तसमेत तोकेको छ ।
विभागले आफुले चाहेका ६ वटा निर्माण व्यवसायी फार्मसँग मात्र मेलखाने गरी मापदण्ड बनाएर बोलपत्र आहृवानका लागि सूचना प्रकाशित गरेको छ ।
मन्त्रिपरिषदले विदेशी कम्पनीलाई सिधै प्रतिस्पर्धा गर्न रोके पनि नेपाली व्यवसायीलाई समान रुपमा प्रतिस्पर्धा गर्न दिनुपर्ने आशय व्यक्त गरेको छ । तर, आयोजनामा ६ वटाभन्दा बढी कम्पनीले भाग नै लिन नसक्ने गरी मापदण्ड बनाएर इच्छाएको कम्पनीलाई ठेक्का पारिएको देखिन्छ ।
आशंका नम्बर ४
निर्माण व्यवसायी ऐनले नेपाली निर्माण व्यवसायीले विदेशी कम्पनीभन्दा साढे ७ प्रतिशत बढी दर दिँदासम्म उक्त ठेक्का नेपालीले व्यवसायीलाई दिनुपर्ने व्यवस्था गरिदिएको छ । तर विभागले मापदण्डमा जम्मा खर्चको २५ प्रतिशत शेयर नेपाली पाटर्नरले हाल्नुपर्ने व्यवस्था गरिदिएको छ ।
एउटा नेपाली ठेकेदारले कुल १५ अर्बका लागि ३ अर्व ७५ करोड शेयर हालेर काम गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको पाइएको छ । यस्तो मापदण्ड अनुसार ६ वटा नेपाली निर्माण व्यवसायी र्फमले मात्रै प्रतिस्पर्धा गर्न सक्ने स्थिति बनाइएको छ ।
विदेशीलाई सिधै प्रतिस्पर्धा गर्न नदिने, जेभी गर्नुपर्ने र नेपालीसँग जेभी गर्दा केही सीमितसँगमात्रै जेभी गर्नुपर्ने बाध्यता खडा गरिनु आफैंमा शंका गर्नुपर्ने विषय हो । त्यसमा ६ वटा व्यवसायी फार्मले ६ वटा आयोजनामा जति ठेक्का हाल्यो, त्यतिमै स्वीकृत हुने स्थिति आउनु आफैंमा अनुसन्धानको विषय हो ।
प्रतिस्पर्धा गराएको भए धेरै फार्महरुमध्येबाट छनोट गर्न सकिन्थ्यो र ठेक्का घटी घटाउमा जान्थ्यो ।
आशंका नं ५
सडक विभागले नयाँ मापदण्ड बनाएर नेपाल निर्माण व्यवसायी संघ अनामनगरलाई पत्र पठायो, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई जानकारी दियो, भौतिक मन्त्रालयलाई जानकारी दियो, प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवलाई दियो । प्रधानमन्त्रीको निजी सचिवालयलाई पनि जानकारी दियो । तर, यो मापदण्ड बनाउनुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयलाईं भने नयाँ मापदण्ड बनाएकोबारे कुनै पत्तो दिएन ।
जुन निकायसँग सम्बन्धित ऐन र मापदण्ड थियो, उक्त कार्यालयसँग परामर्श नै नगरी र उसलाई जानकारी नै नदिई नयाँ मापदण्ड बन्नुका पछाडि शंका बढेको छ ।
आशंका नं ६
खरिद अनुगमन कार्यालयले विभागमा पत्र पठाएर ०७२ को पत्र दर्ता गर्न पटक-पटक सडक विभागमा अनुरोध गर्दा पनि सडक विभागका महानिर्देशकले च्यातेर फ्याँकेको बताइन्छ ।
खरिद अनुगमन कार्यालयले पास गरेको स्ट्याण्डर्स बिडिङ्ग डकुमेण्टमा खरिद अनुगमन कार्यालयले पास गरेर राखेको डकुमेन्टमा दफा २.४.२ कन्ट्रयाक अफ सिमिलर साइज एण्ड नेचरमा जेभी पार्टनरको हकमा नट एप्लिकेवल भनेकोमा २५ प्रतिशत राख्नुपर्ने कारण के र त्यो अधिकार विभागले कसरी पायो ? विभागले त्यसको जवाफ दिएको छैन ।
आशंका नं ७
विभागले चलन चल्तीमा रहेको मापदण्डलाई मारिमार्जन गरी एउटा ठेक्काका लागिमात्र आफू अनुकुलको मापदण्ड बनाएको छ । तर, अन्य विभागहरु सिंचाइँ विभाग, सहरी विकास विभाग, दुरसञ्चार संस्थान लगायत अरु कुनै पनि निकायले खरिद अनुगमन कार्यालयको नियम पालना गरी बोलपत्र माग्ने गरेको छ । तर, मापदण्ड तयार गर्दा ६ वटा ठेक्कामा ६ वटा नेपाली निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न सक्ने र विदेशी कम्पनीले ६ नेपाली कम्पनीसँग मात्र जेभी गर्न सक्ने गरी मापदण्ड बनाएको छ ।
कुनै पनि ठेक्कामा प्रतिस्पर्धा नहुनु र जति ठेक्का संख्या छ, त्यति संख्याका निर्माण व्यवसायी फार्मले मात्रै एक्लाएक्लै दरभाउ प्रस्ताव गर्नुले आर्थिक अनियमिताको आशंका बढाउँछ ।
आशंका नं ८
खरिद अनुगमन कार्यालयले ०७२ भदौ १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर विभागले ठेक्का लगाउँदा कानुन उल्लंघन गरेको ब्यहोरा जानकारी गराएको छ ।
विभागले आफ्नै मापदण्ड बनाएको सन्दर्भमा आयोगले खरिद अनुगमन कार्यालयसँग राय मागेको थियो ।
खरिद अनुगमन कार्यालयले अख्तियारलाई पत्रमा लेखेको छ, ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको निर्माण खरिद सम्वन्धी नेशनल कम्पिटिशन बिडिङ-एनसीबीको सेक्सन ३ अन्तरगत जोइन्ट भेन्चरको हकमा बोलपत्रदाता सहभागी भएको छ ।’
अख्तियारलाई देखाइएको पत्रमा अगाडि भनिएको छ- ‘कुनै एकको अनुभव भए पुग्ने प्रष्ट व्यवस्था भएकाले यस सम्वन्धमा सार्वजनिक निकायले बोलपत्र काजजात तयार गर्दा उक्त प्रावधान विपरीत हुने गरी सबैको अनुभव चाहिने भनी प्रावधान राख्न सकिने र यसरी गरिएको परिवर्तन सारभूतरुपमा फरक भएको समेत मानिनेछ ।’
source:http://www.onlinekhabar.com

नेपाल महिला संघको तेस्रो महाधिवेशन भदौ २९ मा

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले भदौ अन्तिम साता तेस्रो महाधिवेशन गर्ने घोषणा गरेको छ ।
Nepal-Mahila-Sanghबुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले तेस्रो महाधिवेशन भदौ २९, ३० र ३१ गते काठमाडौंको भृकुटीमण्डपमा गर्ने जानकारी दिएको हो ।
नेपाली कांग्रेसले महिला संघको महाधिवेशन सम्पन्न गर्न एनपी साउदको नेतृत्वमा निर्देशन समिति गठन गरेको छ ।
संघले यसपटकको महाधिवेशनको लागि ‘महिला शशक्तिकरणका चार निकासः समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ मुल नारा तय गरेको छ ।
संघकी अध्यक्ष डा. डिला संग्रौलाले संविधानले व्यवस्था गरेको ३५ प्रतिशत अधिकारको परिधि साँघुरो रहेकाले नयाँ निष्कर्षसहित नयाँ नेतृत्व चयन गर्ने बताइन् ।
केन्द्रमा ३५ प्रतिशत, प्रान्तमा ४० प्रतिशत र स्थानिय तहमा ५० प्रतिशत अधिकारको व्यवस्था हुनुपर्ने र तेस्रो महाधिवेशनले अधिकारको प्रतिशतको बिषयमा आवाज उठाउने उनले जानकारी दिइन् ।
तेस्रो महाधिवेशनमा २२ सय ४४ जना प्रतिनिधिले भाग लिने बताइएको छ । संघले महाधिवेशनको उदघाटन र बन्दसत्र भुकृटीमण्डपमा तथा निर्वाचन कार्यक्रम राष्ट्रिय सभागृहमा गर्ने तय गरेको छ ।
source:http://www.onlinekhabar.com

Tuesday, August 23, 2016

पूर्वमा सर्पदंशको घटना बढ्यो, पहाडी जिल्लामा पनि बिषालु सर्पको विगविगी

७ भदौ, विराटनगर । उखरमाउलो गर्मी र वर्षा मौसमका कारण पूर्वी जिल्लाहरुमा सर्पदंशका घटना बढेका छन् । बिशेष गरी यो मौसम सर्पको चलखेल गर्ने समय भएकाले घटना बढेका हुन् ।
सरकारले तराई क्षेत्रका स्वास्थ्य संस्थालाई मात्र सुचिकृत गरी ‘एन्टि स्नेक भेनम’ प्रदान गरेपनि पछिल्लो समय आश्चर्यजनक रुपमा पहाडी जिल्लामा सर्पको टोकाइका घटना वढेको पाइएको छ ।
Hospitalपुर्वी नेपालमा प्रत्येक वर्ष सर्पदंशका घटनामा क्रमिक रुपमा बृद्धि भइरहेको सरकारी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कोशी अंचल अस्पताल विराटनगरका अनुसार अस्पतालमा अहिले सर्पको टोकाइवाट घाइते उपचारका लागि आउने समेत ह्वातै बढेको छ । अस्पतालका अनुसार अहिले दैनिक १५ देखि २० जनाको संख्यामा सर्पदंशका बिरामी भर्ना हुने गरेका छन् । ‘यो संख्या अहिलेको अवस्थामा अधिक हो ।’ अस्पतालको आकस्मिक कक्षमा इन्चार्ज रघुनन्दन अधिकारीले भने ।
अधिकारीका अनुसार उपचारका लागि भर्ना भएकामध्ये १० प्रतिशत घाइते विषलु सर्पले टोकेका हुने गरेका छन् । कोशी अञ्चल अस्पतालका उपचारका लागि भर्ना भएका बिरामीको उपचारका क्रममा भने हालसम्म मृत्यु नभएको जनाएको छ ।
अस्पतालमा मोरङ जिल्ला लगातय छिमेकी जिल्लावाट समेत सर्पका टोकाइबाट घाइते भएका विरामी आउने गर्छन । अस्पताल प्रशासनले दिएको जानकारीअनुसार गएको वैशाखदेखि हालसम्म अस्पतालमा ५ सय ४३ जना सर्पको टोकाइवाट घाइते वनेका मानिस उपचारका लागि भर्ना भएका छन् ।
अस्पताल प्रशासनका अनुसार अस्पतालमा हाल सर्पको टोकाइबाट घाइते भएका विरामीलाई प्रदान गरिने ‘एन्टी स्नेक भेनम’ पर्याप्त मौजाद रहेको छ । अस्पतालको तथ्याङ शाखाले दिएको जानकारी अनुसार हाल अस्पतालमा अहिले २ सय ५० भायल ‘एन्टी स्नेक भेनम’ स्टक छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार आर्थिक वर्ष ०७१/०७२ मा ४ सय जना सर्पका टोकाइबाट घाइते भएका थिए । कार्यालयको तथ्याङ्क शाखाका कर्मचारी दिपक भट्टराईका अनुसार आर्थिक वर्ष ०७२/७३ मा भने यो संख्या वढेर ४ सय ७ जना पुगेको छ ।
नेपाल रेडक्रस उपशाखा दमकद्धारा झापाको दमकमा संचालित सर्पदंश उपचार केन्द्रमापनि सर्पको टोकाईवाट घाइते हुनेको संख्या ह्वातै वढेको पाइएको छ । केन्द्का इन्चार्ज देविप्रसाद भण्डारीका अनुसार वैशाखदेखि साउन महिनासम्म ६ सय ४५ जना उपचारका लागि भर्ना भएका छन् । भण्डारीका अनुसार दैनिक ६ देखि १० जनाको संख्यामा सर्पले टोकेर घाइते भएका मानिस उपचारका लागि भर्ना हुने गरेका छन् । उपचारमा भर्ना हुने गरेका मध्ये ४६ जना विषालुसर्पले टोकेर घाइते भएका थिए । आर्थिक वर्ष ०७२/०७३ मा सो केन्द्रमा १ हजार २ सय ८ जना भर्ना भएका थिए ।
पहाडी क्षेत्रमा विषालु सर्पको विगविगी
पछिल्लो समय तराईको तुलनामा पुर्वी पहाडी जिल्लाहरुमा विषालु सर्पको विगविगी देखिएको छ । प्रायः तराईका जिल्लामा मात्र सर्पको टोकाई वढी हुने भनिएपनि पुर्वी पहाडी जिल्लामा विषालु सर्पको विगविगी वढेको पाइएको हो ।
सरकारले पनि तराईका निश्चित स्वास्थ्य संस्थालाई मात्र सूचिकृत गरी सम्वन्धित जनस्वस्थ कार्यालयबाट निशुल्क रुपमा ‘एन्टी स्नेक भेनम’ प्रदान गदै आएको छ । यद्यपी सरकारी तथ्याङ्कले नै पुर्वी पहाडी जिल्लामा केही वर्ष यताबाट विषालु सर्पको विगविगी वढेको देखाएपनि पहाडी जिल्ल्ााका स्वास्थ्य संस्थालाई अहिलेसम्म पनि सरकारले ‘एन्टि स्नेक भेनम’ प्रदान गरेको छैन ।
पूर्व अञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार पुर्वाञ्चलमा आर्थिक वर्ष ०७२/०७३ मा ३ सय ८९ जना सर्पको टोकाइबाट घाइते भएका छन् । सो अवधिमा १ सय ३ जना विषालु सर्पको टोकाइबाट घाइते भएका छन । जसमा सवै भन्दा वढी ताप्लेजुङका छन् ।
निर्देशनालका तथ्याङ शाखाका डाटा इन्टि्रकलर महेश यादवका अनुसार ताप्लेजुङमा सो अवधिमा ३२ जना विषलु सर्पको टोकाइबाट घाइते भएका छन् । सोही अवधिमा अर्को पहाडी जिल्ला सोलुखुम्वुमा विषलु सर्पको टोकाईवाट २८ जना मानिस घाइते भएका छन् ।
सर्पको टोकाइबाट घाइते हुनेहरुको सङख्या उल्लेख्य रहेको बताइएपनि मृत्यु हुनेहरुको तथ्यांक भने कसैसँग छैन । जिल्ला जनस्वास्थ्य कार्यालय वा उपल्लो निकाय क्षेत्रीय स्वास्थ्य निर्देशनालले समेत मृत्युको तथ्याङ्क लुकाउने गरेका छन् ।
सरकारी कार्यालयको तथ्यांक नै मिल्दैन
सर्पको टोकाइबाट वर्षेनी मानिस घाइते भएको तथ्यांक सार्वजनिक हुने गरेपनि सरोकारवाल निकायबीचको तथ्याङकमा एकरुपता पाइदैन । स्थानीय स्वास्थ्य संस्था, सम्वन्धित जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयबीचको तथ्यांमा व्यापक फरक पाइएको छ ।
कोशी अञ्चल अस्पताल विराटनगरले वैशाखदेखि हालसम्म पाँच महिनामा ५ सय ४३ जना मानिस सर्पदंशका बिरामी अस्पताल भर्ना भएको जनाएको छ । यता जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको तथ्यांकमा भने आर्थिक वर्ष ०७२/७३ को एक वर्षमा जिल्लामा ४ सय ७ जना सर्पको टोकाइबाट घाइते भएको उल्लेख छ ।
त्यस्तै पूर्वक्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकमा एक वर्षमा पुर्वाञ्चलमा मात्र ३ सय ८९ जना सर्पको टोकाइबाट घाइते भएको उल्लेख छ । निर्देशनालयको यो संख्या कोशी अञ्चल अस्पतालको पाँच महिनाको तथ्याङक भन्दा २ सय २५ जना हो ।एन्टि स्नेक भेनम’ स्टक पर्याप्त
पुर्वी नेपालमा सर्पको टोकाइबाट विष निर्मुलीकरण गर्न प्रयोग गरिने ‘एन्टि स्नेक भेनम’ प्रयाप्त मात्रमा मौज्दात रहेको कार्यालयले जनाएको छ । पूर्व क्षेत्रमा ‘एन्टि स्नेक भेनम’ वितरण गदै आएको पूर्व क्षेत्रीय मेडिकल स्टोर विराटनगरका अनुसार अहिले कुनैपनि सूचीकृत स्वास्थ्य संस्थामा ‘एन्टि स्नेक भेनम’ अभाव छैन । ‘अहिलेको अवस्थामा हामीसँग पर्याप्त मात्रमा ‘एन्टि स्नेक भेनम’ स्टक छ । कुनैपनि सूचीकृत स्वास्थ्य संस्थामा समयमै हामीले भेनम समेत सम्वन्धित जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत पठाइसकेका छौ ।’ कार्यालयका प्रमुख भरत शाहले भने । शाहका अनुसार केन्द्रवाट पठाएको १८ सय भेनम क्षेत्रीय मेडिकल स्टोरमा मौज्दात छ ।
सरकारले पूर्वी नेपालमा नेपाली सेनाद्धारा संचालित झापाको चारआली, सुनसरीको इटहरीस्थित पूर्वी पृतना, गाइघाटस्थित नेपाली सेनाको व्यारेक, सिराहाको चौहर्वा सहित नेपाल रेडक्रस उपशाखा दमकद्धारा दमकमा संचालित गरी १४ वटा स्वास्थ्य संस्थालाई सर्पको टोकाइवाट घाइते हुनेको उपचार केन्द्रको रुपमा तोकेको छ ।
source:http://www.onlinekhabar.com

एलडीओले सकेनन् जिल्ला सम्हाल्न, रुपन्देहीको पुनर्संरचना लथालिङ्ग

७ भदौ, भैरहवा । स्थानीय निकायको सीमाना निर्धारण गर्न गठित आयोगमा ७५ जिल्लाका प्राविधिक समितिहरुको प्रतिवेदन आइपुग्नुपर्ने म्याद सकिन अब एकसाता बाँकी छ । तर, रुपन्देही जिल्लालाई मात्र हेर्ने हो भने अबको एक सातामा प्रतिवेदन बन्ने कुनै छाँटकाँट छैन ।
Rupandehiजिल्लामा गठित प्राविधिक समितिको नेता जिविसका एलडीओलाई बनाइएको छ, तर उनलाई दलका नेताहरुले टेर्ने गरेका छैनन् । कर्मचारीले पनि नेताहरुलाई दाउन सकेका छैनन् ।
एलडीओ र राजनीतिक दल दलका नेताहरुवीच भइरहेको यस्तो खिचातानीका कारण रुपन्देहीमा स्थानीय निकायको सीमांकनसम्बन्धी कुनै पनि काम हुन सकेको छैन ।
स्थानीय तह पुनः संरचना प्राविधिक समितिका संयोजक एवं रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले दलहरुवीच सहमति नभएका कारण पुनः संरचनाको काम गर्न नसकिएको बताए ।
तर, एलडीओले दलहरुमाथि यस्तो आरोप लगाए पनि नेकपा एमालेका रुपन्देही उपसचिव राजेन्द्रप्रसाद पन्थी भने एलडीओ सुवेदीकै लापरवाहीका कारण जिल्लामा काम हुन नसकेको बताउँछन् ।
एलडीओ सुवेदीचाँहि स्थानीय निकायको पुनसंरचनाबारे केन्द्रमै सहमति हुनुपर्ने बताउँछन् । केन्द्रमा सहमति भए आफ्नो जिल्लामा एक हप्तामा काम सक्ने उनको दाबी छ ।
‘हामीले स्थानीयस्तरमा सांसद, राजनीतिक दल तथा अन्य सरोकारवाला सबैसँग राज्य पुनः संरचनाको छलफलका लागि पूर्वतयारी बैठक बसिसकेका छौँ र समन्वय गर्दैछौँ’ प्राविधिक समितिका संयोजक सुवेदीले अनलाइनखबरसँग भने- केन्द्रमा सहमति भए लगत्तै हामीले एक हप्तामा काम सक्छौं ।’
५४ स्थानीय निकायलाई १३ मा झार्न सकस
हाल रुपन्देही जिल्लामा एउटा उपमहानगरपालिका, ५ वटा नगरपालिका र ४८ वटा गाविससमेत गरी ५४ स्थानीय निकाय छन् । यी सबैलाई काटकुट पारेर १३ वटा बनाउनुपर्ने आयोगको प्रस्ताव छ ।
आयोगको प्रस्तावअनुसार रुपन्देही र मोरङ सबैभन्दा बढी स्थानीय निकाय रहने जिल्लामा पर्छन् । यी दुबै जिल्लाले १३ वटा स्थानीय तहको मापदण्ड पाएका छन् ।
प्रत्येक जिल्लामा एलडीओको अध्यक्षतामा गठन गरिएको प्राविधिक समितिलाई काम सम्पन्न गरी प्रतिवेदन पेस गर्न साउन मसान्तसम्मको समय दिइएको थियो । उक्त समय अवधिमा काम नसकिएपछि सरकारले भदौ १५ सम्म समय थपेको छ ।
तर, दलहरुवीच अबको एक दुई दिनभित्रै सहमति नभएका थपिएको म्यादमा समेत जिल्ला-जिल्लाबाट आयोगमा प्रतिवेदन नपुग्ने अवस्था देखिएको छ ।
विशेष गरी तराईका जिल्लामा मधेसवादी दलहरुले प्राविधिक समितिको काममा ‘डिस्टर्ब’ गरिरहेका छन् । सरकारी कर्मचारीले पनि यसैलाई निहुँ बनाएर काम अगाडि नबढाई हात बाँधेर बसिरहेका छन् ।
आयोगको मातहतमा ७५ जिल्लामा गठन गरिएको स्थानीय तह पुनसंरचना प्राविधिक समितिको संयोजकमा स्थानीय विकास अधिकारी रहन्छन् भने सदस्यहरुमा जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि, जिल्ला प्राविधिक कार्यालयका प्रतिनिधि, मालपोत अधिकृत, नापी अधिकृत रहन्छन् ।
त्यस्तै जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत पनि समितिको सदस्य रहन्छन् । वन कार्यालयका प्रतिनिधि र तथ्यांक कार्यालयका प्रमुख आमन्त्रित सदस्यका रुपमा रहन्छन् । प्राविधिक समितिले आवश्यकता हेरी अन्य सरकारी कार्यालयका प्रतिनिधिलाई पनि वैठकमा आमन्त्रण गर्न सक्छ ।
यसैवीच स्थानीय निकायको संख्या र सीमा निर्धारणबारे रुपन्देही जिल्लामा के भइरहेको छ र के हुनुपर्छ भन्ने प्रश्न अनलाइखबरले रुपन्देहीका केही नेतालाई सोधेको छः
एलडीओले चासो देखाएनन् , १३ स्थानीय तह नै ठीक छ
राजेन्द्रप्रसाद पन्थी, उपसचिव, नेकपा एमालेस्थानीय तह पुनसंरचनासम्बन्धी आयोगको काम लागि जिल्लामा एकपटक प्राविधिक चरणको बैठक बसिएको थियो । स्थानीय विकास अधिकारीले (एलडीओ) फेरि ४/५ चरणको बैठक हुन्छ भन्दै बैठकका विषयमा जानकारी गराउँछु भन्दै हुनुहुन्थ्यो । त्यसपछि खै के हो के हो ? बैठक बसिएको छैन । एलडीओले आयोगको कामप्रति चासो दिनुभएको छैनजस्तो लाग्छ ।
रुपन्देहीको हकमा गहृकार्य गर्दा आयोगले प्रस्ताव गरेका १३ वटा स्थानीय निकाय नै पायक पर्छ । यसले जनतालाई असुविधा हुँदैन । आयोगले जुन मापदण्ड बनाएको छ, त्योभन्दा बढी बनाउने सम्भावना देखिँदैन ।
धेरै गाउँपालिका र नगरपालिका बनाउँदा खर्चको भार हुन्छ । जनताको सुविधाको हकमा रुपन्देहीमा १३ वटा स्थानीय निकाय नै ठीक छ ।
हाम्रो पार्टी नेकपा एमालेका तर्फबाट हामीले जिल्लामा १ उपमहानगरपालिका र २ वटा महानगरपालिको धारणा राखेका छौँ । यसो गर्दा १३ स्थानीय निकायमध्ये गाउँपालिकाको संख्या १० हुन सक्छ ।
रुपन्देहीलाई २० वटा स्थानीय निकाय चाहिन्छ
दीपक क्षेत्री न्यौपाने , कोषाध्यक्ष, नेपाली कांग्रेसआयोगको काम देशका अन्य जिल्लाहरुमा जस्तै रुपन्देहीमा पनि ढीलो भएको छ । यस विषयमा हामीले गम्भीरतापूर्वक छलफल गरिरहेका छौँ र छिट्टै नै ठोस निर्णयमा पुग्छौँ ।
देशमा ५६५ वटा स्थानीय निकाय थोरै भयो, यसलाई बढाउनु पर्छ । हाम्रो रुपन्देही जिल्लामा पनि आयोगले १३ वटा स्थानीय निकायको प्रस्ताव गरेको छ ।
यतिले पुग्दैन, यो थोरै भयो । यसलाई बढाएर १८/२० वटा पुर्‍याउनुपर्छ ।
हाम्रो पार्टीको धारणा केही दिनमा आउँछ
चोपलाल आचार्य, नेकपा माओवादी केन्द्रमाथिबाट आयोगले जुन खाका पठाएको छ, त्यो खाकामाथि नै सहमति हुन सकेको छैन । त्यसैले यहाँ जिल्लाको छलफलमा समय लागेको हो । माथिबाट टुङ्गो लागेर आएको भए यहाँ सहज तरिकाले छलफल हुन्थ्यो ।
पहिलाको संरचनाअनुसार जिल्लामा १३ वटा स्थानीय निकाय प्रस्ताव गरिएको छ । तर, रुपन्देहीको हकमा अलि संख्या बढाउनुपर्ने देखिन्छ ।
यसका लागि हाम्रो पार्टीले जिल्लामा एउटा समिति नै बनाएको छ, त्यो समितिले अब केही दिनमै पार्टीको धारणा बुझाउँछ ।
संविधान संशोधन नभएसम्म काम हुन दिन्नौँ
अजय बर्मा, अध्यक्ष, तमलोपासंविधान संशोधन नभएसम्म हामीले जिल्लामा आयोगको काम हुन दिँदैनौँ । यसको संख्यातिर हामीले अहिले केही विचार गरेका छैनौँ । संविधान संसोधन भएपछि मात्रै यस विषयमा छलफल गछौँ ।
मधेसमा ५० हजारको जनसंख्या भएको स्थानलाई गाउँपालिका बनाउने र पहाडमा १५ हजार जनसंख्या भएको स्थानलाई पनि गाउँपालिका बनाउने यो विभेदपूर्ण छ ।
संविधान संशोधन नभएसम्म हामीले राज्य पुनः संरचनाको काम अगाडि बढाउन दिदैनौँ ।
source:http://www.onlinekhabar.com

इशान अस्पतालमा श्यामकृष्णले गुमाए एकमात्र सन्तान, लापरवाही भन्दै आफन्तले गरे तोडफोड

७ भदौ, काठमाडौं । उपचारको क्रममा बालकको मृत्यु भएपछि बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा तोडफोड भएको छ ।
अस्पतालमा भर्ना भएका तारकेश्वर नगरपालिका धर्मस्थलीका साढे ३ वर्षीय बालक बीकृष्ण महर्जनको मंगलबार विहान मृत्यु भएको थियो ।
Ishan-Child-and-Woman-Hospiबालक बीकृष्ण श्यामकृष्ण महर्जनको एकमात्र सन्तान हुन् । अभिभावकले बच्चाको शव बुझ्न अस्वीकार गरेका छन् ।
अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै पीडित पक्षले विरोध प्रदर्शन गर्दै अस्पतालमा ढुंगामुढा गरेका थिए । ढुंगा लागेर अस्पतालको सिसा फुटेको छ ।
सामान्य रुघा, ज्वरो र बान्ताबाट पीडित बालक वीरकृष्णलाई अभिभावकले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगञ्जमा उपचारका लागि ल्याएका थिए । तर, चिकित्सकहरुले महाराजगञ्जमा बेड खालि छैन भनेपछि अभिभावकहरुले सोमबार राति एक बजेतिर इशान अस्पताल लगेका थिए ।
इशान लग्दासम्म बालकको अवस्था सामान्य रहेको बालकका बाबु श्यामकृष्ण महर्जनको दावी छ । अस्पतालले उक्त बालकलाई राती एक बजे नै आइसीयुमा भर्ना गरेको थियो । तर, विहान ६ बजे अस्पतालले बालकको मृत्यु भएको खबर दियो ।
‘भर्ना गरेदेखि नै अस्पतालले हामीलाई बच्चा भेट्न दिएको थिएन, विहान एक्कासी मर्‍यो भनेर खबर गर्‍यो’, मृतक बालकका काका दीलबहादुर महर्जनले भने, ‘डाक्टरहरुको लापरवाहीले यस्तो भएको हो ।’
यता अस्पताल प्रशासनले भने बालकलाई अस्पताल ल्याउँदादेखि नै उनको स्वास्थ्यमा गम्भीर समस्या आएको बताएको छ ।
अस्पतालका प्रशासक विपिन जंगमले इशान अस्पतालमा ल्याउँदाखेरि नै बच्चामा अक्सिजनको मात्रा कम भएको र निमोनिया मुटुसम्म फैलिएकाले बचाउन नसकिएको बताए ।
‘बच्चा सिरियस थियो । अक्सिजन लगाएरै अस्पताल ल्याउनु पर्दथ्यो । तर उहाँहरुले ट्याक्सीमा ल्याउनु भएछ,’ जंगमले अनलाइनखबरसँग भने, ‘बिहान सामान्य सुधार भएजस्तो देखिएको थियो । तर पनि एक्कासीले बेथाले च्यापेर बच्चाको मृत्यु भयो ।’
अस्पतालका चिकित्सक दीपेश्वर नेपालले पनि कडा निमोनियाका कारण बालकको मृत्यु भएको बताएका छन् ।
अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठीचार्ज समेत गरेको थियो । प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको बताइएको छ । अहिले भने अस्पताल परिसरको अवस्था सामान्य छ ।
source:http://www.onlinekhabar.com

प्रहरी जवानको अन्तिम नतिजा सावर्जनिक (नतिजासहित)

७ भदौ, काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान (जनपथ)का लागि लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
Nepal-Policeअन्तिम अन्तरवार्तामा सहभागी भएका खुला, अमर/अशक्ति प्रहरी परिवार र समावेशी समूहको नतिजा आएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार ५ हजार ४४४ पास भएका छन् । ८० जनाको नाम बैकल्पिकमा छ । 
पास भएकाहरुलाई भदौ १५ गतेभित्र नागरिकता, शैक्षिक प्रमाणपत्र र प्रवेश पत्रसहित सम्वन्धित परीक्षा केन्द्रमा सम्पर्क गर्न भनिएको छ । कर्णाली परीक्षा केन्द्रबाट पास भएकाहरुलाई भने मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सम्पर्क गर्न भनिएको छ ।
source:http://www.onlinekhabar.com

प्रधानसेनापतिलाई उर्जामन्त्रीको फोन- रोजेर एउटा जलविद्युत आयोजना बनाउनोस् !

७ भदौ, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफ्नो कार्यकालमा उर्जा क्षेत्रमा लगानीको वातावरण बनाउने बताएका छन् । उनले निर्माणाधीन आयोजनामा भएका समस्या सुल्झाउने र नयाँ आयोजना निर्माणका लागि लगानी जुटाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।
Janardan-Sharma-Pravakarमन्त्री शर्माले एउटा जलविद्युत आयोजना रोजेर बनाउन नेपाली सेनालाई आफूले आग्रह गरेको बताए । ‘मैले सेनापतिलाई फोन गरेर एउटा विद्युत आयोजना रोजेर बनाउन आग्रह गरिसकेको छु, मंगलबार मन्त्रालय आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने, ‘लगानी देखाएर काम गर्छु भनेर आउनेलाई अब मैले योजना दिने सोच बनाएकोछु, काम गर्नुपर्‍यो, वातावरण बनाउने जिम्मा मेरो हुन्छ ।’
उर्जामन्त्री शर्माले विद्युत आयोजनाहरुको निर्माणमा सकेसम्म नेपाली लगानी जुटाउने र ठूला आयोजनाका लागि विदेशी लगानीसमेत भित्र्याउने योजना बनाएको सुनाए ।
पुराना आयोजनाको अवरोध सल्टाउने
मन्त्री शर्माले चमेलिया, माथिल्लो तामाकोशी लगायतका निर्माणाधीन जलविद्युत आयोजनाको समस्या सल्ट्याउने र काम तीव्ररुपमा गराउने प्रतिवद्धतासमेत जनाएका छन् । उनले चमेलिया जलविद्युत आयोजनामा रहेको समस्याबारे छलफल गर्न सरोकारवालाई बोलाएकोसमेत जानकारी दिए ।
यस्तै पश्चिम सेती र बुढीगण्डकी परियोजना अगाडि बढाउन पनि पहल गर्ने मन्त्री शर्माले बताएका छन् । उनले बुढीगण्डकीको लगानी योजना बनाउने कामलाई पनि विशेष प्राथमिकतामा राखेको बताएका छन् ।
‘चमत्कार गर्न सकिँदैन’
मन्त्री शर्माले अहिले भएकै कर्मचारी र संरचनालाई लिएर काम गर्नुपर्ने हुँदा कुनै चमत्कार गर्न नसकिने बताएका छन् । उनले भरसक सुधारका लागि काम गर्नेसमेत बताएका छन् । साथै उनले उर्जा संकट कार्यान्वयनमा ध्यान दिने र त्यसका लागि आवश्यक नियम/कानुन बनाउने कुरामा आफ्नो ध्यान पुगेको बताएका छन् ।
यस्तै विद्युत आयोजना निर्माणमा अवरोध गर्ने सन्दर्भमा मन्त्री शर्माले भने, ‘आयोजना रोक्दा ठेकेदार कम्पनी, यहाँका कर्मचारीलाई पनि फाइदा पुग्दोरहेछ, काम रोकिनुको रहस्य गम्भीर रहेछ, काम अड्काउन अनेक गरिँदोरहेछ त्यतातिर मेरो ध्यानाकर्षण भएको छ ।’
source:http://www.onlinekhabar.com

नाम चलेका ७ मार्टमा सिलबन्दी, ११ पोलिक्लीनिक बन्द

७ भदौ, काठमाडौं । सरकारले गरिरहेको बजार अनुगमनका क्रममा सात वटा मार्टहरु बन्द गरिएका छन् । म्याद नाघेका अखाद्य वस्तु भेटिएपछि विभिन्न नाम चलेका मार्टहरुमा सिल गरिएको हो ।
Medical-ma-Shilbandiआपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले एक हप्ताकाे बीचमा बिग मार्ट, भाटभटेनी सुपरमार्केट, सेलवेज लगायतका लोकप्रिय भइसकेका स्टोरहरुमा नै उपभोग्य मति नाघेका वस्तुहरु भेटाएको हो ।
कालोपुलको सहित बिगमार्टका २, महाराजगञ्जकोसहित सेलवेजका  २ र भाटभटेनिको प्रोडक्ट डिपार्टमा सिल गरिएको छ । अत्याधिक हेलचक्र्याँइ गर्ने ७ वटा मार्टहरुमा सिल गरिएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा फोहोर मासु विक्री भइरहेको अवस्थामा ८ सय ३४ केजी मासु नष्ट गरेको छ । डिडिसीमा रिलेभलिङ गरिएको १ लाख केही पाउडर दूध भेटिएपछि बालाजु प्रशोधन कन्द्रमा सिल गरिएको छ ।
यसैगरी टोलीले २ सय ८ वटा लेभलिङ नगरिएका पानीका जार बरामद पनि गरेको छ । फोहोर पानी उत्पादन गर्ने २ वटा पानी उद्योगमा पनि सिल गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।
अनुगमन टोलीले मापदण्ड पुर्‍याउन नसकेका नवीकरण नभएका ११ वटा पोलिक्लीनिक पनि बन्द गराएको छ । ७० वटा सवारीलाई छड्के जाँच गर्दा सबैले बढी भाडा असुलेको पनि टोलीले फेला पारेको छ । ति सबैलाई ५ हजार रुपैयाँसम्म जरिवाना गराएर यात्रुको भाडा फिर्ता गराइएको श्रेष्ठले बताए । मापनको परिणामभन्दा कम तेल दिने गरेको भेटिएपछि ४ वटा पम्पमा पनि सिलबन्दी गरिएको छ ।
यसैगरी थुप्रै म्याद नाघेका र गुणस्तरहिन खाद्यवस्तु पनि विभागले अनुगमनका क्रममा नष्ट गरेको छ । सरकारले साउन ३२ गतेदेखि विशेष बजार अनुगमन सुरु गरेको थियो । दैनिक १२ वटासम्म टोली बनाएर खटाइएको छ ।
source:http://www.onlinekhabar.com

एमालेले सात प्रदेशको संयोजक र सहसंयोजक तोक्यो (नामावलीसहित)

७ भदौ, काठमाडौं । नेकपा एमालेले सात प्रदेशको संयोजक र सहसंयोजक तोकेको छ । एमाले स्थायी समितिको बैठकले प्रदेश १ मा भीम आचार्यलाई संयोजक र शेरधन राईलाई उपसंयोजक तोकेको छ ।२ मा सत्यनारायण मण्डल संयोजक भएका छन् भने नागेन्द्र चौधरी उपसंयुक्त, ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशिनाथ अधिकारी उपसंयोजक भएका छन् ।
UML-Central-Officeएमालेले प्रदेश नम्बर ४ मा किरण गुरुङ संयोजक र गणेश तिम्सिना सहसंयजक, ५ मा विष्णु पौडेल संयोजक र दलबहादुर राना सहसंयोजक, ६ मा युवराज ज्ञवाली संयोजक र यमलाल कँडेल सहसंयोजक तथा ७ मा भीम रावल संयोजक र कर्ण थापा सहसंयोजक तोकिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेले जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान अध्यक्षहशरुलाई प्रदेश संगठन कमिटी सदस्य मनोनित गरेको छ ।
साथै उपमहासचिव घनश्याम भुसाललाई प्रवेश क्षेत्रको सम्पर्क, समन्वय र नेतृत्व गर्ने जिम्मा दिएको छ । महेन्द्रबहादुर पाण्डेलाई युवा फाँटको इन्चार्ज, लालबाबु पण्डितलाई राजकीय मामिला विभाग, राधा ज्ञवालीलाई महिला, अग्नि खरेललाई स्थानीय विकास फाँटको प्रमुख बनाएको छ । हरि पराजुलीलाई किसान फाँटको सह इन्चार्ज तोकेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
source:http://www.onlinekhabar.com

मन्त्री छान्न विवाद छैन, भोलिसम्म सबै टुंगिन्छः देउवा

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाइसकेको बताएका छन् । उनले मन्त्री छनोटका विषयमा पार्टीमा कुनै पनि विवाद नरहेको बताए ।
Sher-bahadur-and-Shashankकांग्रेस महामन्त्री शशांक कोइरालाले मंगलबार टोखास्थित निवासमा आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा देउवाले भने, ‘सबै टुंगो लागिसकेको छ । बुधबार मन्त्रिपरिषद विस्तार हुन्छ ।’
कांग्रेसले भागमा परेका १३ मन्त्रालयमध्ये हालसम्म विमलेन्द्र निधि र रमेश लेखकमात्र सरकारमा छन् । अझै ११ जनालाई कांग्रेसले छनोट गर्न बाँकी छ ।
पार्टीमा विवाद भएर मन्त्रीहरु पठाउन ढिला गर्नु भएको हो ? भन्ने पत्रकारको जिज्ञासामा देउवाले भने, ‘पार्टीमा कुनै विवाद छैन । टुंगो लागिसकेको छ । सबै काम भोलि हुन्छ ।’
कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले वीपी कोइरालाको समाजवादी सिद्धान्तअनुसार कांग्रेसलाई अघि बढाउनुपर्ने चुनौति रहेको बताए । उनले सबै मिलेर यो चुनौतिको सामना गर्ने बताए । भेटघाट तथा चियापान कार्यक्रममा आइदिएको भन्दै उनले सबैलाई धन्यवाद दिए ।
कोइराला लामो समयको उपचारपछि मंगलबार पहिलोपटक सार्बजनिक भएका हुन् । उनले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा जिल्ला कांग्रेसका शिर्ष नेताहरु, जिल्ला सभापतिहरु र कार्यकर्ताहरु सहभागी थिए ।
source:http://www.onlinekhabar.com

दिल्लीबाट फर्किएपछि निधिले भने, सम्वन्ध अत्यन्तै राम्रो भो, प्रचण्डको भ्रमणमा पुष्टि हुन्छ

७ भदौ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत छिट्टै हुने बताएका छन् । साथै उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण सुनिश्चित भएको बताए ।
Bimalendra Nidhi (1)प्रधानमन्त्रीका विशेष दूत बनेर भारत गएका निधि मंगलबार अपराहृन नेपाल फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निधिले आफ्नो भ्रमणलाई भारतीय पक्षले उच्च महत्व दिएर नयाँ सरकारलाई सम्मान गरेको बताए ।
नेपाल-भारत सम्वन्धमा बीचमा तिक्तता देखिएको भएपनि अब सम्वन्ध पुनः सुधार भएको उनले दाबी गरे । विशेष दूत निधिले भने, ‘नेपाल र भारतको सम्वन्ध अत्यन्तै राम्रो बनेको मैले महसुस गरेँ । हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालजीको भारत भ्रमणमा यसको पुष्टि हुनेछ ।’
प्रधानमन्त्री प्रचण्डले भदौ ३० देखि तीनदिने भारत भ्रमण गर्ने तय भएको छ । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।
प्रधानमन्त्रीको दूतको हैसियतमा गएकाले भारतमा आफूलाई उच्च सम्मान दिएको र उच्चस्तरको भेटघाट तथा छलफल सम्भव भएको भन्दै निधिले बताए । उनले अघि भने, ‘दुई देशको सम्वन्ध असाध्यै राम्रो भएको छ र म यो भ्रमणबाट सन्तुष्ट छु ।
संविधान संशोधन आन्तरिक मामिला
उपप्रधान एवं गृहमन्त्री निधिले भारतमा संविधान संशोधनबारे नभई नयाँ सरकारको प्राथमिकताबारे मात्र छलफल भएको बताए । उनले अघि भने, ‘कुनै पनि छिमेकी मुलुकले नयाँ सरकारको प्राथमिकता के हो भन्ने जान्न चाहन्छ ।’
सातबुँदे र तीनबुँदेको जगमा सरकार बनेको भन्दै उनले संविधान कार्यान्वयन र त्यसका लागि निर्वाचन नै नयाँ सरकारको प्राथमिकता भएको बताएका छन् ।
भारतीय अधिकारीहरुसँग अनगोइङ प्रोजेक्टबारे कुराकानी भएको उनले जानकारी दिए ।
source:http://www.onlinekhabar.com

विशेष दूतको चीन र भारत भ्रमण फलदायीः सरकार

७ भदौ, काठमाडौं । सरकारले प्रधानमन्त्रीका विशेष दूतका उप्रपधानमन्त्रीद्वयले गरेको दुई छिमेकी मुलुक चीन र भारत भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।
Cabinetमंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सरकारसँगै छिमेकीसँगको सम्वन्ध नयाँ उचाईमा पुगेको ठहर गरेको छ ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले भने, ‘दुबै विशेष दूतले भ्रमणको संक्षिप्त जानकारी गराउनुभयो । सरकारको प्राथमिकताप्रति दुबै छिमेकीले सकारात्मक चासो राखेको उहाँहरुले बताउनु भएको छ ।’
प्रधानमन्त्रीका दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत र उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा चीन गएका थिए ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपद प्रतिकार्यको कार्यव्यवस्था सम्वन्धि विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ ।
source:http://www.onlinekhabar.com

२८ हजार स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी

७ भदौ, काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको  दरबन्दी खुलाउने तयारी गरेको छ ।
शिक्षा ऐन २०२८ आठौं संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए ।
Teacherउनका अनुसार ती शिक्षकको दरबन्दीका लागि एकै मितिमा विभिन्न चार किसिमका विज्ञापन गर्ने तयारी भइरहेको छ । विज्ञापनमा अस्थायी शिक्षकलाई स्थायी हुन मौका दिनका लागि तीन प्रकारको र  खुल्ला नियुक्तिका लागी एकै प्रकारको विज्ञापन गर्ने सोच मन्त्रालयको छ ।
वि. सं. २०४९ पुस २० भन्दा अगाडिदेखि ०७२ असोज २ गतेसम्मका अस्थायी र खुला प्रतिस्पर्धाका लागि विभिन्न समूहमा विज्ञापन गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता डा लम्सालले बताए ।
अस्थायीका लागि तीन आन्तरिक विज्ञापनमा पहिलो विसं २०४९ पुस २० गतेभन्दा अगाडि अस्थायी नियुक्त हुनेका लागि, दोस्रो २०४९ साल पुस २० गतेदेखि २०६१ साल साउन २९ गतेसम्म रिक्त भई पदपूर्ति हुन नसकेको वा अस्थायी शिक्षकको लागि र २०६१ साल साउन २२ देखि २०७२ असोज २ सम्म ४९ प्रतिशत रिक्त पदको दरबन्दी वा सो दरबन्दीमा लियन, अस्थायी र  सट्टा शिक्षकका रुपमा काम गर्नेका लागी विज्ञापन गरिने भएको हो ।
यसैगरी खुला विज्ञापनमा २०६१ साल साउन २२ देखि २०७२ असोज २ सम्म रिक्त पदको ५१ प्रतिशत खुला  र ४९ प्रतिशत आन्तरिक विज्ञापन गरिने छ । तर ४९ प्रतिशत आन्तरिकमा भने उल्लेखित आन्तरिक परीक्षामा सहभागी नभएकाले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।
मन्त्रालयका प्रवक्ता डा लम्सालले भने, ‘चाँडै नै विज्ञापन गर्ने तयारी भइरहेको छ । हामीले अहिले कहाँ–कहाँ दरबन्दी रिक्त छ भनेर विवरण सङ्कलन गरिरहेका छौ, यसबाट  अस्थायी शिक्षक र रिक्त दरबन्दी थाहा हुन्छ ।’
अस्थायी शिक्षकले सुविधा लिएर बिदा हुने वा आन्तरिक वा खुला प्रतिस्पर्धामा भाग लिने भनेर शिक्षकको व्यक्तिगत विवरण लिने उनले बताए ।
source:http://www.onlinekhabar.com

प्रहरी जवानको अन्तिम नतिजा सावर्जनिक (नतिजासहित)

७ भदौ, काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान (जनपथ)का लागि लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
Nepal-Policeअन्तिम अन्तरवार्तामा सहभागी भएका खुला, अमर/अशक्ति प्रहरी परिवार र समावेशी समूहको नतिजा आएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार ५ हजार ४४४ पास भएका छन् । ८० जनाको नाम बैकल्पिकमा छ । 
पास भएकाहरुलाई भदौ १५ गतेभित्र नागरिकता, शैक्षिक प्रमाणपत्र र प्रवेश पत्रसहित सम्वन्धित परीक्षा केन्द्रमा सम्पर्क गर्न भनिएको छ । कर्णाली परीक्षा केन्द्रबाट पास भएकाहरुलाई भने मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सम्पर्क गर्न भनिएको छ ।
source:http://www.onlinekhabar.com

प्रधानन्यायाधीश कार्की भन्छिन्ः कानुन व्यवसायीले मेहनत कम, राजनीति धेरै गरे

७ भदौ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले कानून व्यवसायीहरुमाथि पेशामा भन्दा राजनीतिमा बढी केन्द्रीत भएको आरोप लगाएकी छन् ।प्रधानन्यायाधीश कार्कीले मंगलबार कानुन व्यवसायीहरुकै सामुन्ने पेशामा भन्दा राजनीतिमा बढी ध्यान दिएका कारण त्यसको असर फैसलामा परेको बताइन् ।
Sushila-Karkiसर्वोच्च अदालत बार इकाइले सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुको सम्मानमा गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले विद्धान कानून व्यवसायीहरुले वकालतको क्षेत्रमा कम मिहेनत गर्न थालेकाले उदाहरणीय फैसलाहरु हुन नसकेको बताइन् ।
न्यायाधीशको एक्लो प्रयासले मात्र न्याय सम्पादन हुन नसक्ने भन्दै उनले कानून व्यवसायीहरुलाई अध्ययनमा ध्यान दिन आग्रह गरिन् । उनले न्याय सम्पादनका क्रममा हुने कमजोरी सच्याउन सर्वोच्च तयार रहेको जानकारी दिइन् ।
सर्वोच्च बार इकाइका अध्यक्ष शैलेन्द्रकुमार दाहालले राजनीतिक पार्टीसँग जोडिंदा माथिल्लो पद चाँडै पाइने उदाहरण न्यायाधीश नियुक्तिबाट पुष्टि भइसकेको भन्दै कानून व्यवसायीले राजनीति गर्नुलाई अन्यथा रुपमा लिन नहुने बताए ।
उनले सर्वोच्चले वरिष्ठ अधिवक्ताको उपाधि दिने आधार के हो ? भनेर प्रधानन्यायाधीश कार्कीसँग प्रश्न गरे ।
कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले न्याय सम्पादनका क्रममा कुनै किसिमको कमजोरी नगर्न र विवादित नहुन सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुसँग आग्रह गरेका छन् ।

Monday, August 22, 2016

संसदमा ‘ब्लड पेन्टिङ’ देखाउन चाहने कलाकार

दस वर्षे द्वन्द्वकालमा गाउँगाउँमा माओवादी विद्रोही र राज्यको सेनाले एकले अर्कोलाई तारो बनाउँदै थिए । त्यसको घानमा थुप्रै निहत्था नागरिक परिरहेका थिए । यो सबै काठमाडौंका कलाकार रविन्द्र श्रेष्ठले नजिकबाट नियाल्दै आएका थिए ।
Collaboration Art०६२/६३ को आन्दोलनपछि राजनीतिक दलहरूको अगुवाइमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम थालियो । तर, आपसी शंका-उपशंका बाँकी नै थिए ।
त्यतिबेला उनी साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा ल्याब असिस्टेन्टका रुपमा काम गर्थे । बुबाको व्यापार चौपट भएपछि घर खर्च धान्नुपर्ने जिम्मेवारी उनकै काँधमा आइपरेको थियो । सीटीईभिटीबाट तालिम लिएर त्यो काम गर्न थालेका थिए ।
देशलाई द्वन्द्वले थिलथिलो बनाएको कालखण्ड उतारिएको चित्रबारे कलाक्षेत्र, राजनीतिक र सामाजिक कित्ता कतैबाट चासो नदिँदा मन कुँढिएको छ । यस्तै उपेक्षा भइरहे यो चित्र विदेशको कुनै संग्रहालयलाई दिन्छु
ल्याबमा बिरामीको रगत जाँच्न नमुना संकलन गर्ने क्रममा दिनहुँ रगतसँग खेल्नुपथ्र्यो । अस्पतालमा कहिले घाइते अवस्थाका माओवादी लडाकु त कहिले सेना आइपुग्थे । युद्धका रक्तिम किस्सा तिनका मुखबाट सुनेर रविन्द्रलाई भाउन्न हुन्थ्यो ।
उनीभित्रको कलाकार कति संवेदनशील भने, जुनसुकै रङ देखे पनि आँखा अगाडि रगत नै आउँथ्यो । त्यसबेलासम्म उनी थाङ्का (पौभा) कलामा देवीदेवता र फूलको चित्र बनाउँदै आएका थिए । देशमा रगतको छिटा परेका बेला फूल र भगवान्को चित्र किन बनाउने ? उनले त्यसमा अर्थ भेटेनन् ।
उनले रगतलाई नै रङको रुपमा प्रयोग गरेर चित्र बनाउने सोचे । त्यस क्रममा अरुका साथै आफ्नै रगतबाट चित्र रङ्ग्याउन सुरु गरे । एउटा कलाकार अस्पतालको ल्याबमा काम गरिरहेकाले यो संयोग जुरेको थियो ।‘द्वन्द्वको चेपुवामा परेर त्यत्रा मान्छे मरेका थिए, असहाय, विधवा र टुहुरा भएका थिए,’ ३८ वर्षीय कलाकारले ब्लड पेन्टिङ गर्नुको कारण खुलाए, ‘त्यति बेलाको समय चित्रमा उतार्न रगतभन्दा उपल्लो तहको माध्यम नै देखिनँ ।’
रविन्द्रले ब्लड पेन्टिङको सिरिज नै बनाए, १०/१५ वटा । तीमध्ये एउटा चित्र विशेष छ ।
अस्पतालको ल्याबमा सबैथरी बिरामी आउने भइहाले । त्यसमा पनि सेना र माओवादीका मान्छेहरूसँग उनको घुलमिल बढ्दै गयो । तिनमा कतिपय त आफ्नै साथी थिए । ल्याबमा अलिकति सैनिक जवानको रगत लिए, अलिकति माओवादी लडाकुको ।
त्यो बेग्लाबेग्लै रगतको नमुनाबाट क्यानभासमा दुई शान्तिकामी आँखा बनाए । पृष्ठभूमिमा उनले आफ्नै रगत पोते । रगत त सबैको रातै हुन्छ, चित्रमा कुन आँखा सैनिक जवानको र कुन चाहिँ माओवादी छापामारको हो भनेर छुट्याउन सकिन्न । ‘त्यही नै हो समायोजन । त्यसबाट एउटा आँखा हटाउने बित्तिकै सन्तुलन बिगि्रन्छ,’ उनले अर्थ खुलाए ।
चित्रको शीर्षक उनले ‘समायोजन’ राखेका छन् । यसबाट उनले मान्छेहरू विभिन्न नाममा आपसमा जतिसुकै लडे पनि आखिरमा नमिली सुखै छैन भन्ने भाव दर्शाएका छन् । राजनीतिक दलहरू कुर्सी र दलगत भागबण्डाका लागि सबथोक बिर्सेर निरन्तर जुधिरहँदा उनी आफ्नो चित्रको दुई आँखामा सन्तुलन र हार्दिकता खोज्छन् ।
यो चित्र विभिन्न सामूहिक कला प्रदर्शनीमा राखे उनले । त्यहाँ मोहन वैद्यदेखि अहिलेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासम्म अवलोकन गर्न आए । एकैछिन रविन्द्रको कलाकारी खुबीको तारिफ गरे अनि बाटो लागे ।
देशलाई द्वन्द्वले थिलथिलो बनाएको कालखण्ड उतारिएको चित्रबारे कलाक्षेत्र, राजनीतिक र सामाजिक कित्ता कतैबाट चासो नदिँदा उनको मन कुँढिएको छ । संवेदनशील समय बोल्ने कलालाई राष्ट्रिय सम्पत्ति मानेर संरक्षण गरिनुपर्नेमा सबै बेखबर जस्तै बने । भन्छन् – ‘केही समय हेर्छु । यस्तै उपेक्षा भइरहे यो चित्र विदेशको कुनै संग्रहालयलाई दिन्छु ।’
त्यसअघि यो चित्र व्यवस्थापिका संसद्मा लगेर देखाउने इच्छा छ उनको । ता कि जनप्रतिनिधिले हेरुन् र बुझून् समायोजन र मेलमिलापको अर्थ ।
आठ वर्षअघि रगतको चित्र बनाइरहँदा रविन्द्रले पछि मात्र पो थाहा पाए, यो त मानव अधिकारको इस्यु बन्न सक्छ । तर, त्यो त समयको माग थियो र उनको उमेरको आवेग पनि । अहिले त्यस्तो चित्र बनाउने सोच्न समेत सक्दैनन् उनी । बरु फाइन आर्ट पढ्न थालेदेखि उनको मुख्य चिनारी बनेको छ, लाइन आर्टिस्ट ।
ब्रह्माण्डमा रेखैरेखा
काठमाडौं विश्वविद्यालयको फाइन आर्टका विद्यार्थी हुन् रविन्द्र । कलेजको ६ महिने कला प्रोजेक्टमा दुई वर्षअघि उनले लाइन आर्ट (रेखा कला) रोजेका थिए । त्यस क्रममा ‘द लाइन- सोल अफ युनिभर्स’ शीर्षकमा २० जना कलाकारसँग सहकार्य गरे । नेपाली कला फाँटमा उनले गरेको यो काम फरक हो ।उनले हरेक कलाकारलाई ६ फिट लम्बाइ र तीन फिट चौडाइको छुट्टाछुट्टै क्यानभासमा तीन इन्चको रेखा छुट्याएर त्यसभित्र चित्र कोर्न दिए । यो ‘कोल्याबोरेसन प्रोजेक्ट’मा शशि शाह, किरण मानन्धर, मनुजबाबु मिश्र, वीरेन्द्रप्रताप सिंह, प्रेममान चित्रकार, एससी सुमन, संगी श्रेष्ठदेखि ६ वर्षीया विज्ञता सत्यालसम्मका कलाकारले आफ्नो कला देखाए । विविध शैली र पृष्ठभूमिका यी कलाकारले ६ महिना लगाएर सिर्जना तयार पारे ।
लाइनभित्र उनी आफैंले मात्र चित्र बनाएको भए विविधता आउँदैनथ्यो । तर, फरक विधामा जमेका कलाकारसँग सहकार्य गर्दा तिनको संवेदना, कला परिचय, विधासापेक्ष प्रभाव फरक-फरक रुपमा प्रकट भएको छ । लाइन आर्टमा मूर्त, अमूर्त चित्रका साथै मिथिला कलादेखि नेवारी कला थाङ्कासम्म अटाएका छन् ।
कसरी सुरु भयो त लाइन आर्टको मोह ?
६ वर्षअघि कलेजको सुरुवाती दिनमा रविन्द्रले चित्र कोरिरहँदा गुरुले यो मिलेन, त्यो मिलेन भन्दै कतै लाइन मेटिदिन्थे भने कतै आकार आएन भन्दै गोलो घेरा बनाइदिन्थे । कहिले लाइन हुन्छ भन्थे, कहिले हुँदैन भन्थे । लाइनको कुरा भइरहँदा संसारमा कुनै पनि वस्तुको शक्ति भनेको त्यसको सेप वा आकार हो भन्ने उनको दिमागमा बस्यो । ‘त्यसले मलाई स्ट्राइक गरेपछि लाइन आर्टको मोह छोड्नै सकिनँ,’ उनले भने- ‘ब्रह्माण्डभरि नै कतै देखिने र कतै नदेखिने रेखा हुन्छन् भन्ने हिसाबले मेरा हरेकजसो प्रोजेक्टहरूमा लाइन आयो ।’
भूकम्पमा जोडिएका तिनै ६४ जना जनाको औंठाछाप स-साना क्यानभासमा लिए । त्यसमा घरघर गएर भिक्षा मागेको चामल सहयोग गर्ने साधुदेखि भूकम्पपीडितका लागि लाखौं रुपैयाँ सहयोग गर्ने दाताहरूको समेत औंठाछाप छ ।
उनले गरेको कोल्याबोरेसन आर्टमा पनि नदेखिने रेखाको विशेष भूमिका छ । २० जना कलाकारलाई चित्र बनाउन दिँदा उनले क्यानभासमा पेन्सिलले रेखा कोरेर दिएका थिए । चित्र बनिसक्दा त्यो रेखा मेटिएर कलाकारको सिर्जना मात्र दृश्यमा थियो । त्यहाँ रविन्द्रको भूमिका पर्दापछाडिको जस्तो देखिए पनि उनको रेखाकै परिधिमा कलाकारले सिर्जना पस्किएकाले त्यसमा सहकार्य झल्किन्छ । यसैले हरेक चित्रमा चित्र कोर्ने कलाकारसँगै रविन्द्रको पनि हस्ताक्षर छ ।
लाइन आर्टमा सहकार्य गरेका अग्रज कलाकारहरूले लाइनलाई कोरिया जाने र्फम भर्न विवश युवाको लाइनदेखि सभ्यता र सम्प्रदायको लाइन भन्दै पूरै विश्व लाइनको जञ्जालमा जेलिएको बृहत् अर्थमा व्याख्या गरेका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा भूकम्पबाट भत्किएका विभिन्न मठमन्दिर चहारे उनले । केही मन्दिर पूरै ढलेका र चर्केका थिए । कतिपयका टुँडालहरू उछिट्टएिका र उप्किएका थिए । यत्रतत्र छरिएका र नाशिन लागेका काष्ठकला र वास्तुकलाको फोटो खिचेर ल्याए ।
ती कलात्मक बुट्टाहरूलाई आफ्नो लाइन आर्टअन्तर्गत नै राखेर रेखाचित्र कोरे । मिहीन बुट्टा उत्रने गरी क्यानभास वारपार सजाए । त्यो प्रोजेक्टलाई उनले नाम दिए – ‘भूकम्पको रेखा’ । यसले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रतियोगितामा यसै वर्ष नेशनल स्पेशल अवार्ड पनि जित्यो ।
उनी सबै कुरामा लाइन नै देख्छन् । चर्केको भित्ता, घाम उदाउने भिरालो डाँडा, कफी पिउँदै गरेको कप, सहरका असरल्ल तार, रुखका लहरा ।
सामान्यतया लाइन एउटा विन्दुबाट सुरु भई अर्को बिन्दुसम्म पुगेपछि अस्तित्वमा आउँछ । तर, यी लाइन आर्टिस्टको हेराइ अलि सूक्ष्म छ । उनी विन्दुमा पनि लाइन देख्छन् । ‘एउटा प्वाइन्टलाई जुम इन गरेर हेर्‍यो भने त्यहाँ पनि त गोलो घेरा हुन्छ,’ उनले भने ।
कोल्याबोरेसन आर्टको अवधारणालाई अब अन्तर्राष्ट्रिय स्तरमा पनि लैजाने उनको सोच छ । नेपाली कलाकारसँग सहकार्य गरे जस्तै विभिन्न एक सय वटा देशका कलाकारसँग मिलेर काम गर्ने प्रक्रिया अघि बढाइसकेका छन् । त्यसबाट ‘कनेक्सन फर पिस’ को सन्देश दिने उद्देश्य छ ।
अन्तर्राष्ट्रिय स्तरमा जाने उनको अर्को प्रोजेक्ट छ, फिंगरपि्रन्ट आर्ट । अर्थात् उनले क्यानभासमा विभिन्न देशका मान्छेको औंठाछाप लिएर विश्व कुनै न कुनै माध्यमले जोडिएको छ भनेर शान्ति-सद्भावको सन्देश फैलाउने सोच बनाएका छन् ।
source:http://www.onlinekhabar.com

भारतले बिकास गर्‍यो कुष्ठरोग बिरुद्धको खोप

कुष्ठरोगबाट बच्नका लागि भारतले ठूलो सफलता हासिल गरेको दावी गरेको छ । विश्वमै पहिलो पटक भारतले कुष्ठरोगबिरुद्धको खोपको आविस्कार गरेको ‘टाइम्स अफ इण्डिया’ले उल्लेख गरेको छ ।
Kustarogयो खोपलाई आगामी केहि साताभित्रै बिहार र गुजरातका पाँच जिल्लामा उपलब्ध गराइनेछ । अखवारका अनुसार भारतमा बर्षेनी सवा सयलाख मानिसमा कुष्ठरोग देखिन्छ । तर खोपको सहायताले धेरै हदसम्म रोग नियन्त्रण गर्न सकिने दावी गरिएको छ ।
यो खोप, भारतको नेशनल इन्ष्िटच्युड अफ इम्यूनोलोजीका संस्थापक तथा निर्देशक जिपी तलवारले बिकास गरेका हुन् । कन्ट्रोलर जनरल अफ इण्डिया र अमेरिकाको एफडिएले पनि यलाई मान्यता दिइसकेका छन् ।
कुष्ठरोग सर्ने भएकाले संक्रमित बिरामीको समिपमा रहनेलाई पनि सर्ने संभावना ज्यादा हुन्छ । यो खोप त्यस्ता ब्यक्तिहरुका लागि पनि प्रभावकारी बन्ने बताइएको छ ।
परिक्षणका क्रममा कुष्ठरोगीको सम्पर्कमा रहनेलाई पनि खोप लगाइएको थियो । त्यसो गर्दा ३ बर्षको अन्तरालमा संक्रमितको सङख्या ६० प्रतिशतले कमी आएको थियो ।
सुरुवाती परिक्षणमा यस खोपको नतिजा सन्तोषजनक आएमा भारतभरका कुष्ठरोग प्रभावित क्षेत्रमा खोप पठाइने बताइएको छ ।
नेपालमा कुष्ठरोग उन्मुलन भएको भनिएपनि फाट्ट फुट्ट संक्रमित देखिने गरेका छन् । भारतमा सफल परिक्षण भएका नेपालका लागि पनि यो खोप प्रभावकारी हुनेछ ।
source:http://www.onlinekhabar.com

अनुदान लिएर घर नबनाउने ‘भूकम्प पीडित’लाई के कारवाही हुन्छ ?

५ भदौ, काठमाडौं । यदि झूटो विवरण पेश गरेर भूकम्प पीडितका नाममा घर बनाउने अनुदान लिँदै हुनुहुन्छ भने होस गर्नुस् । दुई लाखको लोभले तपाईलाई कारवाहीको कठघरामा पुर्‍याउन सक्छ, जसले तपाईको बेइज्जतीमात्र हुने छैन, भविष्यमा सरकारको कालो सूचीमा समेत परिनेछ ।
fake-earthquake-victimभूकम्प पीडितको कार्ड बनाएकाहरुमध्ये अधिकांशले घर पुननिर्माणका लागि पाइने २ लाख अनुदानका लागि पुननिर्माण प्राधिकरणसँग अनुदान सम्झौता गरिरहेका छन् । यसबीचमा एक लाखभन्दा बढी भूकम्प पीडितको खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ समेत जम्मा भइसकेको छ ।
नक्कली विरुद्ध उजुरी
पुननिर्माण प्राधिकरणका पदाधिकारीसँगको छलफलमा स्थानीय विकास मन्त्री हितराज पाण्डेले फर्जी कागज बनाउने र अनुदान रकम लिएर घर नबनाउनेलाई जेल हाल्नुपर्ने विचार व्यक्त गरे
यसबीचमा पुनर्निमाण प्राधिकरण र स्थानीय विकास मन्त्रालयमा समेत नक्कली भूकम्प पीडितले अनुदान लिन फर्जी काम गरेको र यस्तो काममा दलीय संयन्त्र तथा गाविस सचिवहरु सहयोगी बनेको उजुरी परेका छन् ।
काठमाडौंलगायत शहरी क्षेत्रमा बसोबास गरिरहेकाहरु भूकम्पलगत्तै आफू पनि भूकम्प पीडित भन्दै पुख्र्यौली गाउँ फर्केर पीडित परिचयपत्र बनाएका थिए । उनीहरुले यसबीचमा सरकारले दिएको दुई किस्ताको २५ हजार नगद राहतसमेत बुझिसकेका छन् ।
दुई लाख बोकेर हिँड्नेलाई के हुन्छ ?
भूकम्पलगत्तै सरकारी र गैरसरकारी संस्थाको राहत तथा नगद लिनकै लागि शहरबाट गाउँ जाने र ती राहत बोकेर काठमाडौं लगायतका शहरमै फर्किने गरेकाहरु अहिले अनुदान सम्झौताका लागि गाउँतिर पुगेका छन् ।
पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीकै सामुन्ने सिन्धुपाल्चोक राम्चेका रोहित पराजुलीले सोधे-हिजो पनि पीडितका नाममा नक्कली पीडितहरुले राहत खोसे । आज उनीहरु २ लाख रुपैयाका लागि गाउँतिर फर्किँदैछन् । घर नबनाई पैसा बोकेर काठमाडौं फर्किनेलाई के कारवाही हुन्छ ?
यो प्रश्न प्राधिकरण र अनुदान सम्झौतामा संलग्न स्थानीय विकास मन्त्रालयका कर्मचारीहरुलाई पनि आउने गरेको छ । मन्त्रालयले गाविस सचिवलगायत कर्मचारीलाई यसबारेमा कडाई गर्न वा कारवाहीको भागिदार बन्न निर्देशन दिइसकेको छ ।
मन्त्रीले भने-फर्जी पीडितलाई जेल हालौं
हालसालै पुननिर्माण प्राधिकरणका पदाधिकारीसँगको छलफलमा स्थानीय विकास मन्त्री हितराज पाण्डेले फर्जी कागज बनाउने र अनुदान रकम लिएर घर नबनाउनेलाई जेल हाल्नुपर्ने विचार व्यक्त गरेका थिए ।
फर्जी कागज बनाएर भूकम्प पीडित अनुदान सम्झौता गर्ने वा पहिलो किस्ता लिएर घर निर्माण शुरु नगर्नेलाई के गर्ने भन्ने कार्यबिधी पनि बनेको छ । तर त्यो कार्यविधीले त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारवाही हुने भने पनि के कारवाही भनेर तोकेको छैन ।
मन्त्री पाण्डेले कार्यविधि अनुसार अधिकतम कडा कानुनी कारवाही हुने प्रतिक्रिया दिए । अनलाइनखबरसँग कुरा गर्दै उने भने-त्यस्तालाई के कारवाही गर्ने भन्ने कार्यबिधीनै बनेको छ । ऐन कानुन अनुसार जुन कारवाही प्रभावकारी हुन्छ त्यही गरिनेछ ।
घर नबनाई २ लाख पचाउन असम्भव
प्राधिकरणसँगको छलफलमा मन्त्रीले जुनसुकै दलका भए पनि फर्जी गरेर अनुदान रकम कुम्ल्याउनेलाई जेल हाल्न समेत तयार हुनुपर्ने बताएका थिए । यस्तो गर्नेलाई ठगी, किर्ते जालसाजी र सरकारी सम्पत्ति अपचलन गरेको जस्ता कानुनबाट दण्डित गर्न सकिने सरकारी अधिकारीहरुले बताएका छन् ।
प्राधिकरणका एक पदाधिकारीले भने-कसैले हिजो राहतको २५ हजार रकम जस्तै अनुदान रकम २ लाख पनि घर नबनाई काठमाडौं लिएर आउने सोचेको छ भने त्यो ठूलो भूल हुनेछ । कालोसूचीमा राखेर भोलि नागरिकता,पासपोर्ट र बैंकहरुबाट ऋण लिन समेत नपाउने गरि कारवाही हुन सक्छ ।
पहिलो किस्ता पचाउनै मुस्किल
दुई लाख अनुदान रकम लिनका लागि प्राधिकरणले पीडितसँग गरेको अनुदान सम्झौतामा बिभिन्न १५ बुँदे शर्तमा सहीछाप गराइएको छ । जसमा दावी गरिएको ठाउँमा बाहेक अन्यत्र घर नभएको,प्राधिकरणले तोकेको मापदण्ड अनुरुपको घर बनाउने प्रतिबद्धता,अनुदान रकम घर पुननिर्माणका लागि मात्र खर्च गर्ने लगायतका शर्तहरु राखिएको छ ।
पहिलो किस्ताको ५० हजार रकम बैंकमा जम्मा भएपछि तोकिएको गुणस्तर र प्रविधि बमोजिम घरको जगसम्म काम सम्पन्न भएपछिमात्र दोस्रो किस्ता ८० हजार रुपैया पाइनेछ ।
पहिलो किस्ताको काम सम्पन्न भएको शहरी विकास मन्त्रलायको जिल्ला आयोजना कार्यान्वयन इकाले प्रमाणित गरेपछि मात्र दोस्रो किस्ताको रकम दिने कार्यबिधीमा उल्लेख छ । त्यस्तै बाँकी तेस्रो किस्ता ७० हजार रुपैयाँ पाउन छाना छाउनु अगाडिको तहसम्मको निर्माण सम्पन्न भएको प्रमाणित हुनुपर्नेछ ।
डेढ लाख किन दिइएन ?
अनुदान रकम दुरुपयोग गर्न वा घर नबनाई पचाउन सहज नरहेको प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले बताए । उनले पहिलो किस्ताको रकम घरको जग खन्नमै प्रयोग गर्न सुझाव दिएका छन् ।
‘कार्यविधि अनुसार भएन भने दोस्रो किस्ता रकम नै पाइँदैन । पहिलो किस्ता दुरुपयोग भए पनि कानुनबमोजिम कडा कारवाही हुनेछ’ उनले भने ‘घर पुननिर्माण गर्न नचाहने वा गाउँमा घर नभएका तथा शहरका बासिन्दाले पहिलो किस्ता नलिनुनै ठिक’ ।
पहिलो किस्ताको रकम डेढ लाख बनाउने दलहरुबीच सहमति भए पनि दाताले मानेका छैनन् । नबनाई दुरुपयोग हुने खतरा रहेकाले पहिलो किस्तामा ५० हजार भन्दा बढी दिन नचाहेको हुन् ।
दशैंअघि पहिलो किस्ताको रकम सबै करीव ८ लाख सेवाग्राहीको खातामा पठाउने प्राधिकरणको योजना छ । सो रकम दशैं खर्चमा दुरुपयोग नहोस् भनेरै दोस्रो किस्ता पाउन जगसम्मको काम सकिएको प्राविधिक परीक्षण र प्रमाणिकरण चाहिनेे भनिएको हो ।
तीनथरी नक्कली पीडितहरु
सिन्धुपाल्चोकको एक गाउँमा राहत बाँड्न पुगेका रेडक्रस पदाधिकारीले भन्छन्, राहत लिएर गाउँमा बस्ने भन्दा गाडीमा लोड गरेर काठमाडौं फर्किनेहरु धेरै थिए
विशेष गरी नक्कली भूकम्प पीडितहरु तीन प्रकारका छन् । लामो समयदेखि राजधानी वा अन्य शहरी क्षेत्रमा बस्दै आएका र गाउँमा स्थायी बसोबास नभएकाहरु अनुदान सम्झौताको सूचीमा धेरै छन् ।
उनीहरुले बसाइ सराइ गरेका छैनन्, तर त्यो ठाउँका स्थायी बासिन्दा होइनन्, जो अनुदानबाट आउने २ लाख रकम त्यहि ठाउँमा घर निर्माणमा लगाउन चाहँदैनन् । किनकि २ लाख रुपैयाँबाट मापदण्ड अनुरुपको घर बन्दैन र ऋण थपेर घर बनाउनुपर्ने आवश्यकता उनीहरुलाई छैन ।
अर्कोथरी छन्, उहिल्यै बसोबास छाडिसकेका, बसाई सरेकाहरु । भूकम्पपछि राज्यको अनुदान, राहत र भूकम्प पीडित परिचयपत्र बनाउका लागि गाउँ फर्किएकाहरु । उनीहरु पनि २ लाख रुपैयाँ लिएर आफूले छाडिसकेको गाउँमा घर बनाउन होइन, त्यो पैसा सित्तैमा पचाउन पीडित बनेका छन् ।
तेस्रोखाले पीडितचाहिँ गाउँ शहर दुवैतिर छन् । एकाघरमा बसोबास गरिरहेका बाबु छोराहरु भूकम्पलगत्तै रातारात अंशबण्डा गरेर अलग अलग परिचयपत्र बनाएका छन् । यद्यपि कार्यविधिले ०७२ बैशाख १२ अघिको अंशबण्डालाई मात्र मान्यता दिएको छ ।
तर, कार्यविधिमै मालपोत कार्यालयबाट अंशबण्डा नभए पनि घरायसी कागजका आधारमा त्यसअघि नै अलग बसोबास गरिरहेको कुरा स्थानीय निकायबाट प्रमाणित भएमा उनीहरुले अनुदान पाउने उल्लेख छ । कार्यविधिको यही बुँदामा टेकेर धेरै ठाउँमा रातारात अंशबण्डा भएको गाविस सचिवहरु नै स्वीकार गर्छन् ।
राहत बोकेर शहर पस्नेहरु
भूकम्प लगत्तै यस्ता दृश्य पनि देखिए कि राहत लिनकै लागि भूकम्प पीडित परिचयपत्र बनाउन बिसौं वर्षदेखि गाउँ नगएकाहरु पनि नाता लाउँदै फर्किए । निजी गाडी र मोटरसाइकल लिएर राहत सामाग्री तथा नगद बुझ्न गाउँ जानेहरुको ताँतीनै लागेको थियो ।
सिन्धुपाल्चोकको एक गाउँमा राहत बाँड्न पुगेका रेडक्रस पदाधिकारीले भने- त्यहाँ राहत लिएर गाउँमा बस्ने भन्दा गाडीमा लोड गरेर काठमाडौं फर्किनेहरु धेरै थिए । जसको गाउँमा कुनै घर वा बसोबास समेत थिएन ।
नक्कली पीडितहरु सबै जिल्लामा रहे पनि यस्तो संख्या सिन्धुपाल्चोक, नुवाकोट र दोलखामा बढिरहेको सरकारी अधिकारीहरुले बताएका छन् । गाविस सचिवलाई दबावमा राखेर, स्थानीय दलीय संयन्त्रका प्रतिनिधिहरुलाई प्रभावित पारेर उनीहरुले पीडित परिचयपत्र बनाएका हुन् ।
त्यस्ता व्यक्तिहरु अहिले २ लाख पनि सोही बमोजिम पाइन्छ भनेर अनुदान सम्झौता गरिरहेका छन् । तर, घर बनाउन दाताहरुले दिएको पैसा दुरुपयोग हुन नदिइने प्राधिकरणले जनाएको छ ।
source:http://www.onlinekhabar.com